मुख्य समाचार
सवारी दुर्घटनामा एक जनाको मृत्यु, रौतहटमा स्थानीयको प्रदर्शन
सवारी दुर्घटनामा एक जनाको मृत्यु, रौतहटमा स्थानीयको प्रदर्शन

। सवारी दुर्घटनामा एक व्यक्तिको मृत्यु भएपछि रौतहटको चन्द्रनिगाहपुरमा प्रदर्शन भएको छ ।

हिजो (शुक्रबार) रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ मोथिहायी‌ पुल नजिकै बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा वृन्दावन नगरपालिका वडा नम्बर २ विश्रामपुर बस्ने ४० वर्षिय नागेन्द्र पटेलको मृत्यु भएको थियो ।

गौरबाट चपुरतर्फ आउँदै गरेको ना ४ ख ६५४७ नम्बरको बस र विपरीत दिशाबाट गइरहेको ना ३९ प ४२४० नम्बरको मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकलका चालक पटेलको निधन भएको थियो ।

मोटरसाइकलमा सवार यादवसँगै उनका छोरा १२ वर्षीय युवराज पटेल, छोरी आकृति पटेल र छोरा १५ वर्षीय प्रिन्स कुमार पटेल घाइते भएका थिए ।


गम्भीर घाइते यादवको उपचारका क्रममा उनको ज्यान गएको थियो । यादवको मृत्यु पछी उनका परिवारजन तथा आफन्तले ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर अगाडी राजमार्ग बन्द गरेर प्रदर्शन गरेका थिए ।

प्रहरीले बल प्रयोग गरेर राजमार्ग खुलाएको छ । दुवै सवारी साधन र बस चालक इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा रहेको डीएसपी रुपा लाबुङले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रेस काउन्सिलको अध्यक्षमा मनोनीत वरिष्ठ अधिवक्ता डा. कुमार आचार्यलाई नियुक्ति पत्र प्रदान गरिएको छ । सरकारले नेपाल मेलमिलाप परिषद्मा विज्ञको रुपमा कार्यरत आचार्यलाई नियुक्त गरेको थियो । आइतबार सञ्चारमन्त्री जगदीश खरेलसहितको उपस्थितिमा आचार्यलाई नियुक्ति पत्र प्रदान गरिएको हो । आचार्य यसअघि मेलमिलाप परिषद्मै करिब ३ वर्ष सदस्यको रुपमा कार्यरत थिए । २०४० सालमा अधिवक्ता भएका उनी ...
। राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको छ । आयोगका अध्यक्ष तपबहादुर मगर सहितको टोलीले आइतबार शीतलनिवासमा आयोजित एक कार्यक्रमका बीच राष्ट्रपति पौडेल समक्ष प्रतिवेदन पेश गरेको हो । प्रतिवेदनमा आर्थिक वर्ष २०८१/८२ मा आयोगमा परेका उजुरीहरू, उजुरीउपर भएका छानबिन तथा अनुसन्धान विवरण, नेपाल सरकारलाई गरिएका सिफारिसहरू, ...
। नेपाली कम्युनिस्ट पार्टीले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि वातावरण बनाउन सबै तहमा सबै राजनीतिक दलहरूसँग छलफल अघि बढाउन निर्देशन दिएको छ । पार्टीले अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेर २१ फागुनका लागि तय भएको निर्वाचनको वातावरण निर्माणका लागि पार्टीपंक्तिलाई सबै तहमा सबै राजनीतिक दलहरूसँग छलफल अघि बढाउन निर्देशन दिएको हो । ‘निर्वाचनको वातावरण बनाउनका लागि सबै तहमा सबै ...
। बर्दियाको बढैयाताल–४ कि एक युवतीले नागरिकता नपाएर आत्महत्या गरेको भनिएको विषय छानबिन गर्न समिति गठन भएको छ। गृह मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानविन समिति गठन गरिएको हो। गृहमन्त्री ओमप्रकाश अर्यालले यस घटनाको बारेमा सर्बत्र चासो र चिन्ता प्रकट भएपछी मन्त्रालयको पनि गम्भीर ध्यानाकर्षण भनेको जनाउँदै छानबिन गर्न ...
एकताको आवश्यकताबारे प्रचार–प्रसार गर्न नेपाली कम्युनिस्ट पार्टीको निर्देशन