मुख्य समाचार
चितवनले खेरजाने केराको थम्बाबाट पशुचौपायालाई खुवाउने साइलेज बनाउने प्रविधिबारे अनुसन्धान सुरु
चितवनले खेरजाने केराको थम्बाबाट पशुचौपायालाई खुवाउने साइलेज बनाउने प्रविधिबारे अनुसन्धान सुरु

। चितवनको राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुर चितवनले खेरजाने केराको थम्बाबाट पशुचौपायालाई खुवाउने साइलेज बनाउने प्रविधिबारे अनुसन्धान सुरु गरेको छ ।

कार्यालय प्रमुख देवीप्रसाद अधिकारीले किसानको खेतबारीमा खेर गइरहेको केराको थम्बालाई सदुपयोग गर्ने उद्देश्यले साइलेज बनाउने तरिका र प्रविधिबारे अनुसन्धान थालिएको बताए ।

उनका अनुसार यसका लागि नवलपरासीका एक किसान छनौट गरिसकिएको छ । साइलेज बनाउने प्रविधिबारे अनुसन्धान गर्न चालु आर्थिक वर्षमा ६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

डा. हेमराज ढकालको नेतृत्वमा अनुसन्धान थालिएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए ।


केराको थम्बालाई चपिङ गर्ने (टुक्राउने) र केराको थम्बामा पानीको मात्रा अधिक हुने भएकाले त्यसलाई घटाउने विभिन्न चरणहरूका बारेमा अनुसन्धान हुनेछ । काटेर टुक्रा पारिएको थम्बाबाट पानीको मात्रा घटाउन घामको ताप वा बिजुली दुबै तरिकाबाट परीक्षण गर्ने अधिकारीले बताए । किसान आफैंले घरमा सानो लगानीमा गर्न सक्ने गरी प्रविधिको विकास गर्ने योजना कार्यालयको रहेको उनले जानकारी दिए ।

प्लास्टिक प्याकेजिङ वा पिटमा बनाउने विषयमा पनि अनुसन्धान हुनेछ । तीन वर्षे कार्ययोजना बनाएर विभिन्न चरणमा अनुसन्धान पुरा हुने कार्यक्रम प्रमुख अधिकारीले जानकारी दिए । यसरी बनेको साइलेजको रङ, पौष्टिक तत्व लगायतका विविध विषयमा अनुसन्धान हुने उनको भनाइ छ ।


राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम कार्यालय प्रमुख देवीप्रसाद अधिकारी
मकै वा नेपियर घाँसबाट बनेको साइलेजभन्दा अझैं बढी पोसिलो बनाउनसके त्यसले केरा किसान र दुग्धपालक किसान दुवैलाई फाइदा पुग्ने हिसाबले काम गर्ने सोच रहेको अधिकारीले जानकारी दिए । पानीको मात्रा घटाउन सकिएन भने अर्को विकल्प र विधिमा समेत अनुसन्धान गर्ने लक्ष्य राखिएको छ ।

‘केराका पातहरु घर पालुवा पशुचौपायालाई खुवाउने गरिए पनि थम्बा भने खुवाउने गरेको पाइँदैन । हात्तीले भने केराको थम्बा खाने गर्दछ । घरपालुवा पशुचौपायालाई खुवाउने साइलेजबारे केराको थम्बाको अहिलेसम्म अनुसन्धान भएको छैन,’ डा. अधिकारीले भने, ‘अनुसन्धानबाट नौलो प्रविधि तयार गर्न सके किसानहरूलाई प्रत्यक्ष लाभ मिल्नेछ ।’

केरा किसान भन्छन्– नयाँप्रविधिको विकास भए सबैभन्दा खुसी हुन्छौं

मकैको साइलेज बनाएर खुवाए पनि केराको साइलेज बनाउने प्रविधि तयार गर्नसके केरा किसान र पशुपालक किसानका लागि नयाँ फड्को हुने जिल्लाका केरा व्यवसायी बताउँछन् ।

‘जिल्लाका विभिन्न ठाउँमा ५० बिघामा केरा खेती गरेका किसान यज्ञ सुवेदीले किसानले कुहाएर फाल्ने केराको थम्बाबाट साइलेज बनाउन सके सबैभन्दा खुसी हामी हुनेछौं,’ उनले भने ।

केराका थम्बामा पोटासियमको मात्रा बढी हुने भएकाले प्राङ्गारिक मल बनाउने उद्यमीले लगे पनि त्यसले खासै फाइदा नभएको किसान सुवेदीले बताए । ‘यसै खेर जाने केराको थम्बाबाट साइलेज बनाउन सके किसानहरुको केरा उत्पादनमा थप भ्यालु एड हुन्थ्यो, केरा, पात र थम्बा बेचेर फाइदा लिन सकिन्थ्यो’ सुवेदीले भने, ‘व्यावसायिक रुपमा गाई वा भैंसी पाल्ने किसानलाई पनि फाइदा हुन्थ्यो ।’

चितवनकै अर्का केरा किसान विष्णुहरि पन्तले थम्बाबाट साइलेज बनाउने बारेमा अनुसन्धान सुरु भएको कुरा सुनेर आफूलाई खुसी लागेको बताए । उनले पहिलोपटक यस्तो सुनेको भन्दै अनुसन्धानलाई सघाउन जिल्लाका केरा व्यवसायीले सहयोग गर्ने बताए ।

झण्डै २५ बिघामा केराखेती गरेको पन्तले अहिले केराको थम्बा यसै माटोमा फाल्ने गरेको बताए । ‘यसै फालिएको चिजबाट कुनै अर्को उपलब्धिमूलक काम हुन सक्यो भने त्यसको लाभ सबैलाई हुन्छ’ पन्तले भने, ‘अनुसन्धान सफलबनाउन केरा व्यवसायीहरुले गर्नुपर्ने आवश्यक साथ र सहयोग गर्न तयार छौं ।’

उनले अनुसन्धानमा तीव्रताका साथ काम गर्न अनुरोध समेत गरे । जिल्लामा सयौं बिघामा केराखेती रहेको भन्दै पन्तले अनुसन्धान सफल भएमा सबै केरा किसान थप उत्साहित हुने बताए ।

चितवनमा २८ सय ५० विगाहामा केराखेती लगाइएको छ । देशभर १९ हजार ९ सय ८० विगाहामा केराखेती रहेको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते भएका छन् । सात वटा सवारीसाधन आपसमा ठोक्किएर भएको दुर्घटनामा चार वटा सवारीसाधनका ३५ जना घाइते भएका हुन् । दुर्घटनामा परेका सबैको स्थानीय अस्पताल र काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए । काठमाडौंबाट गजुरी जाँदै गरेको ...
५० वर्षपछि येँगा हिटीमा खस्यो पानी, अमेरिकाको एएफसीपी कोषद्वारा जीर्णोद्वार
। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम आज मंसिर २१ गतेदेखि सुरु हुँदैछ । निर्वाचन कार्यक्रम अनुसार समानुपातिक प्रणालीमा भाग लिन चाहने राजनीतिक दलले मंसिर २१ देखि २३ गतेसम्म निवेदन दिन सक्ने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । प्राप्त भएका निवेदन उपर अध्ययन गरी मंसिर २६ गतेसम्म ...
। आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमार्गका विभिन्न खण्डमा सडक विस्तारका लागि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बन्द हुने छ । आगामी दुई महिनासम्म सवारी साधन सबै बन्द गरेर मर्मत एवम् विस्तारको काम अगाडि बढाउन लागिएको कान्ति राजमार्ग सडक योजनाले ...
। निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे निर्देशन दिएको छ । आयोगले आगामी पुस ११ गते राष्ट्रियसभाको निर्वाचनको मिति तय गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनका लागि आवश्यक सहयोग गर्न आग्रह गर्दै आयोगले निर्देशन दिएको हो । निर्वाचनमा समावेशी समानुपातिक प्रतिनिधित्व कायम गर्दै निर्वाचनमा ...