मुख्य समाचार
मोदीले युक्रेन मुद्दामा शान्तिका लागि भारतले गरेको वकालत दोहोर्‍याए
मोदीले युक्रेन मुद्दामा शान्तिका लागि भारतले गरेको वकालत दोहोर्‍याए

। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेन मुद्दामा शान्तिका लागि भारतले गरेको वकालत दोहोर्‍याएका छन् । यस मुद्दाको शान्तिपूर्ण समाधानका लागि गरिएका सबै प्रयासको भारतले स्वागत गरेको उनले बताए ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणपछि जारी संयुक्त प्रेस वक्तव्यमा उनले भने, ‘भारतले सुरुदेखि नै युक्रेनको मुद्दामा शान्तिको वकालत गर्दै आएको छ । हामी यस मामिलाको शान्तिपूर्ण र स्थायी समाधानको लागि गरिएका सबै प्रयासहरूको स्वागत गर्दछौं । भारत आफ्नो योगदान दिन सधैँ तयार छ र भविष्यमा पनि रहनेछ।’


उनले भने, ‘भारत र रुस आतङ्कवादविरुद्धको लडाइँमा लामो समयदेखि काँधमा काँध मिलाएर उभिएका छन् । पहलगाममा भएको आतंकवादी आक्रमण होस् वा क्रोकस सिटी हलमा कायरतापूर्ण आक्रमण होस्, यी सबै घटनाको जड एउटै हो । भारतको अटल विश्वास यो छ कि आतङ्कवाद मानवताको मूल्यहरूमाथिको प्रत्यक्ष आक्रमण हो र यसको विरुद्ध विश्वव्यापी एकता हाम्रो सबैभन्दा ठूलो शक्ति हो।’

प्रधानमन्त्री मोदीले भने, ‘मलाई पूर्ण विश्वास छ आगामी दिनमा हाम्रो मित्रताले हामीलाई विश्वव्यापी चुनौतीहरूको सामना गर्न शक्ति दिनेछ र यही विश्वासले हाम्रो साझा भविष्यलाई समृद्ध बनाउनेछ।’




यसअघि राष्ट्रपति पुटिनसँगको द्विपक्षीय भेटका क्रममा प्रधानमन्त्री मोदीले राष्ट्रिय राजधानीमा रूसी राष्ट्रपति पुटिनसँग द्विपक्षीय शिखर सम्मेलनमा आफ्नो उद्घाटन मन्तव्यमा भारत युक्रेनी शान्तिको पक्षमा उभिएको साथै युद्धबारे भारतको मत तटस्थ नरहेको बताएका थिए ।

उनले भने, ‘हालैका दिनहरूमा मैले विश्व समुदायका नेताहरूसँग युक्रेनबारे व्यापक छलफल गरेको छु, मैले सधैं भनेको छु कि भारत युद्धबारे तटस्थ छैन। भारतको स्पष्ट अडान छ र त्यो अडान शान्तिको पक्षमा छ । हामी शान्तिको लागि हरेक प्रयासको समर्थन गर्दछौँ। भारत शान्तिको पक्षमा छ र विश्व शान्तिमा फर्कनु पर्छ।’

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको संयुक्त वक्तव्यमा प्रधान मन्त्री नरेन्द्र मोदीले भारत–रुस सम्बन्धलाई गहिरो बनाउनमा पुटिनको दूरदर्शी नेतृत्वको प्रशंसा गरे र विश्वव्यापी चुनौतीहरूको बाबजुद मित्रता दृढ रहेको बताए ।

उनले भने, ‘देशहरूले सन् २०३० सम्म ‘आर्थिक सहयोग कार्यक्रम’ को बारेमा छलफल गरेका छन् र ‘यूरेसियन इकोनोमिक युनियन’ सँग स्वतन्त्र व्यापार सम्झौतालाई छिटो निष्कर्षमा पुर्‍याउने दिशामा काम गरिरहेका छन् ।’

भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा दुई दिने राजकीय भ्रमणका लागि पुटिन चार वर्षपछि पहिलो पटक भारत भ्रमणमा आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटका क्रममा रूसी सेनामा भर्ती भएका भारतीयहरूको मुद्दा उठाएका छन् । उनले पुटिनसँग रूसी सेनामा भर्ती भएका भारतीयहरूको सुरक्षित फिर्तीको माग गरेका हुन् । भारतको विदेश मन्त्रालयका अनुसार कम्तीमा ४४ जना भारतीयहरू रूसी सेनामा फसेका छन् । भारतीयहरू जस्तै नेपाली युवाहरू पनि रूसी सेनामा भर्ती भएका छन् ...
। उत्तरपश्चिम क्यानडामा शक्तिशाली भूकम्प गएको छ । ७ म्याग्निच्युड मापन गरिएको यो भूकम्पलाई देशकै सबैभन्दा शक्तिशालीमध्ये एक मानिएको छ । भूकम्प युकोन टेरिटोरीमा स्थानीय समय अनुसार शनिबार दिउँसो १:४१ बजे गएको हो, जसको केन्द्रबिन्दु ह्वाइटहर्सबाट करिब २५० किलोमिटर पश्चिममा थियो । अमेरिकी भूगर्भ सर्वेक्षणका विज्ञहरूका अनुसार भूकम्प करिब १० किलोमिटर गहिराइमा गएको थियो । मुख्य भूकम्पपछि ...
। भारत गोवामा नाइट क्लबमा सिलिण्डर पड्किँदा २३ जनाको मृत्यु भएको छ । अरपोरा क्षेत्रमा भएको विष्फोटपछि नाइट क्लबमा आगलागी भएको थियो । प्रहरीका अनुसार घटना शनिबार राति करिब १२ बजेको हो । घटनाबारे जानकारी पाउनासाथ गोवाका मुख्यमन्त्री प्रमोद सावन्त र स्थानीय जनप्रतिनिधिहरु घटनास्थल पुगेका थिए । मुख्यमन्त्री सावन्तका अनुसार मृत्यु हुनेमा तीन महिला र केही पर्यटकहरु ...
। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार भारतलाई इन्धनको निर्बाध ढुवानी जारी राख्ने प्रतिबद्धता जनाएका छन् । पुटिनको यो प्रतिबद्धताले नयाँदिल्लीलाई मस्कोबाट तेल खरिदमा अमेरिकी दबाबको सामना गर्दा राहत दिने अपेक्षा गरिएको छ । पुटिनले नयाँदिल्ली भ्रमणका अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्दै भने, ‘रुस तेल, ग्यास, कोइला र भारतको ऊर्जाको विकासका लागि आवश्यक सबै कुराको भरपर्दो आपूर्तिकर्ता ...
: हैदराबाद हाउसमा भएको महत्वपूर्ण बैठकपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र प्रधानमन्त्री मोदीले संयुक्त विज्ञप्ति जारी गर्दैछन्। यस भेटमा प्रधानमन्त्री मोदीले राष्ट्रपति भ्लादिमिर पुटिनको प्रशंसा गरे। प्रधानमन्त्री मोदीले भारत र रुसको २३ औं शिखर सम्मेलनमा राष्ट्रपति पुटिनलाई स्वागत गर्न पाउँदा धेरै खुसी लागेको बताए। प्रधानमन्त्री मोदीले राष्ट्रपति पुटिनको भारतप्रतिको गहिरो मित्रताका लागि हार्दिक आभार व्यक्त गरे। प्रधानमन्त्री मोदीले ...