मुख्य समाचार
ईश्वर पोखरेलले आफूले राखेका विषय पार्टीको महाधिवेशनमा छलफल हुने विश्वास व्यक्त
ईश्वर पोखरेलले आफूले राखेका विषय पार्टीको महाधिवेशनमा छलफल हुने विश्वास व्यक्त

: नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफूले राखेका विषय पार्टीको महाधिवेशनमा छलफल हुने विश्वास व्यक्त गरेका छन्। पार्टीको आगामी महाधिवेशनमा छलफलका लागि पार्टी कार्यालयमा छुट्टै अवधारणा पत्र बुझाएपछि उनले विधिसम्मत रूपमा पार्टीको नेतृत्व चयन हुने कुरामा आफू विश्वस्त रहेको बताएका हुन्।

वरिष्ठ उपाध्यक्ष पोखरेलले महाधिवेशन प्रतिनिधि छनोटमा अस्वस्थ प्रतिस्पर्धा हुँदा केही स्थानमा समस्या देखिएपछि अध्यक्षसँगको छलफलपछि समाधान भइसकेको बताए।


यस्तै वरिष्ठ उपाध्यक्ष पोखरेलले आन्तरिक प्रतिस्पर्धालाई निषेध र प्रतिशोधबाट मुक्त गरिनुपर्ने, पार्टीका आन्तरिक कार्यविभाजन र संसदीय तथा राजकीय जिम्मेवारीमा न्यायोचित र पारदर्शी मापदण्ड लागू गरिनुपर्ने, संगठनमा स्वायत्तताको नीतिअनुरुप जनसंगठनलाई परिचालित गरिनुपर्ने लगायतका विषय अवधारणापत्रमा उल्लेख गरे। पार्टीलाई लोकतान्त्रिक विधिद्वारा निर्देशित सामूहिक नेतृत्व, वैज्ञानिक विधि र पद्धतिबाट सञ्चालित भएको संगठित शक्तिको रूपमा विकास गर्नका लागि एकताबद्ध हुन समेत उनले आह्वान गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बस्ती जोखिममा पर्दासमेत बेवास्ता गरिएको भन्दै नेपाल–चीन जोड्ने अरनिको राजमार्गको कोदारी खण्ड स्थानीयले बन्द गरेका छन्। भोटेकोशी गाउँपालिका– २ का स्थानीय सडकमै धर्ना बसेर आवतजावतमा अवरोध गरेका छन्। इको पहिरोले बस्ती जोखिममा परेको भन्दै उनीहरूले नाका जोड्ने सडकको स्तरोन्नति गर्दा बस्तीको संरक्षण पनि गर्नुपर्ने माग राखेका छन्। स्थानीयले खासाबाट तातोपानी आउने मालबाहक गाडी आवतजावत ...
: जेनजी शहीदहरूको नामावली सम्बन्धित जिल्ला प्रशासन कार्यालय (सीडीओ)मा राखिने भएको छ। गत भदौ २३ र २४ गतेको आन्दोलनमा ज्यान गुमाएका ४५ जना शहीदरूको नामावली तीन दिनभित्र राख्न गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो। 'जेनजी सुशासन योद्धाहरूको नामावली पत्राचार भएको मितिले तीन दिनभित्र जिल्ला प्रशासन कार्यालय, प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा राख्ने व्यवस्था मिलाउनू,' निर्देशनमा ...
: एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नवगठित नेपाली कम्युनिष्ट पार्टीले गाली सप्ताह कहिलेसम्म लगाउने भन्दै प्रश्न गरेका छन्। नेकपाका शीर्ष नेताहरुले एकता सन्देश सभामा एमालेप्रति गरेको टिप्पणीप्रति आक्रोश व्यक्त गर्दै सैद्धान्तिक विषयमा छलफल गर्न आग्रह गरेका हुन्। नेकपाको सभामा एमाले र एमाले नेतृत्वको नाम लिएर नेताहरुले आरोप लगाउन थालेपछि ज्ञवालीले त्यसको प्रतिवाद गरेका हुन्। उपमहासचिव ज्ञवालीले ...
: नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीलाई केही व्यक्तिको निर्णयबाट चल्ने स्थितिमा पुर्‍याउँदा जनताको बीचमा साँघुरिने अवस्था देखापरेको बताएका छन्। पार्टीको आसन्न महाधिवेशनका सन्दर्भमा सोमबार काठमाडौंमा आयोजित अन्तर्क्रियामा पाण्डेले लोकतान्त्रिक इतिहास बोकेको पार्टीलाई व्यक्तिवादी, केही व्यक्तिको निर्णयबाट चल्ने स्थितिको विकसित हुँदै गएकाका कारण एमाले जनताको बीचमा साँघुरिने, खुम्चिने, आइशोलेशनमा जाने अवस्था देखापरेको बताएका हुन्। ...
: नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्बासी समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा आफ्नो सरकार ढालिएका कारण समस्याको पूर्ण समाधान गर्न नसकिएको बताएका छन्। नेपाल केन्द्रीय स्तरीय बस्ती व्यवस्थापन समिति ज्ञापनपत्र बुझ्दै संयोजक प्रचण्डले सो कुरा बताएका हुन्। पछिल्लो सरकारको नेतृत्व गरेको अवधि चितवन,महोत्तरीलगायतका स्थानबाट भूमिहीन तथा सुकुम्बासीका समस्या समाधानको काम सुरू ...