मुख्य समाचार
जनकपुर बोल्ट्समाथि कर्णालीको रोमाञ्चक जित
जनकपुर बोल्ट्समाथि कर्णालीको रोमाञ्चक जित

: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ।




आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो।


कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२६ रन बनायो।




जनकपुर बोल्ट्सका लागि सञ्जय कृष्णमुर्थीले सर्वाधिक ५१ रन बनाए। उनले ३९ बलमा १ चौका र ४ छक्का प्रहार गरे। उनले संगीथ कुरेसँग पाँचौँ विकेटका लागि ७५ रनको साझेदारी गरे।

जनकपुरका दुई ब्याटर सुरुमै डकआउट भए। माज सदाकले १२ रन बनाए। संगीथ कुरेले २५ रन बनाए। निकोल लोफ्टी इटोन १३ र आदित्य महता अन्तिम बलमा १ रन बनाउँदै रनआउट भए।

कर्णाली याक्सका लागि विलियम वसिस्टोले २ विकेट लिए। मार्क वाट, पवन सरार्फ, नन्दन यादव र सोमपाल कामीले १–१ विकेट लिए।

त्यसअघि ब्याटिङ गरेको कर्णालीका लागि डेब्यु खेल खेलेका ओपनर इमरान शेखले सर्वाधिक ३३ रन बनाए। ३२ बलमा समान १ चौका र १ छक्का हिर्काए। इमरानलाई ललित राजवंशीले संजय कृष्णमुर्थीबाट क्याच गराएका थिए। २० बलमा १९ रन बनाएका गुल्शन झालाई माज सादकतले अनिलकुमार शाहबाट क्याच आउट गराए।

प्रियांक पाञ्चालले १८ बलमा १६ रनको योगदान गरे। तीन चौका प्रहार गरेका उनलाई ललित राजवंशीले कारीको हातबाट क्याच आउट गराएका हुन्। विलियम वसिस्टोले १५, नाजीबुल्लाह जद्रानले १३ रन बनाए। सोमपाल कामी १८ रनमा अविजित रहे। दोस्रो एनपीएलमा पहिलो शतक प्रहार गरेका मार्क वाट ७ बलमा ४ रन बनाउँदा एलबिडब्लू धराप परे।

दुई खेलमा बेन्चमै रहेर कमब्याक गरेका ललितले २ विकेट लिए। उनीसँगै आदित्य महताले पनि २ विकेट लिए। संगिथ कोरे, माज सादकत र अनिल शाहले समान १–१ विकेट लिए।

अन्तिम खेलमा जनकपुरलाई हराउँदै कर्णाली छैटौँ स्थानमा रहँदै यो सिजनको एनपीएल सकेको छ। साबिक विजेता जनकपुर अंक तालिकाको पुछारमा रहँदै सिजन सक्यो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: आइसीसी विश्वकप लिग-२ अन्तर्गतको अन्तिम शृंखलाको पहिलो खेलमा नेपालले विजयी सुरुवात गरेको छ। नेपालले क्यानडालाई २४ रनले पराजित गरेको हो। ओमानस्थित एल अमेरत क्रिकेट मैदान(ट्रफ-१)मा नेपालले क्यानडालाई २११ रनमा अलआउट गरेको हो। क्यानडाका लागि आरोन जहन्सनले सर्वाधिक ४४ रन बनाए। त्यस्तै समित गोहेलले ३५, हम्जा तारिकले २६, श्रेयस मुफाले २६ र अखिल कुमार ३० रनमा अविजित ...
: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) एकदिवसीय पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आइतबार क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमरातस्थित ओमान क्रिकेट मैदानमा हुने लिग–२ को अन्तिम शृंखला नेपालका लागि अंक तालिकामा आफ्नो अवस्था सुधार्ने र विश्वकप छनोटको सम्भावना बलियो बनाउने महत्त्वपूर्ण अवसर हो। यसअघिका शृंखलामा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको नेपाललाई अबका खेलमा नतिजामुखी प्रदर्शन आवश्यक छ। नेपाल ...
: दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशको सहभागिता र पदकको सम्भावना बढाउन खेलाडी छनोटदेखि बन्द प्रशिक्षणसम्मको तयारीलाई व्यवस्थित रुपमा अघि बढाइएको छ। छनोटमा ९ हजारभन्दा बढी खेलाडी सहभागी छन्। प्रदेशका १४ जिल्लाबाट ९ हजार ३१० खेलाडीले नाम दर्ता गराएपछि उत्कृष्ट खेलाडी पहिचान गर्ने प्रतिस्पर्धा सुरु भएको हो। छनोटका विभिन्न चरण पार गरेर यकिन गरिएका ...
। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले फिफा विश्वकप २०२६ छनोट अन्तर्गत नेपाल र बहराइनबीचको अन्तर्राष्ट्रिय खेलमा अखिल नेपाल फुटबल संघ एन्फा नेतृत्व मिलेमतो तथा अनियमिता गरेको निष्कर्ष निकालेको छ । सीआईबीले गरेको अनुसन्धानले दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय मान्यताबाट अयोग्य बनाउन एन्फा नै लागेका निष्कर्ष निकालेको हो । विश्वकप छनोटको यमनसँगको खेलपछि बहराइनसँग खेल हुन करिब ...
: नेपाली क्रिकेटका लागि ओमानमा हुने आइसीसी विश्वकप लिग-२ का चार खेल अंक तालिकामा स्थान सुधार्ने अवसर मात्र होइनन्, एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउने महत्वपूर्ण परीक्षा पनि हो। शीर्षमा ४ रहेर विश्वकप छनोटमा सिधै पुग्ने नेपालको सम्भावना सकिएको छ। यस्तो अवस्थामा अन्तिम शृंखलामा अधिकतम जित निकाल्दै एकदिवसीय मान्यता जोगाउनु नेपालको मुख्य लक्ष्य हो। नेपाल, ओमान र ...