मुख्य समाचार
मोदीले युक्रेन मुद्दामा शान्तिका लागि भारतले गरेको वकालत दोहोर्‍याए
मोदीले युक्रेन मुद्दामा शान्तिका लागि भारतले गरेको वकालत दोहोर्‍याए

। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेन मुद्दामा शान्तिका लागि भारतले गरेको वकालत दोहोर्‍याएका छन् । यस मुद्दाको शान्तिपूर्ण समाधानका लागि गरिएका सबै प्रयासको भारतले स्वागत गरेको उनले बताए ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणपछि जारी संयुक्त प्रेस वक्तव्यमा उनले भने, ‘भारतले सुरुदेखि नै युक्रेनको मुद्दामा शान्तिको वकालत गर्दै आएको छ । हामी यस मामिलाको शान्तिपूर्ण र स्थायी समाधानको लागि गरिएका सबै प्रयासहरूको स्वागत गर्दछौं । भारत आफ्नो योगदान दिन सधैँ तयार छ र भविष्यमा पनि रहनेछ।’


उनले भने, ‘भारत र रुस आतङ्कवादविरुद्धको लडाइँमा लामो समयदेखि काँधमा काँध मिलाएर उभिएका छन् । पहलगाममा भएको आतंकवादी आक्रमण होस् वा क्रोकस सिटी हलमा कायरतापूर्ण आक्रमण होस्, यी सबै घटनाको जड एउटै हो । भारतको अटल विश्वास यो छ कि आतङ्कवाद मानवताको मूल्यहरूमाथिको प्रत्यक्ष आक्रमण हो र यसको विरुद्ध विश्वव्यापी एकता हाम्रो सबैभन्दा ठूलो शक्ति हो।’

प्रधानमन्त्री मोदीले भने, ‘मलाई पूर्ण विश्वास छ आगामी दिनमा हाम्रो मित्रताले हामीलाई विश्वव्यापी चुनौतीहरूको सामना गर्न शक्ति दिनेछ र यही विश्वासले हाम्रो साझा भविष्यलाई समृद्ध बनाउनेछ।’




यसअघि राष्ट्रपति पुटिनसँगको द्विपक्षीय भेटका क्रममा प्रधानमन्त्री मोदीले राष्ट्रिय राजधानीमा रूसी राष्ट्रपति पुटिनसँग द्विपक्षीय शिखर सम्मेलनमा आफ्नो उद्घाटन मन्तव्यमा भारत युक्रेनी शान्तिको पक्षमा उभिएको साथै युद्धबारे भारतको मत तटस्थ नरहेको बताएका थिए ।

उनले भने, ‘हालैका दिनहरूमा मैले विश्व समुदायका नेताहरूसँग युक्रेनबारे व्यापक छलफल गरेको छु, मैले सधैं भनेको छु कि भारत युद्धबारे तटस्थ छैन। भारतको स्पष्ट अडान छ र त्यो अडान शान्तिको पक्षमा छ । हामी शान्तिको लागि हरेक प्रयासको समर्थन गर्दछौँ। भारत शान्तिको पक्षमा छ र विश्व शान्तिमा फर्कनु पर्छ।’

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको संयुक्त वक्तव्यमा प्रधान मन्त्री नरेन्द्र मोदीले भारत–रुस सम्बन्धलाई गहिरो बनाउनमा पुटिनको दूरदर्शी नेतृत्वको प्रशंसा गरे र विश्वव्यापी चुनौतीहरूको बाबजुद मित्रता दृढ रहेको बताए ।

उनले भने, ‘देशहरूले सन् २०३० सम्म ‘आर्थिक सहयोग कार्यक्रम’ को बारेमा छलफल गरेका छन् र ‘यूरेसियन इकोनोमिक युनियन’ सँग स्वतन्त्र व्यापार सम्झौतालाई छिटो निष्कर्षमा पुर्‍याउने दिशामा काम गरिरहेका छन् ।’

भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा दुई दिने राजकीय भ्रमणका लागि पुटिन चार वर्षपछि पहिलो पटक भारत भ्रमणमा आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त राज्य अमेरिकाले संविधान दिवसको अवसरमा नेपाली जनतालाई शुभकामना व्यक्त गरेको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले शुभकामना सन्देश जारी गर्दै हालै नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार तथा पुनर्लाभमा सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन्। शुभकामना सन्देशमा विदेशमन्त्री रुबियोले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। ‘हालैको आकस्मिक बाढीबाट प्रभावित अमेरिकी नागरिकसहित सम्पूर्ण परिवार र समुदायप्रति हाम्रो ...
अमेरिकाले लगाएको प्रतिबन्धका कारण अत्याधुनिक ईयूभी उपकरण नपाएपछि चीनले पुराना प्रविधि प्रयोग गरेर ३–एनएमभन्दा साना चिप निर्माण गर्ने कार्य थालेको छ । चिनियाँ अनुसन्धानकर्ताहरूले पुराना ईयूभी लिथोग्राफी प्रविधिबाट नै यो सफलता हासिल गरेका हुन् । वर्तमान अमेरिकी निर्यात नियन्त्रण नियमका कारण डच कम्पनी एएसएमएलले ७–एनएमभन्दा साना चिप बनाउन चाहिने अत्याधुनिक ईयूभी मेसिन चीनलाई बिक्री गर्न पाउँदैन । ताइवानी ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना छोरा डोनाल्ड ट्रम्प जुनियरले रुसी ओलिगारकको पैसा फिर्ता गर्ने बताएका छन् । ट्रम्प जुनियरले बहामासमा भएको आफ्नो विवाहको खर्च बेहोर्ने रुसी व्यवसायीलाई पैसा फिर्ता दिने जानकारी दिएका हुन् । अन्तर्राष्ट्रिय बक्सिङ संघका अध्यक्ष तथा धनी रुसी व्यवसायी उमर क्रेमलेभले ट्रम्प जुनियरको विवाहको भोजका लागि लाखौं डलर खर्च गरेका थिए । यो ...
प्यालेन्टोलोजिस्टहरूले उत्तर अमेरिका बाहिर पहिलो पटक डिप्लोडोकस डाइनासोरको उपस्थिति पुष्टि गरेका छन् । यो खोजले अन्तिम जुरासिक कालमा यो चर्चित डाइनासोर कहाँ–कहाँ बस्थ्यो भन्नेबारे वैज्ञानिकहरूको बुझाइलाई बदलेको छ । फन्डासियोन कोन्हुन्तो प्यालेन्तोलोहिको दे तेरुएल–दिनोपोलिसका अनुसन्धानकर्ताहरूले यो जीवाश्मलाई जर्नल अफ भर्टिब्रेट प्यालेन्टोलोजीमा वर्णन गरेका छन् । यो नमुना युरोपमा फेला परेका डिप्लोडोसिड कङ्कालहरूमध्ये सबैभन्दा पूरा मानिएको छ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउनेसम्बन्धी विधेयकमा शुक्रबार हस्ताक्षर गरेका छन्। अमेरिकी संसद्‌बाट पारित भइसकेको उक्त विधेयक राष्ट्रपतिको हस्ताक्षरसँगै कानुनमा परिणत भएको छ। ‘लिन्डसे ओ ग्राहम स्याङ्क्सनिङ रसिया एन्ड इरान एक्ट २०२६’ नाम दिइएको ४८ पृष्ठ लामो यस कानुनले रुसबाट कच्चा तेल तथा प्राकृतिक ग्यास खरिद गर्ने प्रमुख पाँच राष्ट्रहरूमाथि १०० ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम