मुख्य समाचार
अमेरिकी सर्वोच्च अदालतले अमेरिकामा जन्मेका बालबालिकालाई नागरिकताको संवैधानिक अधिकार छ कि छैन भनेर निर्धारण गर्ने मुद्दाको सुनुवाइ गर्न सहमति
अमेरिकी सर्वोच्च अदालतले अमेरिकामा जन्मेका बालबालिकालाई नागरिकताको संवैधानिक अधिकार छ कि छैन भनेर निर्धारण गर्ने मुद्दाको सुनुवाइ गर्न सहमति

: अमेरिकी सर्वोच्च अदालतले अमेरिकामा जन्मेका बालबालिकालाई नागरिकताको संवैधानिक अधिकार छ कि छैन भनेर निर्धारण गर्ने मुद्दाको सुनुवाइ गर्न सहमति जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेको पहिलो दिन एक आदेशमा हस्ताक्षर गरेका थिए।


यो आदेशले देशमा अवैध रूपमा बसोबास गर्ने आमाबाबुबाट जन्मेका बच्चालाई जन्मसिद्ध नागरिकता दिने प्रणालीको अन्त्य गर्ने अपेक्षा गरिएको थियो। तर तल्ला अदालतले यो निर्णयलाई रोक लगाएका थिए।

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइको मिति अझै तय भएको छैन भने अन्तिम निर्णय आउन धेरै महिना लाग्न सक्ने विश्वास गरिएको छ।

अदालतको यो निर्णयले ट्रम्पको आप्रवासन नीति र अमेरिकी नागरिकताको अर्थ दुवैमा गहिरो प्रभाव पार्न सक्छ।

करिब १६० वर्षदेखि अमेरिकी संविधानको १४ औं संशोधनले देशमा जन्मने प्रत्येक बच्चा अमेरिकी नागरिक हो भन्ने सिद्धान्तलाई स्थापित गर्दै आएको छ। तर यो नियम कूटनीतिज्ञ र विदेशी सैन्य कर्मचारीका बच्चामा लागू हुँदैन।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाले मध्यपूर्वमा जारी द्वन्द्वलाई थप चर्काए युद्धको क्षेत्र नै विस्तार गर्ने इरानको इस्लामिक रिभोलुसनरी गार्डले चेतावनी दिएको छ । इरानको रिभोलुसनरी गार्डले सोमबार अमेरिकाले द्वन्द्वलाई थप बढाएमा युद्धको ‘भूगोल परिवर्तन’ गर्ने जनाएको हो । यद्यपि, उसले त्यसका लागि अपनाइने सम्भावित कदमबारे थप विवरण सार्वजनिक गरेको छैन । यसैबीच, बेलायती सेनाका अनुसार सोमबार स्ट्रेट अफ होर्मुजमा प्रवेश ...
। राष्ट्रपति भ्लादिमिर पुटिनको पार्टी युनाइटेड रसियाले रुसको संसदीय चुनावमा ऐतिहासिक विशाल बहुमत हासिल गरेको छ। साँच्चैका विपक्षीहरूलाई लगभग पूर्ण रूपमा बाहिर राखिएको यस नियन्त्रित चुनावको अन्तिम आधिकारिक नतिजाले यस्तो देखाएको हो। आइतबार सम्पन्न भएको तीन दिने मतदानपछि सोमबार घोषणा गरिएको नतिजाअनुसार, ५८ प्रतिशतभन्दा बढी मत प्राप्त गर्दै युनाइटेड रसियाले तल्लो सदन स्टेट डुमाका तीन-चौथाइ (७५ ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले आफ्ना पत्रकारलाई ह्वाइट हाउस प्रवेशमा रोक लगाएपछि सीएनएनसहित तीन प्रमुख सञ्चारमाध्यमले प्रशासनविरुद्ध कानुनी प्रक्रिया अघि बढाएका छन् । सीएनएन, पोलिटिको र एमएस नाउले सोमबार वासिङ्टनस्थित अमेरिकी जिल्ला अदालतमा मुद्दा दायर गर्दै आफूहरूलाई ह्वाइट हाउस प्रवेशबाट रोक लगाउने निर्णय असंवैधानिक भएको दाबी गरेका छन् । ती सञ्चारमाध्यमले संयुक्त विज्ञप्तिमार्फत सरकारले आफूलाई मन ...
। अस्ट्रेलियाले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को अस्थायी सदस्य बन्न औपचारिक अभियान सुरु गरेको छ। प्रधानमन्त्री एन्थोनी अल्बानिजीले सोमबार अमेरिकाको न्युयोर्कमा संयुक्त राष्ट्रसंघको महासभाका क्रममा सन् २०२९–३० को दुईवर्षे कार्यकालका लागि अस्ट्रेलियाको उम्मेदवारी अभियान सुरु गरेका हुन्। अस्ट्रेलियाले सुरक्षा परिषद्‌मा रहेर अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षा, द्वन्द्व रोकथाम, जलवायु तथा समुद्री सुरक्षा र कृत्रिम बुद्धिमत्ता लगायतका विषयमा भूमिका खेल्ने ...
: सिरियाको उत्तरी क्षेत्रस्थित अलेप्पो प्रान्तको अल-ऐस सहरमा सोमबार बिहानै शृङ्खलाबद्ध विष्फोट भएका छन्। सिरियाली सरकारी टेलिभिजन 'अल-इखबरिया' लगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार स्थानीय रक्षा मन्त्रालयसँग सम्बद्ध एक हतियार डिपोलाई लक्षित गरी ती विष्फोटहरू भएका हुन्। विष्फोटबाट भएको मानवीय तथा भौतिक क्षतिको आधिकारिक विवरण आउन बाँकी छ। घटनालगत्तै सम्बन्धित निकायले सो क्षेत्रको अवस्थाबारे थप जानकारी सङ्कलन गरिरहेको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम