मुख्य समाचार
टाटा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु
टाटा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु

: सुनसरीको धरान उपमहानगरपालिका-१३ स्थित शिबधारामा शनिबार बेलुका भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ११ जना घाइते भएको इलाका प्रहरी कार्यालय धरानका निमित्त प्रमुख प्रहरी निरीक्षक जीवन कुँवरले बताए।




कोशी लोकमार्गमा पर्ने शिबधाराको घुम्तीमा भेडेटारबाट धरानतर्फ आउँदै गरेको प्रदेश–१–०२–००२ च ३८२६ नम्बरको टाटा सुमो गाडी अचानक अनियन्त्रित भई सडक छेउको रुखमा ठोकिँदा दुर्घटना भएको प्रहरी निरीक्षक कुँवरले बताए। दुर्घटनामा परी नामथर नखुलेका २५ वर्षीय पुरुषको मृत्यु भएको छ। टिपर सडकबाट करिब १५ फिट तल खसेको थियो।


दुर्घटनामा घाइते भएका ११ जनालाई तत्काल उद्धार गरी धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको र उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये विराटनगर-९ बस्ने २८ वर्षीय बेदा मिश्रको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।




टिपर चालक उदयपुर ताप्ली–२ का श्रेष्ठसहित केहीको अवस्था मध्यम रहेको भए पनि अन्य घाइतेको अवस्था सामान्य रहेको छ। दुर्घटना परेका घाइतेहरूमा विराटनगरका अनु कामत, रोशन कामत, सुनसरी दुहबी–९ का एमडी एकवाल रायन, इटहरीका दुर्गामणि चौधरी, सन्जय पाल, सुगम रौनियार, प्रदीप कुमार दास, मोरङका विशाल माझी र सुनसरी दुहबी–९ का आयुष चौधरी रहेका छन्। प्रहरी निरीक्षक कुँवरले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सुडानको कालोकी शहरमा रहेको एक बालवाडीलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा ३३ बालबालिकासहित कम्तिमा ५० जनाको मृत्यु भएको छ। सुडानको डाक्टर्स नेटवर्क र सेनाले बिहीबारको आक्रमणका लागि अर्धसैनिक समूह र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ)लाई दोष लगाएका छन्। आरएसएफबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन। अर्धसैनिक समूहले यसको विपरीत सेनालाई शुक्रबार डार्फर क्षेत्रमा ड्रोन आक्रमण गरेको आरोप लगाएको छ। ...
: श्रम सांस्कृतिक पार्टीका सभापति हर्क साम्पाङले अहिलेका नेताहरूमा नेतृत्व र भिजन दुवै नभएको बताएका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै धरान उपमहानगरपालिकाका प्रमुखसमेत रहेका साम्पाङले अब नेतृत्व क्षमता र भिजन भएका नेता चुन्ने बेला भएको बताए। 'ती नेताहरूलाई हामीले नै चुनेका थियौं। जसले भ्रष्टाचारमाथि भ्रष्टाचार गरिरहे। बेथितिमाथि बेथिति फैलाइरहे। अन्याय, अत्याचारमाथि अत्याचार गरिरहे। त्यही अत्याचारलाई ...
: नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक पार्टीहरू शिथिल हुँदा रिक्त ठाउँ अराजक शक्तिहरूले लिन खोज्ने बताएका छन्। पार्टीहरूले सक्रिय राजनीतिक हस्तक्षेप नगर्दा प्रतिगामीहरूले टाउको उठाउन खोज्ने ज्ञवालीको टिप्पणी छ। उनले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह पार्टीका लागि उत्सव र लोकतन्त्रका पक्षमा जनताको आवाजको बुलन्द प्रतिध्वनि भएको धारणा राखे। ‘नेकपा (एमाले)को ११ औँ ...
: मधेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ७ दलीय गठबन्धनबाट मुख्यमन्त्री बनेका नेपाली कांग्रेस संसदीय दलका नेता यादवले पद तथा गोपनियताको शपथ ग्रहण लिएका हुन् । मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री यादवलाई एक समारोहका बीच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । मुख्यमन्त्री यादवले ...
: नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले छुट्टै अवधारणा पत्र तयार पारेका छन्। आगामी अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका उनले एमालेको ११औँ राष्ट्रिय महाधिवेशन (२७–२९ मंसिर, २०८२) छलफलका लागि राजनीतिक तथा सांगठनिक अवधारणा पत्र तयार गरेका हुन्। वरिष्ठ उपाध्यक्ष पोखरेलले सोमबार च्यासलस्थित पार्टी कार्यालय पुगेर ४० पृष्ठ लामो अवधारणा पत्र पार्टी महासचिव शंकर पोखरेललाई बुझाए। ...