: प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि जापानी राजदूत मायदा तोरुबीच भेटवार्ता भएको छ। सिहंदरबारस्थित प्रधानमन्त्री कार्यालयमा शुक्रबार उनीहरूबीच भेटवार्ता भएको हो।
उनीहरूबीच नेपाल-जापान सम्बन्धको ७०औं वर्षगँठ मनाउने सन्दर्भका विविध पक्षहरूमा छलफल भएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ।
सो अवसरमा राजदूत तोरुले सरकारको समयमै चुनाव गराउने संकल्पको सराहना गरेका थिए। उनले सरकारले चाहेको आवश्यक सहयोग उपलब्ध गराउन जापान सरकार तयार रहेको प्रतिबद्धता जनाएका थिए।
प्रधानमन्त्री कार्कीले जापानले नेपालको विकासलगायत विविध क्षेत्रमा पुऱ्याउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग-सद्भाव रहने विश्वास व्यक्त गरेकी थिइन्।