मुख्य समाचार
नेपाली विद्यार्थीको मृत्यु भएको अवस्थामा शव नेपाल लैजाने प्रक्रिया अत्यन्तै जटिल र खर्चिलो भएको भन्दै मृतकका परिवार र कोरियास्थित नेपाली समुदायले गम्भीर चिन्ता व्यक्त
नेपाली विद्यार्थीको मृत्यु भएको अवस्थामा शव नेपाल लैजाने प्रक्रिया अत्यन्तै जटिल र खर्चिलो भएको भन्दै मृतकका परिवार र कोरियास्थित नेपाली समुदायले गम्भीर चिन्ता व्यक्त

: दक्षिण कोरियामा अध्ययनरत नेपाली विद्यार्थीको मृत्यु भएको अवस्थामा शव नेपाल लैजाने प्रक्रिया अत्यन्तै जटिल र खर्चिलो भएको भन्दै मृतकका परिवार र कोरियास्थित नेपाली समुदायले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

नेपाल सरकारको स्पष्ट नीतिगत व्यवस्था नभएका कारण शोकमा डुबेका परिवारले शव नेपाल लैजान निकै सास्ती खेप्नु परिरहेको छ। विद्यार्थीको मृत्यु भएमा परिवारका सदस्य एवं कोरियास्थित नेपाली समुदायले सामाजिक सञ्जालमार्फत आर्थिक सहयोग संकलनको अभियान चलाउनुपर्ने बाध्यता यथावत् छ। आवश्यक रकम नजुट्दासम्म शव पठाउन सकिँदैन, जसले गर्दा शव कोरियाकै अस्पतालमा महिनौंसम्म राख्नुपर्ने र नेपालमा परिवारले शोकसँगै प्रतीक्षाको पीडा सहनुपर्ने बाध्यता छ।


विद्यार्थीलाई अध्ययनका लागि विदेश जान सजिलै अनुमति दिने सरकारले विदेशमा भवितव्य परिहाले के गर्ने भन्ने विषयमा स्पष्ट व्यवस्था गर्न नसकेकै कारण समस्या दोहोरिरहेको छ।


सामान्यतया एउटा शव नेपाल पठाउन ६ लाख ५० हजार रुपैयाँदेखि ७ लाख रुपैयाँसम्म खर्च लाग्ने नेपाल विद्यार्थी समाज सोनसिक दक्षिण कोरियाले जनाएको छ। तर, सामान्य अवस्थाबाहेक आवश्यक काजगी प्रक्रिया मिलाउनै महिनौंसम्म लाग्ने गरेको छ। लामो समय शवलाई अस्पतालमै राख्नुपरे खर्च बढ्दै जान्छ। जसले गर्दा एउटा शव नेपाल पठाउँदा १५ लाख रुपैयाँसम्म खर्च हुने गरेको छ।

‘सरकारले विद्यार्थीको मृत्यु भएको अवस्थामा आर्थिक सहयोग उपलब्ध गराउँदैन। छोराछोरी विदेश पठाउन ऋणको ठूलो भारी बोकेका परिवार पनि आर्थिक रुपमा सबल नभएको अवस्थामा हामीले अभियान चलाएर पैसा जुटाएर शव पठाउँदै आएका छौं’, सोनसिकका अध्यक्ष किरण सुवाल भन्छन्, ‘सरकारले शव लैजाने सन्दर्भमा नीतिगत रूपमा स्पष्ट व्यवस्था गर्नुपर्छ।’

ईपीएस प्रणालीबाट आएका श्रमिकको मृत्यु भएमा वैदेशिक रोजगार बोर्डले शव लैजान ६ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ। तर, ईपीएसबाहेक जुनसुकै भिसामा रहेका नेपालीको मृत्यु भएमा शल लैजानका लागि राज्यको तर्फबाट कुनै पनि नीतिगत व्यवस्था छैन।

कोरियामा विभिन्न भिसामा करिब १ लाख नेपाली छन्। जसमध्ये विद्यार्थी भिसामा आउने नेपालीको संख्या १८ हजार पुगेको छ। १४/१५ वर्षअघिसम्म नेपालबाट दक्षिण कोरियामा अध्ययनका लागि आउने विद्यार्थीको संख्या औंलामा गन्न सकिने थियो। विद्यार्थीको संख्या २०७४ सालमा ९०० थियो। २०७५ सालमा ३ हजार ५०० पुग्यो भने २०८१ मा ६ हजार ५ सय र २०८२ को असार महिनासम्मको तथ्यांक हेर्दा कोरियामा विद्यार्थीको संख्या १३ हजार ७०० पुगेको राजदूतावासको अभिलेखमा छ।

पछिल्लो ४ महिनामा मात्रै सो संख्या बढेर १८ हजार पुगेको छ। सो अवधिमा मात्रै ४ हजार ३ सय विद्यार्थी कोरिया भित्रिएका हुन्। यो तथ्यांक हेर्दा कोरियामा विद्यार्थीको आकर्षण बढिरहेको छ। विद्यार्थीको संख्या बढेसँगै आकस्मिक घटना र मृत्युदर पनि बढिरहेको छ। सन् २०२५ मा मात्रै ७ जना विद्यार्थीको शव नेपाल पठाइएको छ। ती सबै शव पठाउन सोनसिक र अन्य कोरियास्थित नेपाली संघ संस्थाहरूले अभियान चलाउनुपरेको थियो।

स्वास्थ्य बिमा गरेका विद्यार्थीको हकमा शव लैजान केही राहत हुने गरेको भए तापनि अधिकांश विद्यार्थीले बिमा रकम समयमा नतिर्ने गरेका कारण बिमा दाबी गर्न समेत कठिन हुने गरेको सोनसिकका उपाध्यक्ष सोनाम शेर्पा बताउँछन्। यद्यपि, नेपाली राजदूतावास र अन्य नेपाली संघ, संस्थासँगको समन्वयमा विद्यार्थी र उनीहरूको परिवारलाई शव पठाउन सोनसिकले सहयोग गरिरहेको उनको भनाइ छ। नेपालमा कन्सल्टेन्सीले झुटो प्रलोभन देखाएर चर्को शुल्क असुलेर विद्यार्थीलाई कोरिया पठाउने र यहाँ ल्याएर अलपत्र छाडिदिने प्रवृत्तिका कारण पनि विद्यार्थीहरू मानसिक समस्याको सिकार बन्ने र आत्महत्याको बाटो रोज्ने गरेको जानकारहरू बताउँछन्। मृतक विद्यार्थीको विवरण हेर्दा अधिकांश घटना आत्महत्यासँग सम्बन्धित छ। सरकारले झुटो प्रलोभन देखाउने र चर्को शुल्क अशुल्ने कन्सन्टेन्सीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने नेपाली समुदायको माग छ। विद्यार्थी स्वयं पनि सचेत हुनुपर्छ। समस्यामा परेका विद्यार्थीहरूलाई मनोसामाजिक परामर्श प्रदान गर्न सकियो भने पनि समस्या केही हदसम्म न्यूनीकरण हुने देखिन्छ।

नेपाली समुदायका प्रतिनिधिहरूले विद्यार्थीको बिमा प्रणाली स्पष्ट बनाउन, आकस्मिक मृत्युका घटनामा सहुलियतपूर्ण सहयोगका कार्यक्रम ल्याउन र शव ल्याउने प्रक्रियालाई सरल बनाउने सरकारी नीतिको माग गरेका छन्। कोरियामा रहेका नेपालीहरूलाई सकेसम्म छिटोछरितो तवरबाट सेवा प्रवाह गर्दै नेपालीहरूको सुरक्षा र प्रतिष्ठाको रक्षाका लागि राजदूतावासले काम गर्दै आएको द्वितीय सचिव जेनिम अधिकारी बताउँछन्।

दूतावासले शव लैजाने कम्पनीसँग समन्वय गरेर आर्थिक लागत कम गराउँदै आएको र कतिपय अवस्थामा दूतावासको तर्फबाट आर्थिक सहयोगसमेत उपलब्ध गराउँदै आएको उनको भनाइ छ। राजदूतावासले भएको स्रोत साधन र जनशक्तिलाई सदुपयोग गरेर अधिकतम सेवा प्रवाह गर्ने प्रयास गरिरहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: गैरआवासीय नेपाली संघ (एनआरएनए )को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन आगामी डिसेम्बर ११ र १२, २०२६ मा कतारमा आयोजना हुने भएको छ। मध्यपूर्वमा कार्यरत लाखौँ नेपाली श्रमिकका समस्या, चुनौती र अधिकारका विषयमा साझा धारणा निर्माण गर्ने उद्देश्यसहित सम्मेलन आयोजना गर्न लागिएको हो। सहयात्राको मूल भावनालाई आत्मसात् गर्दै आयोजना हुन लागेको सम्मेलनको मूल नारा ‘सुरक्षित ...
: मलेसिया रोजगारीमा सिन्डिकेट खडा गरी नेपाली श्रमिकमाथि आर्थिक शोषण गरेको आरोपमा सरकारले अनुसन्धान र कानुनी कारबाही तीव्र पारेको छ। मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका नाममा तोकिएको भन्दा बढी शुल्क असुलेर ठगी गरेको आरोपमा स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्कासहित चार जना पक्राउ परेका छन्। साथै, मलेसियाले छनोट गरेका २५ वटा म्यानपावर कम्पनीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी ...
: हिन्दु धर्मावलम्बीहरूको प्रमुख चाड बडादसैं र तिहार नजिकिँदै गर्दा खाडी देशहरूमा कार्यरत नेपालीहरू घर फर्कन थालेका छन्। वर्षभरि परिवारबाट टाढा रहेर काम गर्ने उनीहरूका लागि चाडपर्व आफन्तसँग भेटघाट गर्ने र पारिवारिक खुसी साटासाट गर्ने अवसर हो। तर हवाई टिकटको महँगो मूल्यका कारण धेरै नेपालीको घरफिर्ती योजना खर्चिलो बनेको छ। यूएईमा कार्यरत सुमन मुखिया तीन वर्षपछि ...
: भिजिट भिसा लिएर संयुक्त अरब इमिरेट्स (यूएई) गएका नेपालीले अब उतै गएर वर्किङ भिसा लिन नपाउने भएका छन्। नेपालबाट यूएई भ्रमण तथा बिजनेस भिसामा गएर उतै काम खोजेर वर्किङ भिसामा कन्भर्ट गर्ने नेपालीहरूको संख्या ठूलै छ। तर, यूएई सरकारले विदेशी कामदारका हकमा भिजिट भिसाबाट वर्किङ भिसामा परिवर्तन गर्न नपाउने नयाँ नियम ल्याउँदै छ। गत वर्षको ...
। अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) विधानसभामा पहिलोपटक दशैँ तथा तिहार उत्सव आयोजना गरिएको छ। सनातन समाज अस्ट्रेलिया क्यानबेराको आयोजना तथा विपक्षी दलका नेता मार्क पार्टनको आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली समुदायको सांस्कृतिक पहिचान, परम्परा र क्यानबेराको विकासमा नेपालीहरूको योगदानको प्रशंसा गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै एसीटीका विपक्षी दलका नेता मार्क पार्टनले नेपाली समुदाय अस्ट्रेलियाका विभिन्न ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम