मुख्य समाचार
जेन–जी आन्दोलनको क्रममा रौतहटमा भएको तोडफोड र आगजनीमा संलग्न भएको भन्दै प्रहरीले एक युवकलाई पक्राउ
जेन–जी आन्दोलनको क्रममा रौतहटमा भएको तोडफोड र आगजनीमा संलग्न भएको भन्दै प्रहरीले एक युवकलाई पक्राउ

। जेन–जी आन्दोलनको क्रममा रौतहटमा भएको तोडफोड र आगजनीमा संलग्न भएको भन्दै प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका वडा नं. ४ का ३० वर्षीय बिकी पाण्डे छन् ।

गत भदौ २४ गते रौतहटका विभिन्न क्षेत्रमा भएको तोडफोड र आगजनीमा संलग्न भएको आरोप उनीमाथि छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा भएको आगजनी, प्रहरीको गाडी तोडफोड जस्ता गम्भीर अपराधमा प्रत्यक्ष संलग्न रहेको आरोपमा उनलाई मंसिर १८ गते राति गोप्य सूचनाका आधारमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी विष्णु प्रदीप बस्यालले बताए । पाण्डेमाथि ‘आपराधिक उपद्रव’ मुद्दामा रौतहट जिल्ला अदालत गौरबाट अनुमति लिएर अनुसन्धान कार्य अघि बढाइएको उनले बताए ।

यसअघि सोही घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले चन्द्रपुर वडा नंं. ४ का ३२ वर्षीय दीपक बस्नेत र वडा नम्बर ८ का ४३ वर्षीय हरिनारायण चौधरीलाई पनि पक्राउ गरिसकेको छ । तीनै जनामाथि अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रवक्ता बस्यालले बताए ।

भदौ २४ गते भएको जेन–जी आन्दोलनका क्रममा रौतहटका गौर, गरुडा, चन्द्रनिगाहपुर लगायत आधा दर्जन पालिकाहरुमा सरकारी र निजी सम्पत्तिमा क्षति पुगेको थियो । सो दिनको घटनामा संलग्नहरुलाई सीसीटीभी फुटेज र सूचनाका आधारमा खोजबिन भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रेस काउन्सिलको अध्यक्षमा मनोनीत वरिष्ठ अधिवक्ता डा. कुमार आचार्यलाई नियुक्ति पत्र प्रदान गरिएको छ । सरकारले नेपाल मेलमिलाप परिषद्मा विज्ञको रुपमा कार्यरत आचार्यलाई नियुक्त गरेको थियो । आइतबार सञ्चारमन्त्री जगदीश खरेलसहितको उपस्थितिमा आचार्यलाई नियुक्ति पत्र प्रदान गरिएको हो । आचार्य यसअघि मेलमिलाप परिषद्मै करिब ३ वर्ष सदस्यको रुपमा कार्यरत थिए । २०४० सालमा अधिवक्ता भएका उनी ...
। राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको छ । आयोगका अध्यक्ष तपबहादुर मगर सहितको टोलीले आइतबार शीतलनिवासमा आयोजित एक कार्यक्रमका बीच राष्ट्रपति पौडेल समक्ष प्रतिवेदन पेश गरेको हो । प्रतिवेदनमा आर्थिक वर्ष २०८१/८२ मा आयोगमा परेका उजुरीहरू, उजुरीउपर भएका छानबिन तथा अनुसन्धान विवरण, नेपाल सरकारलाई गरिएका सिफारिसहरू, ...
। नेपाली कम्युनिस्ट पार्टीले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि वातावरण बनाउन सबै तहमा सबै राजनीतिक दलहरूसँग छलफल अघि बढाउन निर्देशन दिएको छ । पार्टीले अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेर २१ फागुनका लागि तय भएको निर्वाचनको वातावरण निर्माणका लागि पार्टीपंक्तिलाई सबै तहमा सबै राजनीतिक दलहरूसँग छलफल अघि बढाउन निर्देशन दिएको हो । ‘निर्वाचनको वातावरण बनाउनका लागि सबै तहमा सबै ...
। बर्दियाको बढैयाताल–४ कि एक युवतीले नागरिकता नपाएर आत्महत्या गरेको भनिएको विषय छानबिन गर्न समिति गठन भएको छ। गृह मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानविन समिति गठन गरिएको हो। गृहमन्त्री ओमप्रकाश अर्यालले यस घटनाको बारेमा सर्बत्र चासो र चिन्ता प्रकट भएपछी मन्त्रालयको पनि गम्भीर ध्यानाकर्षण भनेको जनाउँदै छानबिन गर्न ...
एकताको आवश्यकताबारे प्रचार–प्रसार गर्न नेपाली कम्युनिस्ट पार्टीको निर्देशन