मुख्य समाचार
सुकुम्बासी समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा आफ्नो सरकार ढालिएका कारण समस्याको पूर्ण समाधान गर्न नसकिएको
सुकुम्बासी समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा आफ्नो सरकार ढालिएका कारण समस्याको पूर्ण समाधान गर्न नसकिएको

: नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्बासी समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा आफ्नो सरकार ढालिएका कारण समस्याको पूर्ण समाधान गर्न नसकिएको बताएका छन्।

नेपाल केन्द्रीय स्तरीय बस्ती व्यवस्थापन समिति ज्ञापनपत्र बुझ्दै संयोजक प्रचण्डले सो कुरा बताएका हुन्।

पछिल्लो सरकारको नेतृत्व गरेको अवधि चितवन,महोत्तरीलगायतका स्थानबाट भूमिहीन तथा सुकुम्बासीका समस्या समाधानको काम सुरू गरिएको भए पनि पछिल्ला सरकारले यसतर्फ आवश्यक पहल नगरेको उनले उल्लेख गरे। उनले समस्या समाधानका लागि पहल लिने प्रतिबद्धता व्यक्त गरे।

नेपाल केन्द्रीय स्तरीय बस्ती व्यवस्थापन समितिले देशभरका भूमिहीन तथा सुकुम्बासीको समस्या समाधानका लागि तत्काल पहल गर्न प्रचण्डसमक्ष आग्रह गरेको हो।

समितिका अध्यक्ष अजय वैगारसहितको केन्द्रीय कार्यसमितिले सोमबार पार्टी केन्द्रीय कार्यालय,पेरिसडाँडामा संयोजक प्रचण्डलाई भेटी ज्ञापनपत्र बुझाएको हो। दीर्घकालीन रूपमा भूमिहीन, सुकुम्बासी तथा विपन्न नागरिकको जीवनस्तर सुधारका लागि राज्यले प्रभावकारी कदम चाल्नुपर्ने भन्दै समितिले त्यसका लागि सक्रिय पहल गरिदिन आग्रह गरेको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: आफ्नै छोरालाई चक्कु प्रहार गरी भागेका नेपाल प्रहरीका सहायक निरीक्षक (असइ) पक्राउ परेका छन्। डोटी घर भइ हाल सिनामंगलमा बस्दै आएका २९ वर्षीय (असइ) पुष्कर कार्कीलाई प्रहरीले थानकोटबाट नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले आफ्नै छोराको हत्या गरी भाग्दै गरेका कार्कीलाई थानकोटबाट पक्राउ गरिएको जानकारी दिए। बिरामी छोराको उपचारका विषयमा कार्की ...
: मेडिकल व्यवसायी दुर्गा प्रसाईंले जनमत संग्रहको माग गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर उनले जनमत संग्रहको माग गरेका हुन्। त्यस सम्बन्धमा प्रधानमन्त्री कार्कीले पुस २ गते निर्णय सुनाउने प्रसाईंले जानकारी दिए। 'राजसंस्था पुनःस्थापनाका लागि हामीले जनमत संग्रह गर्न माग गरेका छौं। प्रधानमन्त्रीज्युले त्यस विषयमा पुस २ गते निर्णय सुनाउने भन्नुभएको छ,' प्रसाईंले भने। उनले प्रधानमन्त्री कार्कीले ...
: निर्वाचन आयोग नेपालले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। आयोगले आज विज्ञप्तिमार्फत यही मंसिर २६ गतेसम्म अनलाइनमार्फत त्रुटि सच्याउन, जानकारी दिन तथा उजुरी दर्ता गराउन अनुरोध गरेको हो। आयोगका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईले २०८२ भदौ ५ गतेसम्म देशभरबाट संकलित मतदाता विवरणलाई अद्यावधिक अघि बढाइने बताए। आगामी फागुन २१ गते ...
: नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले एउटा व्यक्ति दुई पटकभन्दा बढी अध्यक्ष बनाउन नहुने व्यवस्था कानुनमै लेख्नुपर्ने धारणा राखेका छन्। आज बागबजारमा ११ औं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै उनले पूराना र नयाँ दल दुवैमा समस्या देखिन थालेकाले दुई पटकभन्दा बढी अध्यक्ष हुन नपाउने व्यवस्था हुनुपर्ने बताएका हुन्। उनले एमालेको महाधिवेशनमा दलभित्रको लोकतान्त्रको विषयमा बहस ...