मुख्य समाचार
सरकारको नीतिभन्दा सार्वजनिक खरिद ऐनअनुसार ठेक्का तोडिएको
सरकारको नीतिभन्दा सार्वजनिक खरिद ऐनअनुसार ठेक्का तोडिएको

— सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रवीन्द्र बोहराले सरकारको नीतिभन्दा सार्वजनिक खरिद ऐनअनुसार ठेक्का तोडिएको बताए । 'ठेक्का तोड्ने सरकारको नीतिभन्दा पनि सार्वजनिक खरिद ऐन अनुसार हो,' उनले भने ।



नेपाल पूर्वाधार पत्रकार समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘रुग्ण ठेक्का व्यवस्थापनसम्बन्धी’ सरोकारवाला निकायसँग संवाद कार्यक्रममा बोहराले यस्तो बताएका हुन् ।

पूर्वतयारी नसकी ठेक्का प्रक्रियामा जाने विगतको अभ्यासलगायत विविध कारण समयमा निर्माणसम्पन्न नहुने र ठेक्का तोड्नु परेको उनको भनाई छ ।

'पूर्वतयारी नसकी ठेक्का प्रक्रियामा जाँदाको एउटा उदाहरण संसद् भवन हो,' उनले भने, 'साइट क्लियरेन्स नगरी ठेक्कामा गयौं । ५/६ वर्ष भइसक्यो अझै निर्माण सकेको छैन । साइट क्लियरेन्स गर्नै एक/दुई वर्ष लाग्यो ।'

न्यून मूल्यांकनमा ठेक्का लाग्ने/लगाउने, ज्वाइन्ट भेञ्चर (जेभीमा) गर्ने र सरोकारवालाले समयमा निर्णय नगर्ने समस्याका कारण ठेक्का तोड्नुपर्ने अवस्थामा पुग्ने उनले सुनाए ।


विगतमा पनि ठेक्का तोडिएको भन्दै बोहराले सरकारको नीतिभन्दा ऐनअनुसार तोडिएकोमा जोड दिए । 'विगतमा पनि ठेक्का तोडिन्थ्यो, सामाजिक सञ्जालका कारण यस पटक बढी होहल्ला भयो,' उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
गौर घटना : सर्वोच्चको फैसलाको पूर्णपाठ सार्वजनिक, के उपेन्द्र यादवमाथि अनुसन्धान होला ?
— परराष्ट्र मन्त्रालयले बुधबार ६७ जना नयाँ अधिकृतलाई स्वागत गरेको छ। नवनियुक्त अधिकृतहरूलाई शपथग्रहण तथा नियुक्ति पत्र दिँदै परराष्ट्र सचिव अमृतबहादुर राईले बधाई दिएका थिए। उनले पहिला नागरिक भन्ने मार्गदर्शक सिद्धान्तअनुसार जिम्मेवारी वहन गर्दै उच्चतम स्तरको पेसागत इमान्दारी र निष्ठा कायम राख्न अधिकृतहरूलाई निर्देशन दिए। सचिव राईले प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय परिवेशमा नेपालको राष्ट्रिय हितको संरक्षण र प्रवर्द्धनका ...
— एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफूले झोंक चलेर नभई पार्टीभित्र विधि–पद्धति निर्माण गर्नका लागि उम्मेदवारी दिएको बताएका छन्। आसन्न एमाले महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी रहेका पोखरेलले आज पत्रकार सम्मेलन गर्दै यस्तो विचार व्यक्त गरेका हुन्। उनले महाधिवेशन विचारको फैसला हुने थलो भएकाले फरक मतहरू अघि सारेको उल्लेख गर्दै भने, ‘पार्टीभित्र जबजको विवाद छैन, तर कार्यसम्पादनमा ...
— नेपाल अडिटर्स एसोसिएसन(अडान) को सातौं राष्ट्रिय महाधिवेशनपछिको दोस्रो केन्द्रीय कार्यसमितिको बैठक अर्थतन्त्रसम्बन्धी १३ बुँदे विशेष प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । बैठकले पारित गरेका १३ बुँदाहरूमा जेन-जी आन्दोलनपछि अस्थिर बनेको आर्थिक सुशासन र सुरक्षामा सरकारले प्रत्याभूति दिलाउनुपर्ने, लेखापरीक्षण प्रणालीलाई उत्कृष्ट गुणस्तरको बनाउनुपर्नेलगायत छन् । विशेष प्रस्तावहरू १. २०८२ भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा आर्थिक सुशासन ...
— एमालेका सचिव गोकर्ण विष्टले सत्तामा पुग्नका लागि मिल्ने प्रवृत्ति पार्टीमा देखापरेको बताएका छन् । एमाले ११ औं महाधिवेशन सन्दर्भमा बुधबार आयोजित अन्तरसंवाद कार्यक्रममा सचिव विष्टले न्यूनतम विचार, कार्यक्रम, सिद्धान्तसमेत नमिल्ने शक्तिहरूसँग मिलेर पनि एमालेले सरकार बनाएको बताएका हुन् । १०औँ महाधिवेशनको ‘दक्षिणपन्थी अवसरवाद र सांगठानिक अराजकतलाई परास्त गरौँ, जबजको मार्ग निर्देशनमा समाजबादको ...