मुख्य समाचार
सब ठिक छ भन्ने अतिवाद स्थिरता होइन पतनको सुरुवात हो
सब ठिक छ भन्ने अतिवाद स्थिरता होइन पतनको सुरुवात हो

— अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनबारे तयार पारिएको अवधारणापत्र पार्टी कार्यलयमा बुझाएका छन् ।



सोमबार च्यासलस्थित पार्टी कार्यालयमा पुगेर पोखरेल समूहले अवधारणापत्र बुझाएको हो । उनले बुझाएको ४० पृष्ठ लामो अवधारणापत्रमा हालै मात्र पुँजीवादको केन्द्रमा समाजवादी विचार पुन: जागृत भएको भन्दै यसको संकेत अमेरिकाको न्युयोर्कको मेयरका रुपमा निर्वाचित जोहरान ममदानीको विजयी भएको विषयदेखि आर्थिक केन्द्र कसरी युरोप र अमेरिकाबाट क्रमश: चीन, भारत र पूर्वी एसियाली देशहरुमा स्थानान्तरण हुने क्रममा छ भन्ने विषय पनि समेटिएको छ ।


अवधारणापत्रमा नेपालले पछिल्ला तीन दशकमा पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, सञ्चार र यातायातका क्षेत्रमा गरेको प्रगतिका बाबजुद पनि रोजगारीका सिर्जनामा शिथिलता देखिएको र उद्योगमा लगानी गर्नभन्दा अल्पकालमा नाफा कमाउन व्यापार गर्ने प्रवृत्ति देखिएको विषयसम्म उल्लेख छ । अवधारणापत्रमा जलवायु परिवर्तनका कारण सिर्जित समस्या र अध्यक्ष ओली नेतृत्वको सरकारले २०८२ जेठमा गरेको सगरमाथा संवादको सफलतासम्मका विषय समेटिएका छन् ।

अवधारणापत्रमा डिजिटल प्लाटफर्महरुले समाजमा पारेको प्रभावबारे पनि समेटिएको छ । अवधारणापत्रमा लेखिएको छ, 'समाजको वर्ग विभाजनमा आइरहेका परिवर्तनको राम्रोसँग विश्वलेषण भएको छैन । स्वयं वर्गको परिभाषा नयाँ डिजिटल प्लाटफर्महरुले सिर्जना गरिरहेका अवसर त्यसको उत्पादन सम्बन्धका विषयमा नयाँ भाष्यको आवश्यकता बढ्दै गएको छ ।'

शक्ति सन्तुलनको नयाँ वैश्विक अभ्यासबारे पनि अवधारणापत्रमा उल्लेख छ । विश्वको शक्ति सन्तुलन बदलिँदै गएको भन्दै अमेरिकाका स्वार्थहरु भारत र चीन दुवैसँग टक्कराउने र त्यसको असर नेपालमा पर्ने विषय पनि यसमा समेटिएको छ । लेखिएको छ, 'आफ्नो एकल महाशक्तिको हैसियत बचाइरहन, राजनीतिक तथा आर्थिक मूल्यहरुको औचित्य साबित गरिरहन प्रयत्नरत अमेरिकाका स्वार्थहरु भारत र चीन दुवैसँग टक्कराउँदैछन् । नेपाल यी तीनवटै विश्व तथा क्षेत्रीय शक्तिको स्वार्थ जोडिएको भूगोलमा रहेकाले भू–राजनीतिक दृष्टिले संवेदनशील स्थितिमा छ ।' अवधारणापत्रमा यो पृष्ठभूमि बाँधेर भू-राजनीतिक घर्षण बढ्दै गएकाले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय स्वतन्त्रता जोखिममा छन् भन्ने कुरालाई भदौ २४ का घटनाहरुले पुष्टि गरेको भनेर लेखिएको छ।

अवधारणापत्रमा जेन-जी आन्दोलनमा समीक्षा भनेर छुट्टै उपशीर्षकमा व्याख्या गरिएको छ । यो आन्दोलनपछि निर्मित चेतनाको नैतिक दबाब झेलिरहेका नेता र कार्यकर्तामाझ आवाज दिनुपर्ने बेला भएको भन्दै अवधारणापत्रमा लेखिएको छ– 'जारी समस्याको सम्पूर्ण दोष र जिम्मा हामीमाथि थोपरेर हाम्रो पार्टी र आन्दोलनलाई कमजोर बनाउन लगाइएका आरोपहरुको वस्तुनिष्ठ तरिकाले खण्डन गर्नुछ ।'

अवधारणापत्रमा भदौ २३ र २४ का घटनालाई फरक तरिकाले हेर्नुपर्ने भन्दै २४ गते भएका घटनाक्रमबारे विश्लेषण गरिएको छ । लेखिएको छ– 'सम्पूर्ण घटनाक्रम र त्यसका प्रकृतिहरुलाई विश्लेषण गर्दा आजको अवस्था संवैधानिक दृष्टिकोणबाट प्रतिगमन हो भन्नेमा दुईमत छैन । अवधारणात्रमा उनले लेनिनको भनाइ सापटी लिएर 'सब ठिक छ' भन्ने अतिवाद स्थिरता होइन पतनको सुरुवात भएको उल्लेख गरिएको छ । त्यसमा लेखिएको छ– 'भाद्र २३ र २४ गतेका घटनाको अलग अलग ढंगले वस्तुगत तथा तथ्यपरक ढंगले निष्पक्ष छानबिन गरी दोषी उपर कानुनी कारबाही गरिनु पर्दछ ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
गौर घटना : सर्वोच्चको फैसलाको पूर्णपाठ सार्वजनिक, के उपेन्द्र यादवमाथि अनुसन्धान होला ?
— परराष्ट्र मन्त्रालयले बुधबार ६७ जना नयाँ अधिकृतलाई स्वागत गरेको छ। नवनियुक्त अधिकृतहरूलाई शपथग्रहण तथा नियुक्ति पत्र दिँदै परराष्ट्र सचिव अमृतबहादुर राईले बधाई दिएका थिए। उनले पहिला नागरिक भन्ने मार्गदर्शक सिद्धान्तअनुसार जिम्मेवारी वहन गर्दै उच्चतम स्तरको पेसागत इमान्दारी र निष्ठा कायम राख्न अधिकृतहरूलाई निर्देशन दिए। सचिव राईले प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय परिवेशमा नेपालको राष्ट्रिय हितको संरक्षण र प्रवर्द्धनका ...
— एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफूले झोंक चलेर नभई पार्टीभित्र विधि–पद्धति निर्माण गर्नका लागि उम्मेदवारी दिएको बताएका छन्। आसन्न एमाले महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी रहेका पोखरेलले आज पत्रकार सम्मेलन गर्दै यस्तो विचार व्यक्त गरेका हुन्। उनले महाधिवेशन विचारको फैसला हुने थलो भएकाले फरक मतहरू अघि सारेको उल्लेख गर्दै भने, ‘पार्टीभित्र जबजको विवाद छैन, तर कार्यसम्पादनमा ...
— नेपाल अडिटर्स एसोसिएसन(अडान) को सातौं राष्ट्रिय महाधिवेशनपछिको दोस्रो केन्द्रीय कार्यसमितिको बैठक अर्थतन्त्रसम्बन्धी १३ बुँदे विशेष प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । बैठकले पारित गरेका १३ बुँदाहरूमा जेन-जी आन्दोलनपछि अस्थिर बनेको आर्थिक सुशासन र सुरक्षामा सरकारले प्रत्याभूति दिलाउनुपर्ने, लेखापरीक्षण प्रणालीलाई उत्कृष्ट गुणस्तरको बनाउनुपर्नेलगायत छन् । विशेष प्रस्तावहरू १. २०८२ भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा आर्थिक सुशासन ...
— एमालेका सचिव गोकर्ण विष्टले सत्तामा पुग्नका लागि मिल्ने प्रवृत्ति पार्टीमा देखापरेको बताएका छन् । एमाले ११ औं महाधिवेशन सन्दर्भमा बुधबार आयोजित अन्तरसंवाद कार्यक्रममा सचिव विष्टले न्यूनतम विचार, कार्यक्रम, सिद्धान्तसमेत नमिल्ने शक्तिहरूसँग मिलेर पनि एमालेले सरकार बनाएको बताएका हुन् । १०औँ महाधिवेशनको ‘दक्षिणपन्थी अवसरवाद र सांगठानिक अराजकतलाई परास्त गरौँ, जबजको मार्ग निर्देशनमा समाजबादको ...