मुख्य समाचार
अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको सेन्ट्रलकोस्ट क्षेत्रमा अनियन्त्रित ढंगले फैलिएको डढेलोका कारण धेरै घरहरू खरानी
अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको सेन्ट्रलकोस्ट क्षेत्रमा अनियन्त्रित ढंगले फैलिएको डढेलोका कारण धेरै घरहरू खरानी

: अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको सेन्ट्रलकोस्ट क्षेत्रमा अनियन्त्रित ढंगले फैलिएको डढेलोका कारण धेरै घरहरू खरानी भएका छन् । सिड्नी सहरबाट करिब ९० किलोमिटर उत्तरमा पर्ने कुलबोङस्थित निम्मबिन रोड आसपासका क्षेत्रमा शनिबार डढेलो तीव्र रूपमा फैलिएपछि आपतकालीन चेतावनी जारी गरिएको छ । पूर्वी र मध्य न्यू साउथ वेल्समा ७५ भन्दा धेरै ठाउँमा डढेलो फैलिएको थियो । जसमध्ये १९ स्थानको डढेलो नियन्त्रणबाहिर छ ।




ती क्षेत्रमा फैलिएको डढेलो मानव बस्तीमा पुग्दा कम्तीमा १६ घर नष्ट भएका छन् । तीमध्ये बुलाह्देला र कोलोबोङका धेरै घर परेको सुरक्षा अधिकारीहरूले पुष्टि गरेका छन् । सेन्ट्रल कोस्टको कोलोबोङ र अपर हन्टरको मिल्सन्स गली क्षेत्रमा डढेलोको अवस्था विकराल छ ।


कोलोबोङको निम्बिन रोड, गोसफोर्ड र वोयवोयको बीचमा बस्ने स्थानीय बासिन्दालाई डढेलो प्रभावित क्षेत्र तत्काल छोड्न भनिएको छ । समुुद्री तटका नजिकैका बस्तीदेखि बाक्लो वनजंगलसम्म आगो फैलिएको छ । आगोको मुस्लो र धुँवाका कारण वातावरण प्रदूषित हुनुका साथै मानिसहरू जोखिममा परेका छन् । सरकारले डढेलो नियन्त्रण गर्न दमकलहरू पठाएको छ । तर, आगो नियन्त्रण गर्न कठिन हुँदा आगो नियन्त्रकहरू आकुल–ब्याकुल भइरहेका छन् । सेन्ट्रल कोस्टको कोलोबोङ क्षेत्रमा डढेलोले धेरै घरहरू जलाइदिएको छ । रेलका लाइन नजिकैका घरहरूसमेत आगोले पूर्णरूपमा ध्वस्त भएका छन् । जसका कारण यातायात प्रभावित भएको छ । राज्यमा अहिले गर्मीको लहर छ । तापक्रम ४० डिग्रीसेल्सियस नजिक पुगेकाले सुक्खा र तातो हावाले आगो थप फैलिने खतरा बढाएको छ । गोलबर्न नदी राष्ट्रिय पार्कको डढेलोले ८ हजार ६०० हेक्टर क्षेत्र जलाइसकेको छ ।




अस्ट्रेलियन टेलिभिजनहरूले एनएसडब्ल्यू सेन्ट्रल कोस्टको कोलोबोङमा लागेको आगलागीका कारण धेरै घरहरू जलेर नष्ट भएको दृश्य देखाइरहेका छन् । शनिबार फैलिएको डढेलोलाई धेरैले निकै डरलाग्दो भनेका छन् । एनएसडब्ल्यू ग्रामीण आगो सेवाका प्रवक्ताले राज्यभरि उच्च तापक्रम र तेज हावाका कारण ५० भन्दा बढी स्थानमा आगलागी भइरहेको बताएका छन् ।
९ स्थानमा आगो अझै नियन्त्रणमा आएको छैन । आगलागी बढ्दै जाँदा क्रफोर्ड नदी नजिकैको बुराल रोड क्षेत्र हुँदै प्यासिफिक हाइवेका दुवै छेउ पार गरेको छ । त्यहाँ शनिबार पनि आगो दन्किइरहेको छ । जसका कारण राजमार्गसमेत केही समयका लागि बन्द गर्नु परेको थियो । आगलागीका कारण क्षेत्रीय रेल सेवा प्रभावित भएको छ । गोसफोर्ड र होन्र्सबी बीचको रेल सेवा रोकिएको थियो ।

मौसम विज्ञान ब्युरोकी मौसमविद् क्रिस्टी जोनसनले तीन दिनदेखि लगातार तापक्रम बढेको बताएकी छन् । ‘सबैले सुरक्षित रहनु जरुरी छ’ उनले भनिन्, ‘आगोको चरम जोखिम कायमै छ ।’ ग्रेटर सिड्नी, सेन्ट्रल रेन्जेस, नर्थ वेस्टर्न, इलावारा/शोलहाभेन, ग्रेटर हन्टर, अपर सेन्ट्रल वेस्ट प्लेन्स, नर्दन रिभरिना, लोअर वेस्ट सेन्ट्रल प्लेन्स र इस्टर्न रिभरिनामा शनिबारका लागि घरबाहिर आगो बाल्न पूर्णरूपमा प्रतिबन्ध लगाइएको छ । जंगलबाट बस्तीतर्फ फैलिएको डढेको नियन्त्रण गर्न हेलिकप्टरहरूले पानीको वर्षा गरिरहेका छन् । तर, क्षतिको विवरण अझै आइसकेको छैन ।

न्यू साउथ बेल्स ग्रामीण अग्नि सेवाका सहकमिश्नर लेह पिल्किङटनले भनेका छन् ‘दुर्भाग्यवश हामीसँग १२ घरभन्दा बढी नष्ट भएको रिपोर्ट आएको छ ।’ उनले अहिले करिब २५० भन्दा बढी दमकलकर्मी, ५० बढी दमकल ट्रक र अन्य यन्त्र सँगै हवाई स्रोत हेलिकप्टर÷जहाजबाट समेत आगो नियन्त्रण गर्ने प्रयास गरिरहेको बताएका छन् । प्रभावित क्षेत्रका मानिसको उद्धार सँगै बचाउने कार्यहरू जारी रहेको
बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: थाई आर्मीले कम्बोडियासँगको झडपपछि हवाई आक्रमण सुरु गरेको बताएको छ। यी आक्रमण विवादित थाइल्याण्ड-कम्बोडिया सीमामा गरिँदैछन्। थाइल्याण्डले सोमबार बिहान कम्बोडियाबाट आफ्ना सेनामाथि गोलीबारी भएको र दुई सैनिकको मृत्यु भएको तथा अन्य चार जना घाइते भएको बताएको छ। तर त्यसको केही समयपछि थाई सेनाले मृतक र घाइते सैनिकको संख्या परिवर्तन गरेको थियो। थाई सेनाका प्रवक्ताले पत्रकार ...
: रुसले शनिबार रातभर युक्रेनमा हवाई आक्रमण गरेको छ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युद्ध अन्त्य गर्न जारी वार्ताबारे टिप्पणी गरेको केही घण्टापछि यो आक्रमण भएको हो। फ्लोरिडामा तीन दिनको वार्तापछि डोनाल्ड ट्रम्पको वार्ता टोलीसँग फोन वार्ता धेरै रचनात्मक भएको उनले बताएका थिए। युक्रेनी औद्योगिक शहर क्रेमेनचुकका मेयरले शहरमा ठूलो मात्रामा आक्रमण भएको बताए। उनका अनुसार कुनै हताहतको ...
: भारतको गोवास्थित एक प्रसिद्ध नाइट क्लबमा आगलागी हुँदा २३ जनाको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार उत्तरी गोवाको अर्पोरा गाउँको नाइटक्लबमा सिलिन्डर विस्फोट भएर ठूलो आगलागी हुँदा २३ जनाको मृत्यु भएको हो। प्रहरीका अनुसार उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। उक्त क्लब गत वर्ष मात्र खुलेको ...
दक्षिण अफ्रिकाको एक होस्टेलमा भएको सामूहिक गोलीकाण्डमा कम्तीमा ११ जनाको मृत्यु भएको छ। राजधानी प्रिटोरियाको पश्चिममा रहेको सोल्सभिल टाउनशिपको एक स्थानमा शनिबार बिहान बन्दुकधारीहरूले आक्रमण गरेका थिए। आक्रमणमा चौध जना घाइते भएका छन् भने ११ जनाको मृत्यु हुनेमा एक तीन वर्षको बालक पनि छन्। "कम्तीमा तीन जना बन्दुकधारीहरू होस्टेलमा प्रवेश गरे। यहाँ केही मानिस मदिरा सेवन गरिरहेका ...
: पाकिस्तान र अफगान (तालिबान) सेनाबीच नयाँ सीमा झडप भएका छन्। यसमा दुवै देशले एकअर्कालाई युद्धविराम उल्लङ्घनको आरोप लगाएका छन्। बढ्दो तनावका कारण अफगानिस्तानको सीमावर्ती शहर स्पिन बोल्डकका मानिसले रातारात आफ्नो घर छोड्नुपरेको छ। कान्दाहार शहरको एक चिकित्सा स्रोतले बीबीसी पश्तोलाई बताएअनुसार चार जनाको शव स्थानीय अस्पतालमा ल्याइएको छ। पाकिस्तानी पक्षमा कुनै हताहत भएको छ कि छैन ...