मुख्य समाचार
सिन्धुलीमा पहिलो पटक आयोजना गर्न लागिएको जुनार प्रवर्द्धन मेलाको पहिलो दिन सार्वजनिक बिदा
सिन्धुलीमा पहिलो पटक आयोजना गर्न लागिएको जुनार प्रवर्द्धन मेलाको पहिलो दिन सार्वजनिक बिदा

: सिन्धुलीमा पहिलो पटक आयोजना गर्न लागिएको जुनार प्रवर्द्धन मेलाको पहिलो दिन सार्वजनिक बिदा दिइने भएको छ। गोलन्जोर गाउँपालिकाले मेलाको पहिलो दिन मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।


जुनारको राजधानी भनेर चिनिने सिन्धुली जिल्लामा जुनार पकेट क्षेत्र रहेको गोलञ्जोर गाउँपालिकाले मंसिर २३ देखि २५ गतेसम्म जिल्लामै पहिलो पटक जुनार प्रवर्द्धन मेलाको आयोजना गर्न लागेको छ।


गाउँ कार्यपालिकाको मंसिर २१ गते बसेको बैठकले मंसिर २३ गते मंगलबार गाउँपालिका कार्यालय, मातहतका वडा कार्यालयहरू, स्वास्थ्य संस्था, शैक्षिक संस्था तथा वित्तीय संस्थाहरूमा स्थानीय बिदा दिने निर्णय गरिएको गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेले जानकारी दिए।




गाउँपालिकाले ‘जुनार प्रवर्द्धन मेला–२०८२’ मार्फत जुनारको पहिचान, संरक्षण र स्थानीय उत्पादनको बजार प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ। जुनार मेलामा झाँकी, र्‍याली सहित जुनार बगैँचाको अवलोकन, कृषक र कृषि विज्ञबीच वार्तालाप, कृषक सम्मान कार्यक्रम तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिने छ।

गत आर्थिक वर्ष २०८१/०८२ को तथ्यांक अनुसार सिन्धुली जिल्लामा १ हजार १ सय १३ हेक्टर जमिनमा जुनार खेती गरिँदै आएको छ। त्यस मध्ये ६ सय ५० हेक्टरमा व्यावसायिक उत्पादन हुँदै आएको छ। जिल्लामा १३ दशमलव ०३ मेट्रिक टन जुनार प्रति हेक्टरका दरले करिब ९ हजार १ सय २१ मेट्रिक टन जुनार उत्पादन हुने गरेको तथ्यांकमा उल्लेख गरिएको छ।

गोलन्जोर गाउँपालिकाको १ देखि ७ नम्बर वडामै जुनारको खेती हुँदै आएको छ। त्यसमध्ये सबैभन्दा बढी गोलन्जोर गाउँपालिका ४ को तिनकन्यास्थित माझकुभिण्डे, मालिङ्गे, आलेडाँडा, डाँडागाउँ लगायतका क्षेत्रमा हुने जुनारको उत्पादन हुने गरेको छ।

जिल्लामा उत्पादन हुने जुनार मध्ये ३१ दशमलव ८३ प्रतिशत जुनार विभिन्न रोग किराको संक्रमणले क्षति हुने गरेको छ। गोलन्जोर गाउँपालिकामा जुनार उत्पादनबाट मात्र कृषकहरूले वार्षिक ३४ करोड १९ लाख ९० हजार रुपैयाँ आम्दानी लिने गरेका छन्। जुनार खेतीमा गोलन्जोरका मात्र २ हजार ७ सय ५० जना कृषकहरू प्रत्यक्ष रूपमा संलग्न रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— गत भदौ २४ गतेको प्रदर्शनका क्रममा सिन्धुलीका सरकारी कार्यालय तोडफोड, आगजनी तथा लुटपाट गर्ने १५ जना पक्राउ परेका छन् । प्राप्त प्रमाणका आधारमा १५ जनालाई पक्राउ गरिएको र थप १५ जनाको पहिचान गरी पक्राउका लागि जिल्ला अदालतबाट पक्राउ आदेश लिएको प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । उनीहरुमाथि जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय र कमलामाई ...
— गत कात्तिक २३ गते कैलालीमा एकै दिन लागूऔषधसहित आठ जना पक्राउ परे । जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतका विभिन्न प्रहरी कार्यालयले संयुक्त रूपमा उनीहरूलाई पक्राउ गरेका थिए । १८ वर्षीय किशोरदेखि ३१ वर्षीय वयस्कसम्मलाई विभिन्न स्थानबाट पक्राउ गर्दा उनीहरूका साथबाट १ ग्राम ३ सय ७० मलिग्राम खैरो हेरोइन बरामद भएको थियो । एकै दिन ...
— बुटवलमा आगामी पुस ३ गतेदेखि १७ सम्म १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२ हुने भएको छ । रुपन्देही उद्योग संघको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसंघको संरक्षकत्वमा महोत्सव हुन लागेको हो । संघले २०४५ सालमा नेपालमै पहिलो पटक र २०५३ सालदेखि निरन्तर औद्योगिक प्रदर्शनी आयोजना गर्दै आइरहेको ...
— निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कार्यालयको उद्घाटन गरेका आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै आयोगको यही मङ्सिर १२ गतेको निर्णयानुसार समानुपातिकतर्फको निर्वाचन अधिकृत तोकिएका आयोगका सचिव महादेव पन्थले सो जिम्मेवारी बहन गरेका छन् । उक्त निर्वाचन ...
— प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता जनार्दन शर्माले तत्कालीन नेकपा माओवादी केन्द्रले जनताको पक्षमा काम गर्न नसकेको भन्दै आत्मालोचना गरेका छन् । सोमबार रुकुम पश्चिममा आयोजना गरिएको 'युवा प्रशिक्षण कार्यक्रम' लाई सम्बोधन गर्दै उनले आफूले कोही-कसैलाई धोका नदिएको बताएका हुन्। उनले पार्टी सुधारका लागि धेरै कोसिस गरेको तर सम्भव नभएपछि आफू पुष्पकमल दाहालको पछि नलागेको ...