मुख्य समाचार
उत्तरपश्चिम चीनको शिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा भएको गम्भीर सडक दुर्घटनामा ९ जनाको मृत्यु र ७ जना घाइते
उत्तरपश्चिम चीनको शिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा भएको गम्भीर सडक दुर्घटनामा ९ जनाको मृत्यु र ७ जना घाइते

। उत्तरपश्चिम चीनको शिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा शनिबार राति भएको गम्भीर सडक दुर्घटनामा ९ जनाको मृत्यु र ७ जना घाइते भएको स्थानीय अधिकारीहरूले आइतबार जानकारी दिएका छन् ।

उक्त दुर्घटना राति करिब १० बजे उसु सहरस्थित एक्सप्रेसवेका विभिन्न भागहरूमा क्रमिक रूपमा भएको थियो ।
पाँच ठूला सवारीसाधन र सात कारहरू आपसमा ठोक्किँदा ठूलो मानवीय क्षति भएको बताइएको छ ।

घाइतेहरूलाई उद्धारकर्मीहरूले अत्यन्तै चाँडो अस्पताल पुर्‍याएर आपत्कालीन उपचारको व्यवस्था गरिएको छ ।

अधिकारीहरूका अनुसार एकाएक लागेको बाक्लो हुस्सुका कारण दुर्घटनाको सम्भावना बढेको अनुमान गरिएको छ ।

घटनाको कारण र विस्तृत विवरण पत्ता लगाउन स्थानीय प्रशासनले थप अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रमलाई शान्ति पुरस्कार प्रदान गरिएको छ । फिफा विश्वकप २०२६ को समूह चरणको खेल तालिका सार्वजनिकका लागि आयोजित समारोहमा उनलाई शान्ति पुरस्कार प्रदान गरिएको हो । अमेरिकी राष्ट्रपति ट्रम्प फिफाको शान्ति पुरस्कारका लागि पहिलेबाट नै मजबुत दाबेदार मानिन्थे । न्युज एजेन्सी पीटीआईका आुनसार ट्रम्प र फिफा अध्यक्ष जियानी इन्फेन्टिनोबीच निकट सम्बन्ध छ । इन्फेन्टिनोले ...
। क्यानडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी पाएका छन्, जुन कुल रोजगारीमा ०.३ प्रतिशत वृद्धि भएको स्टाटिस्टिक्स क्यानडाले जनाएको छ । मासिक विवरण अनुसार, रोजगार दर ०.१ प्रतिशत बिन्दुले बढेर ६०.९ प्रतिशत पुगेको छ भने बेरोजगारी दर ०.४ प्रतिशत बिन्दुले घटेर ६.५ प्रतिशतमा आएको छ । स्वास्थ्य सेवा तथा सामाजिक सहयोग, आवास तथा खाना–पानी सेवा ...
। पाकिस्तान र अफगानिस्तानको तालिबान फोर्सेजबीच फेरि झडप भएको छ । झडपपछि दुवै देशहरूले एक–अर्कामाथि संघर्ष–विराम उल्लंघनको आरोप लगाएका छन् । बढ्दो तनावका कारण सीमा क्षेत्रमा पर्ने अफगान शहर स्पिन बोल्दकबाट स्थानीय नागरिकहरूले राति आ–आफ्नो घर छोड्नु परेको बीबीसीले जनाएको छ । कन्धार शहरका एक अस्पताल स्रोतले बीबीसीलाई स्थानीय अस्पतालमा चार जनाको शव ल्याइएको जानकारी दिएको समाचारमा ...
। अफगानिस्तानले पाकिस्तानी सेनाको आक्रमणमा परी चार अफगान नागरिकको मृत्यु भएको पुष्टि गरेको छ । सीमा क्षेत्रमा पर्ने अफगान शहर स्पिन बोल्दकका चार नागरिकको पाकिस्तानी सेनाको आक्रमणमा परी मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका हुन् । यसअघि कन्धार शहरको एक अस्पताल स्रोतलाई उद्धृत गर्दै बीबीसीले स्थानीय अस्पतालमा चार जनाको शव ल्याइएको समाचारमा उल्लेख गरेको थियो । अफगान र पाकिस्तान ...
। ग्रीसको दक्षिणी तट नजिक क्रेट टापु वरिपरि एक डुङ्गामा १८ आप्रवासी मृत भेटिएका छन् भने दुई जना उद्धार भएका छन् । ग्रीसको सार्वजनिक प्रसारक ईआरटीका अनुसार, डुङ्गा इरापेट्रा शहरदेखि करिब (४८ किलोमिटर) दक्षिणमा फेला परेको थियो । मृतक १८ जनाको शव डुङ्गाभित्रै भेटिएको छ । प्रारम्भिक जानकारी अनुसार, लामो समयसम्म खराब मौसममा डुङ्गामा खुला रहँदा, खाना ...