मुख्य समाचार
अर्थमन्त्री रामेश्वर खनालले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय आफ्नो कार्यकालमै सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त
अर्थमन्त्री रामेश्वर खनालले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय आफ्नो कार्यकालमै सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त

— अर्थमन्त्री रामेश्वर खनालले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय आफ्नो कार्यकालमै सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। सुदूरपश्चिम महोत्सव उद्घाटनका लागि धनगढी आइपुगेका मन्त्री खनालले निर्माण सम्पन्न भएर पनि विश्वविद्यालय सञ्चालनमा नआउनु दुर्भाग्यपूर्ण भएको बताए।

विश्वविद्यालय सञ्चालनका लागि आवश्यक नियुक्ति तथा प्रक्रिया तत्काल अघि बढाइने उनको भनाइ छ । ‘कार्यविधि नै परिवर्तन गरेर भए पनि विश्वविद्यालय चाँडो सञ्चालनमा ल्याउने प्रयास गर्छौं,’ उनले भने।

अर्थमन्त्री खनालले विश्वविद्यालय सञ्चालन शिक्षामन्त्रालयको क्षेत्राधिकारमा पर्ने भए पनि आफू त्यसबारे पन्छिन नसक्ने बताए । उनले भने,‘शिक्षामन्त्रीसँग नियमित सम्पर्कमा रही विश्वविद्यालयलाई सकेसम्म पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनेछु ।’

उनले सुदूरपश्चिममा ठूला आयोजना न्यून मात्रामा रहेको उल्लेख गर्दै, सम्पन्न योजनासमेत सरकारी उपेक्षाका कारण सञ्चालनमा आउन नसकेको टिप्पणी गरे। ‘यहाँको भूगोल, प्राकृतिक तथा सांस्कृतिक सम्पदा र जनसङ्ख्याअनुरूप विकासको गति तीव्र हुनुपर्ने हो तर सरकारले प्राथमिकता नदिँदा सुदूरपश्चिम पछाडि पर्‍यो,’ खनालले भने।

अर्थमन्त्री खनालले विद्युत उत्पादन र पर्यटन क्षेत्रमा सुदूरपश्चिममा ठूलो सम्भावना रहे पनि यसको उपयोगमा राज्य पक्ष अघिबढ्न नसकेको उल्लेख गरे। आफ्नो कार्यकालमा दोधारा–चाँदनी सीमा नाका सम्पन्न गर्ने तथा ठूला आयोजनाको आधारशिला तयार पार्ने लक्ष्य रहेको उनले बताए।


यसैबीच, महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर राज ओझाले महोत्सवले प्रदेशको सामाजिक, आर्थिक र पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको बताए। उनका अनुसार महोत्सवले उद्योगी–व्यवसायीलाई प्रोत्साहन गर्दै सुदूरपश्चिमको अर्थतन्त्र उकास्ने भूमिका खेलेको छ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले देशकै ‘सबैभन्दा ठूलो पर्यटन पूर्वाधार’ सुदूरपश्चिममै रहेको दाबी गरे।


लम्कीचुहा नगरपालिकामा निर्माण भइरहेको राजकाँडा–चिसापानी केबलकार आगामी वैशाखदेखि सञ्चालनमा आउने जानकारी दिँदै उनले पर्यटन विकासमा यसले ठूलो टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
गौर घटना : सर्वोच्चको फैसलाको पूर्णपाठ सार्वजनिक, के उपेन्द्र यादवमाथि अनुसन्धान होला ?
— परराष्ट्र मन्त्रालयले बुधबार ६७ जना नयाँ अधिकृतलाई स्वागत गरेको छ। नवनियुक्त अधिकृतहरूलाई शपथग्रहण तथा नियुक्ति पत्र दिँदै परराष्ट्र सचिव अमृतबहादुर राईले बधाई दिएका थिए। उनले पहिला नागरिक भन्ने मार्गदर्शक सिद्धान्तअनुसार जिम्मेवारी वहन गर्दै उच्चतम स्तरको पेसागत इमान्दारी र निष्ठा कायम राख्न अधिकृतहरूलाई निर्देशन दिए। सचिव राईले प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय परिवेशमा नेपालको राष्ट्रिय हितको संरक्षण र प्रवर्द्धनका ...
— एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफूले झोंक चलेर नभई पार्टीभित्र विधि–पद्धति निर्माण गर्नका लागि उम्मेदवारी दिएको बताएका छन्। आसन्न एमाले महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी रहेका पोखरेलले आज पत्रकार सम्मेलन गर्दै यस्तो विचार व्यक्त गरेका हुन्। उनले महाधिवेशन विचारको फैसला हुने थलो भएकाले फरक मतहरू अघि सारेको उल्लेख गर्दै भने, ‘पार्टीभित्र जबजको विवाद छैन, तर कार्यसम्पादनमा ...
— नेपाल अडिटर्स एसोसिएसन(अडान) को सातौं राष्ट्रिय महाधिवेशनपछिको दोस्रो केन्द्रीय कार्यसमितिको बैठक अर्थतन्त्रसम्बन्धी १३ बुँदे विशेष प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । बैठकले पारित गरेका १३ बुँदाहरूमा जेन-जी आन्दोलनपछि अस्थिर बनेको आर्थिक सुशासन र सुरक्षामा सरकारले प्रत्याभूति दिलाउनुपर्ने, लेखापरीक्षण प्रणालीलाई उत्कृष्ट गुणस्तरको बनाउनुपर्नेलगायत छन् । विशेष प्रस्तावहरू १. २०८२ भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा आर्थिक सुशासन ...
— एमालेका सचिव गोकर्ण विष्टले सत्तामा पुग्नका लागि मिल्ने प्रवृत्ति पार्टीमा देखापरेको बताएका छन् । एमाले ११ औं महाधिवेशन सन्दर्भमा बुधबार आयोजित अन्तरसंवाद कार्यक्रममा सचिव विष्टले न्यूनतम विचार, कार्यक्रम, सिद्धान्तसमेत नमिल्ने शक्तिहरूसँग मिलेर पनि एमालेले सरकार बनाएको बताएका हुन् । १०औँ महाधिवेशनको ‘दक्षिणपन्थी अवसरवाद र सांगठानिक अराजकतलाई परास्त गरौँ, जबजको मार्ग निर्देशनमा समाजबादको ...