मुख्य समाचार
भ्रमणमा काठमाडौं आएका इजरायली नागरिकमाथि कुटपिटमा संलग्न दुई जना पक्राउ
भ्रमणमा काठमाडौं आएका इजरायली नागरिकमाथि कुटपिटमा संलग्न दुई जना पक्राउ

— भ्रमणमा काठमाडौं आएका इजरायली नागरिकमाथि कुटपिटमा संलग्न दुई जना पक्राउ परेका छन् ।



प्रहरी वृत्त लैनचौर, सोह्रखुट्टेबाट खटिएको प्रहरी टोलीले आइतबार साँझ सवा सात बजे काठमाठौंको ठमेलबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रपलान्चोकको तेमाल गाउँपालिका–६ घर भइ हाल काठमाडौंको स्वयम्भूमा बस्दै आएका २६ वर्षीय पेम्बा तामाङ, र नुवाकोटको ताँदी गाउँपालिका–४ घर भइ स्वयम्भूमा नै बस्दै आएका ३० वर्षीय आएका श्याम तामाङ रहेका छन् ।

मंसिर १५ गते राति १० बजेतिर काठमाडौं–१६ कालधारास्थित बाटोमा हिँड्दै गरे्का इजरायली नागरिक अल्मोग आर्मोजामाथि हातपात गर्नुका साथै लछारपछार गरिएको थियो । उक्त घटना सार्वजनिक भएपछि पर्यटकमाथि भएको उक्त आक्रमणलाई लिएर सर्वत्र आलोचना भएको थियो । पक्राउ परेका दुवै जनाविरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नेपालमा ट्रेकिङका लागि आएको इजरायली नागरिक कुटिएपछि जेरुसेलमका सञ्चारमाध्यमहरुले ‘इजरायली नगारिक भएकै कारण कुटिएको’ भन्दै समाचार लेखेका थिए । पीडित अल्मोग आर्मोजाले जेरुसेलम पोस्टसँग भनेका छन्, ‘आक्रमणकारीले मलाई हिब्रु भाषमा बोलेको सुनिरहेका थिए, उनीहरूको पहिलो प्रहारले नै मलाई बेहोस बनाएको भए परिणाम फरक हुनसक्थ्यो ।’ यदि आफू भाग्न नसकेको भए ज्यान बच्छ, बच्दैन ठेगान नभएको समेत उनले भनेका छन् ।

कुटिएलगत्तै उनी सुरुमा नयाँबजारस्थित पिपुल्स अस्पताल र पछि मैतिदेवीस्थित स्वेग अस्पतालमा भर्ना भएका थिए, उपचारपछि उनी डिस्चार्ज भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— गत भदौ २४ गतेको प्रदर्शनका क्रममा सिन्धुलीका सरकारी कार्यालय तोडफोड, आगजनी तथा लुटपाट गर्ने १५ जना पक्राउ परेका छन् । प्राप्त प्रमाणका आधारमा १५ जनालाई पक्राउ गरिएको र थप १५ जनाको पहिचान गरी पक्राउका लागि जिल्ला अदालतबाट पक्राउ आदेश लिएको प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । उनीहरुमाथि जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय र कमलामाई ...
— गत कात्तिक २३ गते कैलालीमा एकै दिन लागूऔषधसहित आठ जना पक्राउ परे । जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतका विभिन्न प्रहरी कार्यालयले संयुक्त रूपमा उनीहरूलाई पक्राउ गरेका थिए । १८ वर्षीय किशोरदेखि ३१ वर्षीय वयस्कसम्मलाई विभिन्न स्थानबाट पक्राउ गर्दा उनीहरूका साथबाट १ ग्राम ३ सय ७० मलिग्राम खैरो हेरोइन बरामद भएको थियो । एकै दिन ...
— बुटवलमा आगामी पुस ३ गतेदेखि १७ सम्म १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२ हुने भएको छ । रुपन्देही उद्योग संघको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसंघको संरक्षकत्वमा महोत्सव हुन लागेको हो । संघले २०४५ सालमा नेपालमै पहिलो पटक र २०५३ सालदेखि निरन्तर औद्योगिक प्रदर्शनी आयोजना गर्दै आइरहेको ...
— निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कार्यालयको उद्घाटन गरेका आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै आयोगको यही मङ्सिर १२ गतेको निर्णयानुसार समानुपातिकतर्फको निर्वाचन अधिकृत तोकिएका आयोगका सचिव महादेव पन्थले सो जिम्मेवारी बहन गरेका छन् । उक्त निर्वाचन ...
— प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता जनार्दन शर्माले तत्कालीन नेकपा माओवादी केन्द्रले जनताको पक्षमा काम गर्न नसकेको भन्दै आत्मालोचना गरेका छन् । सोमबार रुकुम पश्चिममा आयोजना गरिएको 'युवा प्रशिक्षण कार्यक्रम' लाई सम्बोधन गर्दै उनले आफूले कोही-कसैलाई धोका नदिएको बताएका हुन्। उनले पार्टी सुधारका लागि धेरै कोसिस गरेको तर सम्भव नभएपछि आफू पुष्पकमल दाहालको पछि नलागेको ...