मुख्य समाचार
प्रदीप ज्ञवालीले नवगठित नेपाली कम्युनिष्ट पार्टीले गाली सप्ताह कहिलेसम्म लगाउने भन्दै प्रश्न गरे
प्रदीप ज्ञवालीले नवगठित नेपाली कम्युनिष्ट पार्टीले गाली सप्ताह कहिलेसम्म लगाउने भन्दै प्रश्न गरे

: एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नवगठित नेपाली कम्युनिष्ट पार्टीले गाली सप्ताह कहिलेसम्म लगाउने भन्दै प्रश्न गरेका छन्। नेकपाका शीर्ष नेताहरुले एकता सन्देश सभामा एमालेप्रति गरेको टिप्पणीप्रति आक्रोश व्यक्त गर्दै सैद्धान्तिक विषयमा छलफल गर्न आग्रह गरेका हुन्।

नेकपाको सभामा एमाले र एमाले नेतृत्वको नाम लिएर नेताहरुले आरोप लगाउन थालेपछि ज्ञवालीले त्यसको प्रतिवाद गरेका हुन्। उपमहासचिव ज्ञवालीले माओवादी आन्दोलनदेखि सिद्धान्तगत दिशासम्मका मुद्दामा पार्टीभित्र स्पष्टता ल्याउन सुझाव दिए। ‘माओवादी’ ब्राण्डलाई पार्टीको नामबाट किन परित्याग गरेको भन्दै प्रचण्डको नाम नलिई ज्ञवालीले जनयुद्धका नाममा भएको भयानक क्षति र त्यसको विरासत किन अलपत्र पारेको भन्दै प्रश्न गरे।


‘दुई दशकसम्म मार्क्सवादको विकासको तेस्रो आयाम भनेर दाबी गरिएको ‘माओवाद’लाई मार्गदर्शक सिद्धान्तबाट र पार्टी पहिचानको रुपमा रहेको ‘माओवादी’ ब्राण्डलाई पार्टीको नामबाट किन परित्याग गर्नु पर् यो ? कुनै स्पष्टीकरण छैन।’ सामाजिक सञ्जालमार्फत ज्ञवालीले प्रश्न गरेका छन्, ‘जनयुद्धका नाममा भएको त्यो भयानक क्षति र त्यसको विरासत किन अलपत्र पर्‍यो ? कुनै जवाफ छैन।’




नेकपा अबको कार्यदिशा, बाटो र सैद्धान्तिक रुपरेखा के हो ? कुनै चर्चा नभएको धारणा राखे।

‘जनताको बहुदलीय जनवाद मार्गदर्शक सिद्धान्त हो भनेर पुष्टि गर्न नेकपा (एमाले) को आठौँ महाधिवेशनमा प्रस्तुत गरिएका २३ वटा आधारहरु आज के भए ? तत्कालीन प्रस्तोताको तर्फबाट कुनै तर्कसङ्गत जवाफ छैन। अबको कार्यदिशा, बाटो र सैद्धान्तिक रुपरेखा के हो ? कुनै चर्चा छैन।’उनले भने, ‘एमसिसी लगायत विभिन्न विषयमा नोट अफ डिसेन्ट’ लेख्ने साथीहरु र त्यसलाई पारित गराउन निर्णायक भूमिका खेल्नुहुने मध्ये को कसको अजेण्डामा ‘विलय’ भएको हो ? कुनै प्रत्युत्तर छैन।’

उनले एमाले अध्यक्ष केपीशर्मा ओलीभन्दा नेकपामा रहेका व्यक्तिहरुले शासनसत्ता बढी चलाएको धारणा राख्दै प्रचण्ड, झलनाथ, माधव, बाबुरामले जवाफदेही लिन नपर्ने हो भन्दै प्रश्न गरे। उनले भने, ‘गणतन्त्र स्थापनादेखि भदौ २४ गतेसम्मका कुल १७ वर्ष ३ महिना १० दिन (कुल ६ हजार ३०५ दिन) मध्ये नेतृत्वमा २५४२ दिन ( प्रचण्ड ११५४, बाबुराम ५६२, माधव ६२२ र झलनाथ २०४) र सरकारमा ४१८४ दिनभन्दा बढी सहभागी हुँदाका गुण दोषको कुनै जिम्मा लिनु नपर्ने, तर आजका समग्र सङ्कटको जवाफदेही चैँ १९६१ दिनसम्म नेतृत्व गरेका केपी शर्मा ओलीले लिनु पर्ने हो ? कुनै तर्कसङ्गत अभिव्यक्ति छैन।’

अकबर र वीरबलको कथा सुनाउँदै उनले एमालेभन्दा राम्रो, ठूलो र उम्दा पार्टी बनाउन सुझाव दिए। उनले भने, ‘अकबरले कोरेको धर्कोलाई छोटो बनाउन वीरबलले जस्तै त्यसको छेउमा लामो धर्को ताने भइहाल्छ। एमालेभन्दा राम्रो, ठूलो र उम्दा पार्टी बनाए भइगयो त। स्रोता समेत दिक्क हुने गरी कति गाली सप्ताह लगाउनु हुन्छ ?’

नेकपाले विराटनगरमा गरेको सन्देश सभामा माधव नेपाल र प्रचण्डले भाषण गर्ने बेलासम्ममा कार्यकर्ता कुर्सि छाड्दै हिँडेका थिए। कुर्सी खाली हुँदै गएपछि नेपालले व्यङ्ग्य गर्दै भनेका थिए, ‘भन्नुपर्ने धेरै कुराहरू पूर्ववक्ता साथीहरूले भन्नुभयो, फेरि भन्न सुरु गरौं भने सामुन्नेमा खाली खुर्सी देख्छु।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: आफ्नै छोरालाई चक्कु प्रहार गरी भागेका नेपाल प्रहरीका सहायक निरीक्षक (असइ) पक्राउ परेका छन्। डोटी घर भइ हाल सिनामंगलमा बस्दै आएका २९ वर्षीय (असइ) पुष्कर कार्कीलाई प्रहरीले थानकोटबाट नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले आफ्नै छोराको हत्या गरी भाग्दै गरेका कार्कीलाई थानकोटबाट पक्राउ गरिएको जानकारी दिए। बिरामी छोराको उपचारका विषयमा कार्की ...
: मेडिकल व्यवसायी दुर्गा प्रसाईंले जनमत संग्रहको माग गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर उनले जनमत संग्रहको माग गरेका हुन्। त्यस सम्बन्धमा प्रधानमन्त्री कार्कीले पुस २ गते निर्णय सुनाउने प्रसाईंले जानकारी दिए। 'राजसंस्था पुनःस्थापनाका लागि हामीले जनमत संग्रह गर्न माग गरेका छौं। प्रधानमन्त्रीज्युले त्यस विषयमा पुस २ गते निर्णय सुनाउने भन्नुभएको छ,' प्रसाईंले भने। उनले प्रधानमन्त्री कार्कीले ...
: निर्वाचन आयोग नेपालले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। आयोगले आज विज्ञप्तिमार्फत यही मंसिर २६ गतेसम्म अनलाइनमार्फत त्रुटि सच्याउन, जानकारी दिन तथा उजुरी दर्ता गराउन अनुरोध गरेको हो। आयोगका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईले २०८२ भदौ ५ गतेसम्म देशभरबाट संकलित मतदाता विवरणलाई अद्यावधिक अघि बढाइने बताए। आगामी फागुन २१ गते ...
: नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले एउटा व्यक्ति दुई पटकभन्दा बढी अध्यक्ष बनाउन नहुने व्यवस्था कानुनमै लेख्नुपर्ने धारणा राखेका छन्। आज बागबजारमा ११ औं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै उनले पूराना र नयाँ दल दुवैमा समस्या देखिन थालेकाले दुई पटकभन्दा बढी अध्यक्ष हुन नपाउने व्यवस्था हुनुपर्ने बताएका हुन्। उनले एमालेको महाधिवेशनमा दलभित्रको लोकतान्त्रको विषयमा बहस ...
: नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले एउटा व्यक्ति दुई पटकभन्दा बढी अध्यक्ष बनाउन नहुने व्यवस्था कानुनमै लेख्नुपर्ने धारणा राखेका छन्। आज बागबजारमा ११ औं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै उनले पूराना र नयाँ दल दुवैमा समस्या देखिन थालेकाले दुई पटकभन्दा बढी अध्यक्ष हुन नपाउने व्यवस्था हुनुपर्ने बताएका हुन्। उनले एमालेको महाधिवेशनमा दलभित्रको लोकतान्त्रको विषयमा बहस ...