: मेडिकल व्यवसायी दुर्गा प्रसाईंले जनमत संग्रहको माग गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर उनले जनमत संग्रहको माग गरेका हुन्।
त्यस सम्बन्धमा प्रधानमन्त्री कार्कीले पुस २ गते निर्णय सुनाउने प्रसाईंले जानकारी दिए। 'राजसंस्था पुनःस्थापनाका लागि हामीले जनमत संग्रह गर्न माग गरेका छौं। प्रधानमन्त्रीज्युले त्यस विषयमा पुस २ गते निर्णय सुनाउने भन्नुभएको छ,' प्रसाईंले भने।
उनले प्रधानमन्त्री कार्कीले उक्त विषयमा निर्णय सुनाउन नसके देशमा चुनाव नहुने बताए। उनले ०६२-६३ को जनआन्दोलनको म्यान्डेट संघीयता र धर्मनिरपेक्षता नरहेको बताउँदै उनले सर्वदलीय हिसाबले जनमत संग्रहमा जानुपर्ने बताए।
'उहाँ (प्रधानमन्त्री)ले निर्णय सुनाउन सक्नुभएन भने चुनाव हुँदैन। उहाँले कसरी चुनाव गराउनुहुन्छ?,' प्रसाईंले प्रश्न गरे। भेटमा प्रसाईंले प्रधानमन्त्री कार्कीलाई दूर्गाको मूर्ति उपहार दिएका थिए।