मुख्य समाचार
अमेरिकी सर्वोच्च अदालतले अमेरिकामा जन्मेका बालबालिकालाई नागरिकताको संवैधानिक अधिकार छ कि छैन भनेर निर्धारण गर्ने मुद्दाको सुनुवाइ गर्न सहमति
अमेरिकी सर्वोच्च अदालतले अमेरिकामा जन्मेका बालबालिकालाई नागरिकताको संवैधानिक अधिकार छ कि छैन भनेर निर्धारण गर्ने मुद्दाको सुनुवाइ गर्न सहमति

: अमेरिकी सर्वोच्च अदालतले अमेरिकामा जन्मेका बालबालिकालाई नागरिकताको संवैधानिक अधिकार छ कि छैन भनेर निर्धारण गर्ने मुद्दाको सुनुवाइ गर्न सहमति जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेको पहिलो दिन एक आदेशमा हस्ताक्षर गरेका थिए।


यो आदेशले देशमा अवैध रूपमा बसोबास गर्ने आमाबाबुबाट जन्मेका बच्चालाई जन्मसिद्ध नागरिकता दिने प्रणालीको अन्त्य गर्ने अपेक्षा गरिएको थियो। तर तल्ला अदालतले यो निर्णयलाई रोक लगाएका थिए।

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइको मिति अझै तय भएको छैन भने अन्तिम निर्णय आउन धेरै महिना लाग्न सक्ने विश्वास गरिएको छ।

अदालतको यो निर्णयले ट्रम्पको आप्रवासन नीति र अमेरिकी नागरिकताको अर्थ दुवैमा गहिरो प्रभाव पार्न सक्छ।

करिब १६० वर्षदेखि अमेरिकी संविधानको १४ औं संशोधनले देशमा जन्मने प्रत्येक बच्चा अमेरिकी नागरिक हो भन्ने सिद्धान्तलाई स्थापित गर्दै आएको छ। तर यो नियम कूटनीतिज्ञ र विदेशी सैन्य कर्मचारीका बच्चामा लागू हुँदैन।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: थाई आर्मीले कम्बोडियासँगको झडपपछि हवाई आक्रमण सुरु गरेको बताएको छ। यी आक्रमण विवादित थाइल्याण्ड-कम्बोडिया सीमामा गरिँदैछन्। थाइल्याण्डले सोमबार बिहान कम्बोडियाबाट आफ्ना सेनामाथि गोलीबारी भएको र दुई सैनिकको मृत्यु भएको तथा अन्य चार जना घाइते भएको बताएको छ। तर त्यसको केही समयपछि थाई सेनाले मृतक र घाइते सैनिकको संख्या परिवर्तन गरेको थियो। थाई सेनाका प्रवक्ताले पत्रकार ...
: रुसले शनिबार रातभर युक्रेनमा हवाई आक्रमण गरेको छ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युद्ध अन्त्य गर्न जारी वार्ताबारे टिप्पणी गरेको केही घण्टापछि यो आक्रमण भएको हो। फ्लोरिडामा तीन दिनको वार्तापछि डोनाल्ड ट्रम्पको वार्ता टोलीसँग फोन वार्ता धेरै रचनात्मक भएको उनले बताएका थिए। युक्रेनी औद्योगिक शहर क्रेमेनचुकका मेयरले शहरमा ठूलो मात्रामा आक्रमण भएको बताए। उनका अनुसार कुनै हताहतको ...
: अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको सेन्ट्रलकोस्ट क्षेत्रमा अनियन्त्रित ढंगले फैलिएको डढेलोका कारण धेरै घरहरू खरानी भएका छन् । सिड्नी सहरबाट करिब ९० किलोमिटर उत्तरमा पर्ने कुलबोङस्थित निम्मबिन रोड आसपासका क्षेत्रमा शनिबार डढेलो तीव्र रूपमा फैलिएपछि आपतकालीन चेतावनी जारी गरिएको छ । पूर्वी र मध्य न्यू साउथ वेल्समा ७५ भन्दा धेरै ठाउँमा डढेलो फैलिएको थियो । जसमध्ये १९ ...
: भारतको गोवास्थित एक प्रसिद्ध नाइट क्लबमा आगलागी हुँदा २३ जनाको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार उत्तरी गोवाको अर्पोरा गाउँको नाइटक्लबमा सिलिन्डर विस्फोट भएर ठूलो आगलागी हुँदा २३ जनाको मृत्यु भएको हो। प्रहरीका अनुसार उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। उक्त क्लब गत वर्ष मात्र खुलेको ...
दक्षिण अफ्रिकाको एक होस्टेलमा भएको सामूहिक गोलीकाण्डमा कम्तीमा ११ जनाको मृत्यु भएको छ। राजधानी प्रिटोरियाको पश्चिममा रहेको सोल्सभिल टाउनशिपको एक स्थानमा शनिबार बिहान बन्दुकधारीहरूले आक्रमण गरेका थिए। आक्रमणमा चौध जना घाइते भएका छन् भने ११ जनाको मृत्यु हुनेमा एक तीन वर्षको बालक पनि छन्। "कम्तीमा तीन जना बन्दुकधारीहरू होस्टेलमा प्रवेश गरे। यहाँ केही मानिस मदिरा सेवन गरिरहेका ...