मुख्य समाचार
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि वातावरण बनाउन सबै तहमा सबै राजनीतिक दलहरूसँग छलफल अघि बढाउन निर्देशन
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि वातावरण बनाउन सबै तहमा सबै राजनीतिक दलहरूसँग छलफल अघि बढाउन निर्देशन

। नेपाली कम्युनिस्ट पार्टीले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि वातावरण बनाउन सबै तहमा सबै राजनीतिक दलहरूसँग छलफल अघि बढाउन निर्देशन दिएको छ ।

पार्टीले अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेर २१ फागुनका लागि तय भएको निर्वाचनको वातावरण निर्माणका लागि पार्टीपंक्तिलाई सबै तहमा सबै राजनीतिक दलहरूसँग छलफल अघि बढाउन निर्देशन दिएको हो ।

‘निर्वाचनको वातावरण बनाउनका लागि सबै तहमा सबै राजनीतिक दलहरूसँग बैठक, वार्ता, छलफल गर्ने,’ अपानिमा भनिएको छ, ‘त्यसरी नै सञ्चारमाध्यम, बौद्धिक समुदाय, व्यवसायी, नागरिक समाजका अगुवाहरूसँग निर्वाचनको माहोल निर्माण गर्नका लागि छलफल, अन्तरक्रिया गर्ने ।’

अपानिमा केन्द्रमा सरकार र निर्वाचन आयोग तथा विभिन्न तहमा सम्बन्धित तहका निर्वाचन एवं सुरक्षा निकायहरूसँग आवश्यक समन्वय र सहकार्य गर्न तथा विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाललगायत विभिन्न तरिकाबाट पार्टीको चुनाव चिह्न ‘तारा’ आम जनतालाई चिनाउन पनि भनिएको छ ।

नेपाली कम्युनिस्ट पार्टीले संघीय र प्रदेश सरकार तथा स्थानीय तहमा रहँदा गरेका जनपक्षीय र भ्रष्टाचार विरोधी राम्रा कामहरूको जनताबीच व्यापक प्रचार गर्न र भ्रष्टाचार, कुशासन, अनियमितता, बेथितिका घटना, विवरण र तथ्यहरू संकलन गर्न पनि पार्टीपंक्तिलाई निर्देशन दिएको छ ।

‘त्यस्ता क्रियाकलापहरूको विरोध गर्ने तथा विकास निर्माण, जनताको सेवा सुविधा, रोजगारी, सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा आवाज बुलन्द गर्ने,’ संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालद्वारा हस्ताक्षरित अपानिमा उल्लेख छ ।

पार्टीले विभिन्न तहमा मतदाता शिक्षा, तालिम, प्रशिक्षण, गोष्ठीलगायतका कार्यक्रम सञ्चालन गर्न, सबै तहमा पार्टी र जनवर्गीय संगठनद्वारा निर्वाचनको तयारी केन्द्रित बैठक, भेला, प्रशिक्षण तथा विभिन्न रचनात्मक र प्रचारात्मक कार्यक्रमहरू सञ्चालन गर्न पनि निर्देशन दिएको छ ।

नेपाली कम्युनिस्ट पार्टीले निर्धारित समयमा शान्तिपूर्ण, स्वतन्त्र, धाँधलीरहित र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनुपर्नेमा पनि जोड दिएको छ ।

‘यतिवेलाको राष्ट्रिय संकटबाट देशलाई निकास दिन, संघीय लोकतान्त्रिक गणतन्त्रलगायत जनक्रान्तिका उपलब्धिहरूको रक्षा गर्न र संविधानलाई पूर्णरूपमा कार्यान्वयनमा ल्याउन, संविधान संशोधनका माध्यमबाट जेन–जी पुस्ताको भावनासहित जनताका अग्रगामी एजेण्डा सम्बोधन गर्न र सामाजिक न्याय, सुशासन, समृद्धि र समाजवादका आधार निर्माण गर्न पनि निर्वाचन अपरिहार्य छ,’ अपानिमा लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रेस काउन्सिलको अध्यक्षमा मनोनीत वरिष्ठ अधिवक्ता डा. कुमार आचार्यलाई नियुक्ति पत्र प्रदान गरिएको छ । सरकारले नेपाल मेलमिलाप परिषद्मा विज्ञको रुपमा कार्यरत आचार्यलाई नियुक्त गरेको थियो । आइतबार सञ्चारमन्त्री जगदीश खरेलसहितको उपस्थितिमा आचार्यलाई नियुक्ति पत्र प्रदान गरिएको हो । आचार्य यसअघि मेलमिलाप परिषद्मै करिब ३ वर्ष सदस्यको रुपमा कार्यरत थिए । २०४० सालमा अधिवक्ता भएका उनी ...
। राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको छ । आयोगका अध्यक्ष तपबहादुर मगर सहितको टोलीले आइतबार शीतलनिवासमा आयोजित एक कार्यक्रमका बीच राष्ट्रपति पौडेल समक्ष प्रतिवेदन पेश गरेको हो । प्रतिवेदनमा आर्थिक वर्ष २०८१/८२ मा आयोगमा परेका उजुरीहरू, उजुरीउपर भएका छानबिन तथा अनुसन्धान विवरण, नेपाल सरकारलाई गरिएका सिफारिसहरू, ...
। बर्दियाको बढैयाताल–४ कि एक युवतीले नागरिकता नपाएर आत्महत्या गरेको भनिएको विषय छानबिन गर्न समिति गठन भएको छ। गृह मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानविन समिति गठन गरिएको हो। गृहमन्त्री ओमप्रकाश अर्यालले यस घटनाको बारेमा सर्बत्र चासो र चिन्ता प्रकट भएपछी मन्त्रालयको पनि गम्भीर ध्यानाकर्षण भनेको जनाउँदै छानबिन गर्न ...
एकताको आवश्यकताबारे प्रचार–प्रसार गर्न नेपाली कम्युनिस्ट पार्टीको निर्देशन
नेपाली कम्युनिस्ट पार्टीले जेनजी आन्दोलनले उठाएका मुद्दाहरूको सम्बोधनका लागि पार्टीका तर्फबाट सशक्त पहल गर्ने प्रतिवद्धता