मुख्य समाचार
गृहमन्त्रीले मुलुकमा भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्न सरकारको ध्यान केन्द्रित भएको बताएका छन्
गृहमन्त्रीले मुलुकमा भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्न सरकारको ध्यान केन्द्रित भएको बताएका छन्

: गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकमा भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्न सरकारको ध्यान केन्द्रित भएको बताएका छन्।

सोमबार ललितपुरमा सुरु भएको १७ औँ राष्ट्रिय मानवअधिकार महाभेलाको उद्घाटन गर्दै गृहमन्त्री अर्यालले अहिलेको सरकारको निर्वाचन गर्ने मुख्य दायित्व भएपनि मुलुकमा भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्न समेत ध्यान केन्द्रित भएको बताएका हुन्।

नेपालमा लोकतन्त्रलाई संस्थागत गर्न आसन्न प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ तथा भयरहित वातावरणमा सम्पन्न गराउन सबैले सहयोग गर्न उनले आग्रह गरे। उनले जेनजी आन्दोलनको अपेक्षा सुशासन र भ्रष्टाचारमुक्त खुला समाज भएकाले हिंसालाई निरुत्साहित गर्दै युवाहरूको आशालाई पुरा गर्ने प्रयास गरिरहेको बताए।

गृहमन्त्री अर्यालले मानवअधिकार आयोग लगायतका संवैधानिक आयोगहरूको सिफारिस कार्यान्वयन नभएको विषयमा सरकारले गम्भीर रूपमा लिएर काम गर्ने प्रतिबद्धता जनाए। संक्रमणकालीन न्याय प्रक्रियालाई टुङ्गोमा पुराएर सबैको मानवअधिकारलाई सुनिश्चित गरी अघि बढ्नुपर्ने अहिलेको आवश्यकता भएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले एउटा व्यक्ति दुई पटकभन्दा बढी अध्यक्ष बनाउन नहुने व्यवस्था कानुनमै लेख्नुपर्ने धारणा राखेका छन्। आज बागबजारमा ११ औं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै उनले पूराना र नयाँ दल दुवैमा समस्या देखिन थालेकाले दुई पटकभन्दा बढी अध्यक्ष हुन नपाउने व्यवस्था हुनुपर्ने बताएका हुन्। उनले एमालेको महाधिवेशनमा दलभित्रको लोकतान्त्रको विषयमा बहस ...

: बस्ती जोखिममा पर्दासमेत बेवास्ता गरिएको भन्दै नेपाल–चीन जोड्ने अरनिको राजमार्गको कोदारी खण्ड स्थानीयले बन्द गरेका छन्। भोटेकोशी गाउँपालिका– २ का स्थानीय सडकमै धर्ना बसेर आवतजावतमा अवरोध गरेका छन्। इको पहिरोले बस्ती जोखिममा परेको भन्दै उनीहरूले नाका जोड्ने सडकको स्तरोन्नति गर्दा बस्तीको संरक्षण पनि गर्नुपर्ने माग राखेका छन्। स्थानीयले खासाबाट तातोपानी आउने मालबाहक गाडी आवतजावत ...
: जेनजी शहीदहरूको नामावली सम्बन्धित जिल्ला प्रशासन कार्यालय (सीडीओ)मा राखिने भएको छ। गत भदौ २३ र २४ गतेको आन्दोलनमा ज्यान गुमाएका ४५ जना शहीदरूको नामावली तीन दिनभित्र राख्न गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो। 'जेनजी सुशासन योद्धाहरूको नामावली पत्राचार भएको मितिले तीन दिनभित्र जिल्ला प्रशासन कार्यालय, प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा राख्ने व्यवस्था मिलाउनू,' निर्देशनमा ...
: एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नवगठित नेपाली कम्युनिष्ट पार्टीले गाली सप्ताह कहिलेसम्म लगाउने भन्दै प्रश्न गरेका छन्। नेकपाका शीर्ष नेताहरुले एकता सन्देश सभामा एमालेप्रति गरेको टिप्पणीप्रति आक्रोश व्यक्त गर्दै सैद्धान्तिक विषयमा छलफल गर्न आग्रह गरेका हुन्। नेकपाको सभामा एमाले र एमाले नेतृत्वको नाम लिएर नेताहरुले आरोप लगाउन थालेपछि ज्ञवालीले त्यसको प्रतिवाद गरेका हुन्। उपमहासचिव ज्ञवालीले ...