मुख्य समाचार
प्रभु साहले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले आफ्नो जग र नैतिक धरातल नै बिर्सिएर निर्लज्जता प्रकट गरेको आरोप
प्रभु साहले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले आफ्नो जग र नैतिक धरातल नै बिर्सिएर निर्लज्जता प्रकट गरेको आरोप

: आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले आफ्नो जग र नैतिक धरातल नै बिर्सिएर निर्लज्जता प्रकट गरेको आरोप लगाएका छन्। उनले वर्तमान सरकारले एकपछि अर्को अनैतिक कुकर्म गरिरहेको गम्भीर आरोप लगाए।




जेनजी युवाहरूको रगत र बलिदानीबाट बनेको सरकारले आज ती युवा शहीदको सपना, मर्म र भावनामाथि प्रहार गरेको भन्दै उनीहरुको हत्यारालाई कानुनी कठघरामा उभ्याउन साहको माग छ। सरकारलाई २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन गराउनेमात्रै एकल म्याण्डेट नभएको भन्दै जेनजी आन्दोनलको क्रममा युवाहरूको छाती र टाउकोमा ताकी ताकी गोली हानेर हत्या गर्नेहरूलाई कानुनी कारबाहीमा उभ्याउनु मुख्य दायित्व भएको उल्लेख गर्दै आजसम्म त्यसतर्फ सरकारले कुनै ठोस कदम नचालेकोमा साहले आक्रोश पोखे।






सर्लाहीको गोडैतामा शनिबार सर्लाही क्षेत्र नं. ४ को क्षेत्रीय भेलालाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनको जगमा बनेको सरकारले आफ्नो धरालत बिर्सिएर एकपछि अर्को गरेर गलत र कुकर्म गरिरहेको आरोप लगाए। उनले जेनजी आन्दोलनलाई बदनाम गराउन र विद्रुपीकरण गर्नतर्फ सरकार अग्रसर रहेको भन्दै आन्दोलनकारीलाई पक्राउ गर्ने र धरपकड गर्ने कार्य तत्काल रोक्नसमेत चेतावनी दिए।
अध्यक्ष साहले भने, ‘जेनजी आन्दोलन के गलत थियो? गलत हो भने अहिलेका प्रधानमन्त्री सुशीला कार्कीले गलत थियो भनेर भन्नुपर्यो, होइन भने आन्दोलन सही हुने अनि आन्दोलनकारीलाई थुन्ने? यो कहाँसम्मको निर्लज्जता देखाउनुभएको छ? जसले युवा तथा विद्यार्थीलाई ताकी ताकी गोली हानेर हत्या गरेका छन्, उनीहरू आज गुण्डागर्दीको शैलीमा सरकारलाई र आन्दोलनकारीलाई धम्काईरहेका छन्, अनि सुशीला सरकार ती हत्याराहरुको गर्जन सुनेर बस्नुपर्ने? यो निरीहता नदेखाउनुहोस।’

उनले प्रधानमन्त्री कार्की र गृहमन्त्री ओमप्रकाश अर्याल जेनजी आन्दोलनमा सहादत प्राप्त गरेकाहरू र उनीहरूको परिवारजनप्रति संवेदनशील नबनेको आरोप लगाए। उनले भने, ‘म यहीँबाट सुशीला कार्कीलाई र ओमप्रकाश अर्याललाई सोध्न चाहन्छु, जेनजी आन्दोलन गलत नै थियो त? अपराध नै थियो त? जो सुशासन हुनुपर्छ, भ्रष्टाचार रोकिनुपर्छ र सोसल मिडियामाथि लगाईएको बन्देज खोल्नुपर्छ भन्ने माग लिएर सडकमा आए, उनीहरूलाई गोली हानेर हत्या गरिएको छ, अनि ती आन्दोलनकारी महान क्रान्तिकारी र परिवर्तनकारी हुन कि अपराधी?’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
विद्यार्थी कम्ती भएका सीटीईभीटीका शिक्षालय बन्द वा समायोजन गर्न सुझाव
— नेपाल वायुसेवा निगमका लागि ८ वर्षअघि दुईवटा वाइडबडी जहाज खरिद गर्दा १ अर्ब ४७ करोड १० लाख ८५ हजार रुपैयाँ भ्रष्टाचार भएको विशेष अदालतले ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले जहाज खरिदमा संलग्न निगमका तत्कालीन अध्यक्ष, महाप्रबन्धकसहित ४ जनालाई कैद सजाय तोकेको छ । खरिद ...
— प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस सांसदहरूले सर्वोच्च अदालतमा दायर गरेको रिटमा पेशी तोकिएको छ । सर्वोच्च अदालत उक्त रिटमाथिको सुनुवाइका लागि पुस २ गतेका लागि पेशी तोकेको हो । प्रतिनिधिसभा विघटन र प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति संविधान र राष्ट्रहितविपरीत रहेको कांग्रेसका सांसदको तर्क छ । कांग्रेसका तर्फबाट विघटित प्रतिनिधिसभामा संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला ...
निर्माण व्यवसायी उठ्नै नसक्ने गरी ठेक्का तोडियो : अध्यक्ष सिंह
— भौतिक, पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले कन्ट्रयाक्टरको तर्फबाट मात्र नभई कर्मचारीले निर्णय नगर्दा पनि आयोजना रूग्ण बनेको बताएका छन् । नेपाल पूर्वाधार पत्रकार समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘रुग्ण ठेक्का व्यवस्थापन सम्बन्धी’ सरोकारवाला निकायसँग संवाद कार्यक्रममा घिसिङले यस्तो बताएका हुन् । 'कन्ट्रयाक्टरको तर्फबाट मात्र नभई कर्मचारीका कारण पनि आयोजना रूग्ण बनेका छन्,' उनले भने, 'आयोजना ...