मुख्य समाचार
गोवास्थित एक प्रसिद्ध नाइट क्लबमा आगलागी हुँदा २३ जनाको मृत्यु
गोवास्थित एक प्रसिद्ध नाइट क्लबमा आगलागी हुँदा २३ जनाको मृत्यु

: भारतको गोवास्थित एक प्रसिद्ध नाइट क्लबमा आगलागी हुँदा २३ जनाको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार उत्तरी गोवाको अर्पोरा गाउँको नाइटक्लबमा सिलिन्डर विस्फोट भएर ठूलो आगलागी हुँदा २३ जनाको मृत्यु भएको हो।


प्रहरीका अनुसार उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। उक्त क्लब गत वर्ष मात्र खुलेको थियो। मुख्यमन्त्री प्रमोद सावन्तले मृतकमध्ये धेरैजसो भान्साका कर्मचारी रहेको बताएका छन्, जसमा तीन महिला पनि समावेश छन्।


घटनाको जानकारी पाएपछि गोवाका मुख्यमन्त्री सावन्त र स्थानीय विधायक माइकल लोबो तुरुन्तै घटनास्थल पुगेका थिए।
मुख्यमन्त्री सावन्तले पत्रकारहरूलाई बताएअनुसार तीन जनाको जलेर र अरूको निसास्सिएर मृत्यु भएको छ। उनले 'तीन वा चार' पर्यटकहरूको मृत्यु भएको जानकारी दिए। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

राज्यको राजधानी पणजीबाट करिब २५ किलोमिटर टाढा रहेको अर्पोरा गाउँको बिर्च बाई रोमियो लेन क्लबमा मध्यरातपछि आगलागी भएको थियो।घटनास्थलमा दमकल र प्रहरी टोलीले उद्धार र नियन्त्रणको काम गरिरहेको छ। घटनाबारे औपचारिक अनुसन्धान सुरु गरिएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: थाई आर्मीले कम्बोडियासँगको झडपपछि हवाई आक्रमण सुरु गरेको बताएको छ। यी आक्रमण विवादित थाइल्याण्ड-कम्बोडिया सीमामा गरिँदैछन्। थाइल्याण्डले सोमबार बिहान कम्बोडियाबाट आफ्ना सेनामाथि गोलीबारी भएको र दुई सैनिकको मृत्यु भएको तथा अन्य चार जना घाइते भएको बताएको छ। तर त्यसको केही समयपछि थाई सेनाले मृतक र घाइते सैनिकको संख्या परिवर्तन गरेको थियो। थाई सेनाका प्रवक्ताले पत्रकार ...
: रुसले शनिबार रातभर युक्रेनमा हवाई आक्रमण गरेको छ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युद्ध अन्त्य गर्न जारी वार्ताबारे टिप्पणी गरेको केही घण्टापछि यो आक्रमण भएको हो। फ्लोरिडामा तीन दिनको वार्तापछि डोनाल्ड ट्रम्पको वार्ता टोलीसँग फोन वार्ता धेरै रचनात्मक भएको उनले बताएका थिए। युक्रेनी औद्योगिक शहर क्रेमेनचुकका मेयरले शहरमा ठूलो मात्रामा आक्रमण भएको बताए। उनका अनुसार कुनै हताहतको ...
: अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको सेन्ट्रलकोस्ट क्षेत्रमा अनियन्त्रित ढंगले फैलिएको डढेलोका कारण धेरै घरहरू खरानी भएका छन् । सिड्नी सहरबाट करिब ९० किलोमिटर उत्तरमा पर्ने कुलबोङस्थित निम्मबिन रोड आसपासका क्षेत्रमा शनिबार डढेलो तीव्र रूपमा फैलिएपछि आपतकालीन चेतावनी जारी गरिएको छ । पूर्वी र मध्य न्यू साउथ वेल्समा ७५ भन्दा धेरै ठाउँमा डढेलो फैलिएको थियो । जसमध्ये १९ ...
दक्षिण अफ्रिकाको एक होस्टेलमा भएको सामूहिक गोलीकाण्डमा कम्तीमा ११ जनाको मृत्यु भएको छ। राजधानी प्रिटोरियाको पश्चिममा रहेको सोल्सभिल टाउनशिपको एक स्थानमा शनिबार बिहान बन्दुकधारीहरूले आक्रमण गरेका थिए। आक्रमणमा चौध जना घाइते भएका छन् भने ११ जनाको मृत्यु हुनेमा एक तीन वर्षको बालक पनि छन्। "कम्तीमा तीन जना बन्दुकधारीहरू होस्टेलमा प्रवेश गरे। यहाँ केही मानिस मदिरा सेवन गरिरहेका ...
: पाकिस्तान र अफगान (तालिबान) सेनाबीच नयाँ सीमा झडप भएका छन्। यसमा दुवै देशले एकअर्कालाई युद्धविराम उल्लङ्घनको आरोप लगाएका छन्। बढ्दो तनावका कारण अफगानिस्तानको सीमावर्ती शहर स्पिन बोल्डकका मानिसले रातारात आफ्नो घर छोड्नुपरेको छ। कान्दाहार शहरको एक चिकित्सा स्रोतले बीबीसी पश्तोलाई बताएअनुसार चार जनाको शव स्थानीय अस्पतालमा ल्याइएको छ। पाकिस्तानी पक्षमा कुनै हताहत भएको छ कि छैन ...