मुख्य समाचार
अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको सेन्ट्रलकोस्ट क्षेत्रमा अनियन्त्रित ढंगले फैलिएको डढेलोका कारण धेरै घरहरू खरानी
अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको सेन्ट्रलकोस्ट क्षेत्रमा अनियन्त्रित ढंगले फैलिएको डढेलोका कारण धेरै घरहरू खरानी

: अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको सेन्ट्रलकोस्ट क्षेत्रमा अनियन्त्रित ढंगले फैलिएको डढेलोका कारण धेरै घरहरू खरानी भएका छन् । सिड्नी सहरबाट करिब ९० किलोमिटर उत्तरमा पर्ने कुलबोङस्थित निम्मबिन रोड आसपासका क्षेत्रमा शनिबार डढेलो तीव्र रूपमा फैलिएपछि आपतकालीन चेतावनी जारी गरिएको छ । पूर्वी र मध्य न्यू साउथ वेल्समा ७५ भन्दा धेरै ठाउँमा डढेलो फैलिएको थियो । जसमध्ये १९ स्थानको डढेलो नियन्त्रणबाहिर छ ।




ती क्षेत्रमा फैलिएको डढेलो मानव बस्तीमा पुग्दा कम्तीमा १६ घर नष्ट भएका छन् । तीमध्ये बुलाह्देला र कोलोबोङका धेरै घर परेको सुरक्षा अधिकारीहरूले पुष्टि गरेका छन् । सेन्ट्रल कोस्टको कोलोबोङ र अपर हन्टरको मिल्सन्स गली क्षेत्रमा डढेलोको अवस्था विकराल छ ।


कोलोबोङको निम्बिन रोड, गोसफोर्ड र वोयवोयको बीचमा बस्ने स्थानीय बासिन्दालाई डढेलो प्रभावित क्षेत्र तत्काल छोड्न भनिएको छ । समुुद्री तटका नजिकैका बस्तीदेखि बाक्लो वनजंगलसम्म आगो फैलिएको छ । आगोको मुस्लो र धुँवाका कारण वातावरण प्रदूषित हुनुका साथै मानिसहरू जोखिममा परेका छन् । सरकारले डढेलो नियन्त्रण गर्न दमकलहरू पठाएको छ । तर, आगो नियन्त्रण गर्न कठिन हुँदा आगो नियन्त्रकहरू आकुल–ब्याकुल भइरहेका छन् । सेन्ट्रल कोस्टको कोलोबोङ क्षेत्रमा डढेलोले धेरै घरहरू जलाइदिएको छ । रेलका लाइन नजिकैका घरहरूसमेत आगोले पूर्णरूपमा ध्वस्त भएका छन् । जसका कारण यातायात प्रभावित भएको छ । राज्यमा अहिले गर्मीको लहर छ । तापक्रम ४० डिग्रीसेल्सियस नजिक पुगेकाले सुक्खा र तातो हावाले आगो थप फैलिने खतरा बढाएको छ । गोलबर्न नदी राष्ट्रिय पार्कको डढेलोले ८ हजार ६०० हेक्टर क्षेत्र जलाइसकेको छ ।




अस्ट्रेलियन टेलिभिजनहरूले एनएसडब्ल्यू सेन्ट्रल कोस्टको कोलोबोङमा लागेको आगलागीका कारण धेरै घरहरू जलेर नष्ट भएको दृश्य देखाइरहेका छन् । शनिबार फैलिएको डढेलोलाई धेरैले निकै डरलाग्दो भनेका छन् । एनएसडब्ल्यू ग्रामीण आगो सेवाका प्रवक्ताले राज्यभरि उच्च तापक्रम र तेज हावाका कारण ५० भन्दा बढी स्थानमा आगलागी भइरहेको बताएका छन् ।
९ स्थानमा आगो अझै नियन्त्रणमा आएको छैन । आगलागी बढ्दै जाँदा क्रफोर्ड नदी नजिकैको बुराल रोड क्षेत्र हुँदै प्यासिफिक हाइवेका दुवै छेउ पार गरेको छ । त्यहाँ शनिबार पनि आगो दन्किइरहेको छ । जसका कारण राजमार्गसमेत केही समयका लागि बन्द गर्नु परेको थियो । आगलागीका कारण क्षेत्रीय रेल सेवा प्रभावित भएको छ । गोसफोर्ड र होन्र्सबी बीचको रेल सेवा रोकिएको थियो ।

मौसम विज्ञान ब्युरोकी मौसमविद् क्रिस्टी जोनसनले तीन दिनदेखि लगातार तापक्रम बढेको बताएकी छन् । ‘सबैले सुरक्षित रहनु जरुरी छ’ उनले भनिन्, ‘आगोको चरम जोखिम कायमै छ ।’ ग्रेटर सिड्नी, सेन्ट्रल रेन्जेस, नर्थ वेस्टर्न, इलावारा/शोलहाभेन, ग्रेटर हन्टर, अपर सेन्ट्रल वेस्ट प्लेन्स, नर्दन रिभरिना, लोअर वेस्ट सेन्ट्रल प्लेन्स र इस्टर्न रिभरिनामा शनिबारका लागि घरबाहिर आगो बाल्न पूर्णरूपमा प्रतिबन्ध लगाइएको छ । जंगलबाट बस्तीतर्फ फैलिएको डढेको नियन्त्रण गर्न हेलिकप्टरहरूले पानीको वर्षा गरिरहेका छन् । तर, क्षतिको विवरण अझै आइसकेको छैन ।

न्यू साउथ बेल्स ग्रामीण अग्नि सेवाका सहकमिश्नर लेह पिल्किङटनले भनेका छन् ‘दुर्भाग्यवश हामीसँग १२ घरभन्दा बढी नष्ट भएको रिपोर्ट आएको छ ।’ उनले अहिले करिब २५० भन्दा बढी दमकलकर्मी, ५० बढी दमकल ट्रक र अन्य यन्त्र सँगै हवाई स्रोत हेलिकप्टर÷जहाजबाट समेत आगो नियन्त्रण गर्ने प्रयास गरिरहेको बताएका छन् । प्रभावित क्षेत्रका मानिसको उद्धार सँगै बचाउने कार्यहरू जारी रहेको
बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। लोकप्रिय पप गायक, द भ्वाइस अफ नेपालका निर्णायक तथा मङ्गोलियन हार्ट ब्यान्डका मुख्य गायक राजु लामाले युरोपको सर्वोच्च शिखर माउन्ट एल्ब्रस सफलतापूर्वक आरोहण गरेका छन् । सामाजिक संजालबाट उनले आफूले ५६४२ मिटर अग्लो हिमाल चढेको जनाएका छन् । लामाले एल्ब्रस आफ्नो ‘सेभेन समिट्स च्यालेन्ज’ अन्तर्गतको तेस्रो सफल आरोहण रहेको बताएका छन् । उनले पर्वत र प्रकृतिसँग ...
। उत्तर कोरियाली प्रिमियर पाक थाई-सोङ शुक्रबार चीन प्रस्थान गर्दै छन्। उनी दुई देशबीचको मैत्री सन्धि स्थापना भएको वर्षगाँठ मनाउन तीन दिने भ्रमणका लागि त्यहाँ जान लागेका हुन्। यो भ्रमणले यी दुई परम्परागत मित्र राष्ट्रहरूबीचको सम्बन्धमा सुधार आउँदै गरेको अर्को संकेत दिन्छ। यस वर्ष चीन-उत्तर कोरिया मैत्री, सहयोग र पारस्परिक सहायता सम्झौतामा हस्ताक्षर भएको ६५औँ वर्षगाँठ ...
। अमेरिकी सेनाले इरानमाथि लगातार दोस्रो रात पनि आक्रमण गरेको बताएको छ। उसले इरानभरि करिब ९० वटा ठेगानाहरूलाई निशाना बनाएको छ। अमेरिकी सेन्टकमले यी आक्रमणहरूका भिडियोहरू एक्समा पोस्ट गरेको छ। सेन्टकमले यी आक्रमणहरूको उद्देश्य होर्मुज स्ट्रेटमा कमर्सियल जहाजहरू र निर्दोष नाविकहरूमाथि आक्रमण गर्ने इरानको क्षमतालाई अझ कमजोर बनाउनु रहेको लेखेको छ। निशाना बनाइएका ठेगानाहरूमा एयर डिफेन्स सिस्टम ...
: अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले इरानविरुद्धको शृङ्खलाबद्ध आक्रमणका क्रममा ८० भन्दा बढी ठेगानाहरूलाई निशाना बनाएको दाबी गरेको छ। सामाजिक सञ्जालमा एक पोस्ट सार्वजनिक गर्दै सेन्टकमले होर्मुज स्ट्रेट भएर गुड्ने व्यावसायिक जहाजहरूमाथि इरानले हालै गरेको आक्रमणको जवाफमा यो कारबाही गरिएको जनाएको छ। सेन्टकमका अनुसार अमेरिकी सेनाले होर्मुज स्ट्रेट र त्यसको वरपरका क्षेत्रमा इरानी हवाई रक्षा प्रणाली ...
। इरानमा अमेरिकी आक्रमणको नयाँ शृङ्खलाका कारण कतारले आपतकालीन सुरक्षा सतर्कता जारी गरेको छ । बहराइन र कुवेतमा पनि खतराको संकेतस्वरुप चेतावनीका साइरनहरू बजेका छन् । कतारको गृह मन्त्रालयले आफ्ना नागरिक र बासिन्दाहरूलाई पठाएको आपतकालीन सन्देशमा सुरक्षा खतराको स्तर उच्च रहेको बताउँदै सार्वजनिक स्थानमा ननिस्कन र घर वा सुरक्षित स्थानमा रहन तथा आधिकारिक निर्देशनहरू पालना ...