मुख्य समाचार
अहिलेका नेताहरूमा नेतृत्व र भिजन दुवै नभएको
अहिलेका नेताहरूमा नेतृत्व र भिजन दुवै नभएको

: श्रम सांस्कृतिक पार्टीका सभापति हर्क साम्पाङले अहिलेका नेताहरूमा नेतृत्व र भिजन दुवै नभएको बताएका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै धरान उपमहानगरपालिकाका प्रमुखसमेत रहेका साम्पाङले अब नेतृत्व क्षमता र भिजन भएका नेता चुन्ने बेला भएको बताए।

'ती नेताहरूलाई हामीले नै चुनेका थियौं। जसले भ्रष्टाचारमाथि भ्रष्टाचार गरिरहे। बेथितिमाथि बेथिति फैलाइरहे। अन्याय, अत्याचारमाथि अत्याचार गरिरहे। त्यही अत्याचारलाई ती नेताहरूले संगठित गरे। जसका कारण नेपाली जनताले न्याय पाएनन्। अहिले पनि कस्तो नेता चुन्ने भन्नेमा हामी दोधार छौं,' उनले भने।


सत्ता सुम्पिएका नेताहरूले सिंहदरवार जोगाउन नसकेको आरोपसमेत उनले लगाए। नेतृत्वको नालायकीपनका कारण नै सर्वोच्च अदालत, संसदलगायत सरकारी संरचनाहरू ध्वस्त बनेको उनको आरोप छ। 'जेनजीहरूले उठाएका मागहरू ठीक तरिकाले सम्बोधन गरेको भए भदौ २३४ र २४ को स्थिति आउँथ्यो? जनतालाई हेप्ने, जनतालाई चेप्ने, दमनकारी नीतिकै कारण त्यो अवस्था आयो,' उनले भने।

उनले ती नेताहरू वास्तविक नेताहरू नभएको बताए। देशको सीमा, जनताको सुरक्षा, शिक्षा रोजगारी दिन नसक्ने नेताहरू अब काम नलाग्ने उनले उद्‍घोष गरे। उनले जनताको दुःख र समस्या बुझेको मान्छे मात्रै अब नेता हुनुपर्ने बताए।

'तिनै जनताको दुःख र समस्या बुझेको, देखेको पार्टी बनेर श्रम संस्कृति पार्टी बनेको हो। हामीसँग भिजन छ। जरादेखिको उपाय छ। हामी हावामा भाषण गर्दैनौं। जनताको गरिब बस्तीमा पुगेका छौं। पीडा बुझेका छौं। त्यो पार्टी आज यहाँ आएको हो। त्यो पार्टी हर्क साम्पङको पार्टी मात्र होइन, त्यो जनताको पार्टी हो,' उनले भने।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले एउटा व्यक्ति दुई पटकभन्दा बढी अध्यक्ष बनाउन नहुने व्यवस्था कानुनमै लेख्नुपर्ने धारणा राखेका छन्। आज बागबजारमा ११ औं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै उनले पूराना र नयाँ दल दुवैमा समस्या देखिन थालेकाले दुई पटकभन्दा बढी अध्यक्ष हुन नपाउने व्यवस्था हुनुपर्ने बताएका हुन्। उनले एमालेको महाधिवेशनमा दलभित्रको लोकतान्त्रको विषयमा बहस ...
: नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले एउटा व्यक्ति दुई पटकभन्दा बढी अध्यक्ष बनाउन नहुने व्यवस्था कानुनमै लेख्नुपर्ने धारणा राखेका छन्। आज बागबजारमा ११ औं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै उनले पूराना र नयाँ दल दुवैमा समस्या देखिन थालेकाले दुई पटकभन्दा बढी अध्यक्ष हुन नपाउने व्यवस्था हुनुपर्ने बताएका हुन्। उनले एमालेको महाधिवेशनमा दलभित्रको लोकतान्त्रको विषयमा बहस ...
: बस्ती जोखिममा पर्दासमेत बेवास्ता गरिएको भन्दै नेपाल–चीन जोड्ने अरनिको राजमार्गको कोदारी खण्ड स्थानीयले बन्द गरेका छन्। भोटेकोशी गाउँपालिका– २ का स्थानीय सडकमै धर्ना बसेर आवतजावतमा अवरोध गरेका छन्। इको पहिरोले बस्ती जोखिममा परेको भन्दै उनीहरूले नाका जोड्ने सडकको स्तरोन्नति गर्दा बस्तीको संरक्षण पनि गर्नुपर्ने माग राखेका छन्। स्थानीयले खासाबाट तातोपानी आउने मालबाहक गाडी आवतजावत ...
: जेनजी शहीदहरूको नामावली सम्बन्धित जिल्ला प्रशासन कार्यालय (सीडीओ)मा राखिने भएको छ। गत भदौ २३ र २४ गतेको आन्दोलनमा ज्यान गुमाएका ४५ जना शहीदरूको नामावली तीन दिनभित्र राख्न गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो। 'जेनजी सुशासन योद्धाहरूको नामावली पत्राचार भएको मितिले तीन दिनभित्र जिल्ला प्रशासन कार्यालय, प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा राख्ने व्यवस्था मिलाउनू,' निर्देशनमा ...
: एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नवगठित नेपाली कम्युनिष्ट पार्टीले गाली सप्ताह कहिलेसम्म लगाउने भन्दै प्रश्न गरेका छन्। नेकपाका शीर्ष नेताहरुले एकता सन्देश सभामा एमालेप्रति गरेको टिप्पणीप्रति आक्रोश व्यक्त गर्दै सैद्धान्तिक विषयमा छलफल गर्न आग्रह गरेका हुन्। नेकपाको सभामा एमाले र एमाले नेतृत्वको नाम लिएर नेताहरुले आरोप लगाउन थालेपछि ज्ञवालीले त्यसको प्रतिवाद गरेका हुन्। उपमहासचिव ज्ञवालीले ...