मुख्य समाचार
अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा भ्रष्टाचार प्रकरणमा पाँचजना पूर्वमन्त्रीसहित ५५ जना जनाविरुद्ध आरोप पत्र दायर गरेको छ
अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा भ्रष्टाचार प्रकरणमा पाँचजना पूर्वमन्त्रीसहित ५५ जना जनाविरुद्ध आरोप पत्र दायर गरेको छ

: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा भ्रष्टाचार प्रकरणमा पाँचजना पूर्वमन्त्रीसहित ५५ जना जनाविरुद्ध आरोप पत्र दायर गरेको छ।


आयोगले पाँचजना पूर्वमन्त्री,१० पूर्वसचिवसहित ५५ जनालाई प्रतिवादी बनाएर आइतबार विशेष अदालतमा मुद्दा दायर भएको अख्तियार स्रोतले जनाएको छ। उनीहरूविरुद्ध जनही ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रुपैयाँ विगो माग गरेको छ।


अख्तियारले पूर्वमन्त्रीहरू पोस्टबहादुर बोगटी (दिवंगत) , रामशरण महत,दीपक चन्द्र अमात्य,रामकुमार श्रेष्ठ र भीम आचार्यसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो।

सर्वोच्च अदालतका पूर्वरजिष्ट्रारसमेत रहेका विमानस्थल निर्माणसम्बन्धी अध्ययन कार्यदलका तत्कालीन संयोजक रामकृष्ण तिमल्सेना,सुरेशमान श्रेष्ठ,मधुकुमार मरासिनीलगायत १० जना पूर्वसचिवलाई समेत प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी पनि उक्त मुद्दामा जोडिएका छन्। अधिकारी भक्तपुरको कालिन्चोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियारको नियन्त्रणमा छन्। उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भइ आज थुनछेक बहस भएको छ। आदेश आउन बाँकी छ।

पोखरा विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार गरेको उजुरी परेपछि अख्तियारले अनुसन्धान गर्दै आएको थियो। उनीहरूमाथि गैरकानुनी हानी पुर्‍याइ भ्रष्टाचार गरेको आरोप छ।

विमानस्थलमा भएको अनियमिततासम्बन्धी प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले २०८२ वैशाखमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियारलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो।

उपसमितिले विमानस्थल निर्माणमा करिब १० अर्ब भ्रष्टाचार भएको दावीसहित प्रतिवेदन समितिलाई बुझाएको थियो। त्यसपछि समितिले थप अनुसन्धान गर्न अख्तियारलाई पत्र पठाएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सुडानको कालोकी शहरमा रहेको एक बालवाडीलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा ३३ बालबालिकासहित कम्तिमा ५० जनाको मृत्यु भएको छ। सुडानको डाक्टर्स नेटवर्क र सेनाले बिहीबारको आक्रमणका लागि अर्धसैनिक समूह र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ)लाई दोष लगाएका छन्। आरएसएफबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन। अर्धसैनिक समूहले यसको विपरीत सेनालाई शुक्रबार डार्फर क्षेत्रमा ड्रोन आक्रमण गरेको आरोप लगाएको छ। ...
: श्रम सांस्कृतिक पार्टीका सभापति हर्क साम्पाङले अहिलेका नेताहरूमा नेतृत्व र भिजन दुवै नभएको बताएका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै धरान उपमहानगरपालिकाका प्रमुखसमेत रहेका साम्पाङले अब नेतृत्व क्षमता र भिजन भएका नेता चुन्ने बेला भएको बताए। 'ती नेताहरूलाई हामीले नै चुनेका थियौं। जसले भ्रष्टाचारमाथि भ्रष्टाचार गरिरहे। बेथितिमाथि बेथिति फैलाइरहे। अन्याय, अत्याचारमाथि अत्याचार गरिरहे। त्यही अत्याचारलाई ...
: नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक पार्टीहरू शिथिल हुँदा रिक्त ठाउँ अराजक शक्तिहरूले लिन खोज्ने बताएका छन्। पार्टीहरूले सक्रिय राजनीतिक हस्तक्षेप नगर्दा प्रतिगामीहरूले टाउको उठाउन खोज्ने ज्ञवालीको टिप्पणी छ। उनले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह पार्टीका लागि उत्सव र लोकतन्त्रका पक्षमा जनताको आवाजको बुलन्द प्रतिध्वनि भएको धारणा राखे। ‘नेकपा (एमाले)को ११ औँ ...
: मधेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ७ दलीय गठबन्धनबाट मुख्यमन्त्री बनेका नेपाली कांग्रेस संसदीय दलका नेता यादवले पद तथा गोपनियताको शपथ ग्रहण लिएका हुन् । मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री यादवलाई एक समारोहका बीच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । मुख्यमन्त्री यादवले ...
: नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले छुट्टै अवधारणा पत्र तयार पारेका छन्। आगामी अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका उनले एमालेको ११औँ राष्ट्रिय महाधिवेशन (२७–२९ मंसिर, २०८२) छलफलका लागि राजनीतिक तथा सांगठनिक अवधारणा पत्र तयार गरेका हुन्। वरिष्ठ उपाध्यक्ष पोखरेलले सोमबार च्यासलस्थित पार्टी कार्यालय पुगेर ४० पृष्ठ लामो अवधारणा पत्र पार्टी महासचिव शंकर पोखरेललाई बुझाए। ...