मुख्य समाचार
माओवादीसँग जोडिएको लडाकु शिविरमा भ्रष्टाचारको उजुरी परे पनि २० वर्ष बितिसक्दा पनि त्यसको विस्तृत अनुसन्धान नै भएन
माओवादीसँग जोडिएको लडाकु शिविरमा भ्रष्टाचारको उजुरी परे पनि २० वर्ष बितिसक्दा पनि त्यसको विस्तृत अनुसन्धान नै भएन

— माओवादीसँग जोडिएको लडाकु शिविरमा भ्रष्टाचारको उजुरी परे पनि २० वर्ष बितिसक्दा पनि त्यसको विस्तृत अनुसन्धान नै भएन ।



५ मंसिर २०६३ मा विस्तृत शान्ति सम्झौता भएपछि शान्ति प्रक्रियाका लागि माओवादीको शिविर व्यवस्थापन गर्दा ६ वर्षमा ९ अर्ब ७९ करोड ६८ लाख ८० हजार २ सय ९६ रुपैयाँ खर्च भएको र त्यसमा अनियमितता भएको भनी अख्तियारमा उजुरी परेको थियो । तर, अख्तियारले अनुसन्धानका लागि विवरणसमेत संकलन गरेर तामेलीमा राख्ने निर्णय गर्‍यो ।

शिविर व्यवस्थापनमा सबैभन्दा धेरै खर्च मासिक भत्तामा ५ अर्ब ८८ करोड ८६ लाख ७३ हजार ७ सय ४६ रुपैयाँ, त्यसैगरी भरणपोषणमा २ अर्ब ७६ करोड ५६ लाख १४ हजार ९ सय ६२ रुपैयाँ, पूर्वाधार निर्माणमा २६ करोड १० लाख ३ हजार १७ रुपैयाँ र अन्य खर्च २७ करोड ३७ लाख १० हजार ५ सय ६७ रुपैयाँ भएको तत्कालीन शान्ति मन्त्रालयले अख्तियारलाई बुझाएको विवरणमा उल्लेख थियो । २०६९ सालमा परेको उजुरीमा तत्कालीन एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वमन्त्री कृष्णबहादुर महरा र अन्य सैनिक कमान्डरहरूमाथि छानबिन र कारबाही हुनुपर्ने माग गरिएको थियो ।

पुस २०७० मा अख्तियारले अनुसन्धान सकेर तामेलीमा राख्ने निर्णय गर्‍यो । तर ३१ भदौ २०७३ मा ३० दिनभित्र उपस्थित हुनु भनी अख्तियारले लडाकु शिविरको फाइल खोल्यो । यो निर्णय अख्तियारभित्रै विवादित भयो । अख्तियारले मन्त्रिपरिषद्ले गरेको निर्णयमाथि अनुसन्धान गर्न नसक्ने कानुनमै उल्लेख भएकाले मुद्दा दायर गर्न नहुने पक्षमा केही आयुक्तहरू उभिएपछि तामेलीमा राखियो ।

Yamaha Quiz Banner
What does traffic signal mean?
1/10
Questions
The signal given by vehicle driver.
All of them
The signal given by police.
The signal to maintain the rules of road.
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ४(ख) मा ‘मन्त्रिपरिषद् वा त्यसको कुनै समितिले सामूहिक रूपमा गरेको कुनै नीतिगत निर्णय र अदालतको न्यायिक कामकारबाहीका सम्बन्धमा आयोगले यस ऐनअन्तर्गत अनुसन्धान र तहकिकात तथा तत्सम्बन्धी कुनै कारबाही गर्ने छैन’ भन्ने व्यवस्था छ । यही व्यवस्थालाई आधार बनाएर लडाकु शिविर घोटालाको उजुरीलाई अख्तियारले पुनः तामेलीमा राख्यो । तामेलीमा राख्नुका पछाडि अख्तियारले मन्त्रिपरिषद्को नीतिगत निर्णय छानबिनको दायरामा नआउने कानुनी व्यवस्थालाई आधार देखाए पनि त्यसमा राजनीतिक प्रभाव परेको भन्दै उक्त प्रकरणको विस्तृत छानबिन हुनुपर्ने माग उठ्दै आएको छ ।

Hardik IVF
Laxmi Sunrise bank

अयोग्य लडाकुका नाममा ‘ढुकुटी दोहन’
शिविरमा रहेका लडाकुलाई २०६५ भदौसम्म ३ हजार रुपैयाँका दरले भत्ता उपलब्ध गराइएको थियो । त्यो रकम त्यही वर्षको असोजबाट ६ हजार र २०६८ साउनदेखि ६ हजार ५ सय पुर्‍याइएको थियो । स्वैच्छिक अवकाशमा गएका लडाकुलाई पदीय तहअनुसार एकमुष्ट ८ लाख रुपैयाँसम्म दिइएको थियो । शिविरमा रहेका लडाकुहरूलाई दिने भत्ता एकमुष्ट सरकारबाट माओवादी पार्टीले बुझ्ने गरेको थियो । र, पार्टीले नै लडाकुहरूलाई बाँड्ने गरेको थियो । त्यसरी बाँड्दा ठूलो रकम भ्रष्टाचार गरिएको आशंका गरिएको थियो ।

Complaints of corruption in militant camps, but no detailed investigation


त्यस्तो आशंकालाई स्वयं तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै अभिव्यक्तिले बल दिएको थियो । ८ पुस २०६४ मा चितवनको शक्तिखोरस्थित लडाकु शिविरमा माओवादी लडाकुहरूलाई सम्बोधन गर्दै उनले वास्तविक लडाकुभन्दा बढीलाई शिविरमा राखिएको र त्यसबाट प्राप्त हुने पैसा विद्रोहको तयारीमा लगाउने अभिव्यक्ति दिएका थिए । पछि समायोजन प्रक्रिया सकिनै लाग्दा स्वयं माओवादी लडाकुहरूले नै शिविरमा लडाकुको अनियमितताको कुरा उठाएका थिए । उनीहरूले लेबीका नाममा आफूहरूबाट धेरै पैसा उठाइएको र शिविरबाट निस्कँदा पाएको रकममा समेत पार्टीका नेताहरूले अनावश्यक हस्तक्षेप गरेको आरोप लगाएका थिए ।

यो विषयलाई नेकपा एमालेको भ्रातृ संगठन युवा संघले अख्तियारमा प्रवेश गराएको थियो । युवा संघले ५ असोज २०६९ मा तत्कालीन एकीकृत माओवादी अध्यक्ष प्रचण्ड, नेताहरू बाबुराम भट्टराई, कृष्णबहादुर महरालगायत नेताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको थियो । उजुरीमा ४ अर्ब रुपैयाँ हिनामिना गरेको दाबी गरिएको थियो ।

अख्तियार भन्छ, ‘लडाकु शिविर अनियमितता छानबिन रोकिंदैन’
३१ भदौ २०७३ मा अख्तियारले लडाकु शिविरमा भएको अनियमितताको छानबिनलाई तीव्रता दिने घोषणा पनि गर्‍यो । आयोगले लडाकु शिविरका कमान्डर र माओवादीका प्रमुख नेताहरूलाई यसबारे ३० दिनभित्र जवाफ दिन पत्र काटेको थियो । तर त्यसपछि अख्तियारले फाइल कहिल्यै खोलेन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
गौर घटना : सर्वोच्चको फैसलाको पूर्णपाठ सार्वजनिक, के उपेन्द्र यादवमाथि अनुसन्धान होला ?
— परराष्ट्र मन्त्रालयले बुधबार ६७ जना नयाँ अधिकृतलाई स्वागत गरेको छ। नवनियुक्त अधिकृतहरूलाई शपथग्रहण तथा नियुक्ति पत्र दिँदै परराष्ट्र सचिव अमृतबहादुर राईले बधाई दिएका थिए। उनले पहिला नागरिक भन्ने मार्गदर्शक सिद्धान्तअनुसार जिम्मेवारी वहन गर्दै उच्चतम स्तरको पेसागत इमान्दारी र निष्ठा कायम राख्न अधिकृतहरूलाई निर्देशन दिए। सचिव राईले प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय परिवेशमा नेपालको राष्ट्रिय हितको संरक्षण र प्रवर्द्धनका ...
— एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफूले झोंक चलेर नभई पार्टीभित्र विधि–पद्धति निर्माण गर्नका लागि उम्मेदवारी दिएको बताएका छन्। आसन्न एमाले महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी रहेका पोखरेलले आज पत्रकार सम्मेलन गर्दै यस्तो विचार व्यक्त गरेका हुन्। उनले महाधिवेशन विचारको फैसला हुने थलो भएकाले फरक मतहरू अघि सारेको उल्लेख गर्दै भने, ‘पार्टीभित्र जबजको विवाद छैन, तर कार्यसम्पादनमा ...
— नेपाल अडिटर्स एसोसिएसन(अडान) को सातौं राष्ट्रिय महाधिवेशनपछिको दोस्रो केन्द्रीय कार्यसमितिको बैठक अर्थतन्त्रसम्बन्धी १३ बुँदे विशेष प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । बैठकले पारित गरेका १३ बुँदाहरूमा जेन-जी आन्दोलनपछि अस्थिर बनेको आर्थिक सुशासन र सुरक्षामा सरकारले प्रत्याभूति दिलाउनुपर्ने, लेखापरीक्षण प्रणालीलाई उत्कृष्ट गुणस्तरको बनाउनुपर्नेलगायत छन् । विशेष प्रस्तावहरू १. २०८२ भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा आर्थिक सुशासन ...
— एमालेका सचिव गोकर्ण विष्टले सत्तामा पुग्नका लागि मिल्ने प्रवृत्ति पार्टीमा देखापरेको बताएका छन् । एमाले ११ औं महाधिवेशन सन्दर्भमा बुधबार आयोजित अन्तरसंवाद कार्यक्रममा सचिव विष्टले न्यूनतम विचार, कार्यक्रम, सिद्धान्तसमेत नमिल्ने शक्तिहरूसँग मिलेर पनि एमालेले सरकार बनाएको बताएका हुन् । १०औँ महाधिवेशनको ‘दक्षिणपन्थी अवसरवाद र सांगठानिक अराजकतलाई परास्त गरौँ, जबजको मार्ग निर्देशनमा समाजबादको ...