मुख्य समाचार
धनकुटा नगरपालिकामा सुरक्षित वैदेशिक रोजगारीमा जान चाहनेले अपनाउनुपर्ने सावधानी, कानुनी प्रावधान र सचेतनाबारे घुम्ती क्लिनिक सञ्चालन
धनकुटा नगरपालिकामा सुरक्षित वैदेशिक रोजगारीमा जान चाहनेले अपनाउनुपर्ने सावधानी, कानुनी प्रावधान र सचेतनाबारे घुम्ती क्लिनिक सञ्चालन

— धनकुटा नगरपालिकामा सुरक्षित वैदेशिक रोजगारीमा जान चाहनेले अपनाउनुपर्ने सावधानी, कानुनी प्रावधान र सचेतनाबारे घुम्ती क्लिनिक सञ्चालन गरिएको छ ।



सुरक्षित आप्रवासनका लागि अन्तर्राष्ट्रिय संस्था र तिनका नेपाली साझेदारसँगको सहकार्यमा धनकुटा नगरपालिकामा सुरक्षित आप्रवासनसम्बन्धी परियोजना सञ्चालनमा छ ।

धनकुटा नगरपालिकाभित्रका विभिन्न ९ वटा वडा र यहाँ सञ्चालित केही सामुदायिक विद्यालयमा वैदेशिक रोजगारीमा जाँदा अपनाउनुपर्ने कानुनी प्रक्रिया, श्रमस्वीकृति, रोजगारदाता मुलुक र त्यहाँको कम्पनीका बारेमा जान्नुपर्ने आधारभूत ज्ञानका बारेमा सचेतना कक्षा सञ्चालन गरिएको हो ।

घुम्ती क्लिनिकमा रोजगारीका लागि विदेश जाँदा लाग्ने रकम, एजेन्ट र कम्पनीबाट नेपाल र विदेशमा ठगिए कहाँ उजुरी गर्ने, अलपत्र पर्दा कसलाई सम्पर्क गर्ने तथा कानुनी सहयोग आवश्यक पर्दा अपनाउनुपर्ने प्रक्रियाका बारेमा शिक्षक, विद्यार्थी र तिनका अभिभावकलाई जानकारी गराइएको छ ।

वैदेशिक रोजगारीका नाममा हुनेगरेको ठगीका विभिन्न पक्ष वैदेशिक रोजगारीका क्रममा हुने मृत्यु, अंगभंग र बिरामीले पाउने आर्थिक सहयोग र परिपुरणका बारे पनि जानकारी गराइएको आप्रवासी स्रात केन्द्र धनकुटाकी मञ्जु राईको भनाइ छ ।


धनकुटाबाट २०७७ साल यता मात्रै वैधानिक बाटोबाट २७ हजार १ सय ८३ जना वैदेशिक रोजगारीका लागि मलेशिया, खाडीका विभिन्न मुलुक र यूरोप पुगेको वैदेशिक रोजगार विभागको तथ्यांक छ ।

वैदेशिक रोजगारीमा गएका २७ हजार १ सय ८३ मध्ये ५ हजार ४ सय २ जना महिला छन् । यो बीचमा १ हजार १ सय ४२ जना विभिन्न कारणले रोजगारी गुमाएर स्वदेश फर्किका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
गौर घटना : सर्वोच्चको फैसलाको पूर्णपाठ सार्वजनिक, के उपेन्द्र यादवमाथि अनुसन्धान होला ?
— परराष्ट्र मन्त्रालयले बुधबार ६७ जना नयाँ अधिकृतलाई स्वागत गरेको छ। नवनियुक्त अधिकृतहरूलाई शपथग्रहण तथा नियुक्ति पत्र दिँदै परराष्ट्र सचिव अमृतबहादुर राईले बधाई दिएका थिए। उनले पहिला नागरिक भन्ने मार्गदर्शक सिद्धान्तअनुसार जिम्मेवारी वहन गर्दै उच्चतम स्तरको पेसागत इमान्दारी र निष्ठा कायम राख्न अधिकृतहरूलाई निर्देशन दिए। सचिव राईले प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय परिवेशमा नेपालको राष्ट्रिय हितको संरक्षण र प्रवर्द्धनका ...
— एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफूले झोंक चलेर नभई पार्टीभित्र विधि–पद्धति निर्माण गर्नका लागि उम्मेदवारी दिएको बताएका छन्। आसन्न एमाले महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी रहेका पोखरेलले आज पत्रकार सम्मेलन गर्दै यस्तो विचार व्यक्त गरेका हुन्। उनले महाधिवेशन विचारको फैसला हुने थलो भएकाले फरक मतहरू अघि सारेको उल्लेख गर्दै भने, ‘पार्टीभित्र जबजको विवाद छैन, तर कार्यसम्पादनमा ...
— नेपाल अडिटर्स एसोसिएसन(अडान) को सातौं राष्ट्रिय महाधिवेशनपछिको दोस्रो केन्द्रीय कार्यसमितिको बैठक अर्थतन्त्रसम्बन्धी १३ बुँदे विशेष प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । बैठकले पारित गरेका १३ बुँदाहरूमा जेन-जी आन्दोलनपछि अस्थिर बनेको आर्थिक सुशासन र सुरक्षामा सरकारले प्रत्याभूति दिलाउनुपर्ने, लेखापरीक्षण प्रणालीलाई उत्कृष्ट गुणस्तरको बनाउनुपर्नेलगायत छन् । विशेष प्रस्तावहरू १. २०८२ भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा आर्थिक सुशासन ...
— एमालेका सचिव गोकर्ण विष्टले सत्तामा पुग्नका लागि मिल्ने प्रवृत्ति पार्टीमा देखापरेको बताएका छन् । एमाले ११ औं महाधिवेशन सन्दर्भमा बुधबार आयोजित अन्तरसंवाद कार्यक्रममा सचिव विष्टले न्यूनतम विचार, कार्यक्रम, सिद्धान्तसमेत नमिल्ने शक्तिहरूसँग मिलेर पनि एमालेले सरकार बनाएको बताएका हुन् । १०औँ महाधिवेशनको ‘दक्षिणपन्थी अवसरवाद र सांगठानिक अराजकतलाई परास्त गरौँ, जबजको मार्ग निर्देशनमा समाजबादको ...