: बाढीले क्षति गरेपछि उत्पादन बन्द भएको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना सञ्चालनमा आएको छ।
आयोजनाले आजदेखि पुनः उत्पादन सुरु गरेको हो। आयोजना प्रमुख तथा प्रमुख कार्यकारी अधिकृत सत्य राम ज्याख्वका अनुसार एउटा युनिटबाट ३७ मेगावाट उत्पादन भएको हो। उनले भने, ‘वर्षा अगाडि सबै तयार हुन्छ। खोलाको बहाब बढेसँगै अन्य युनिट पनि तयार हुनेछ।’
गत असार २४ गते भोटेकोशी नदीमा आएको बाढीले क्षति गरेपछि आयोजनाको उत्पादन बन्द भएको थियो। आयोजना पूर्ण रूपमा सञ्चालनमा आउन भने अझै केही समय लाग्ने छ।
यो आयोजना चिनियाँ ठेकेदार चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन (सिडब्लुई)ले निर्माण गरेको हो। २०७० माघदेखि निर्माण सुरु भएको आयोजनाले गत पुसदेखि उत्पादन सुरु गरेको थियो।