— जिल्ला सदरमुकाम खलंगा बजार क्षेत्रबाट चरेससहित दुई जना पक्राउ परेका छन् ।
सोमबार साँझतिर सदरमुकाम खलंगाबाट ३१ ग्राम चरेससहित दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा ब्यास गाउँपालिका–६ हुती घर भई महाकाली नगरपालिका–४ मा डेरा गरी बस्ने २२ वर्षीय बिजय टमटा र खलंगा बजार बस्ने २१ वर्षीय धिरज लुहार रहेका छन् ।
गस्ती टोलीले जाँच गर्दा दुई जनाको साथबाट ३१ ग्राम चरेस बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता निरीक्षक हेमराज भट्टले बताए ।