मुख्य समाचार
प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस सांसदहरूले सर्वोच्च अदालतमा दायर गरेको रिटमा पेशी तोकिएको छ
प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस सांसदहरूले सर्वोच्च अदालतमा दायर गरेको रिटमा पेशी तोकिएको छ

— प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस सांसदहरूले सर्वोच्च अदालतमा दायर गरेको रिटमा पेशी तोकिएको छ । सर्वोच्च अदालत उक्त रिटमाथिको सुनुवाइका लागि पुस २ गतेका लागि पेशी तोकेको हो ।

प्रतिनिधिसभा विघटन र प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति संविधान र राष्ट्रहितविपरीत रहेको कांग्रेसका सांसदको तर्क छ ।

कांग्रेसका तर्फबाट विघटित प्रतिनिधिसभामा संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङ तथा सांसदहरू आशा विक, दीपक खड्का, सीताकुमारी राना, नगिना यादव, शान्ति विक र जावेदा खातुन जागाले रिट दायर गरेका हुन् । उनीहरूले रिटमा राष्ट्रपति र राष्ट्रपति कार्यालय, प्रधानमन्त्री सुशीला कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, निर्वाचन आयोग, सभामुख देवराज घिमिरे र संसद् सचिवालयलाई विपक्षी बनाएका छन् ।

प्रतिनिधिसभा कायमै रहेको बेला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपतिको काम असंवैधानिक रहेको कांग्रेसको तर्क छ । 'प्रतिनिधिसभा जिवित हुँदाको बखतमा नै प्रत्यर्थी सुशीला कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गर्ने र निज नियुक्त भइसकेपश्चात् प्रतिनिधिसभा विघटन सिफारिसलाई आधार बनाई प्रतिनिधिसभा विघटन गर्ने सम्मानीय राष्ट्रपतिको निर्णय तथा सो सम्बन्धी कामकारबाही प्रारम्भदेखि नै असंवैधानिक छ भन्ने स्पष्ट हुन्छ,' कांग्रेसले यसरी राष्ट्रपतिका कार्यमाथि प्रश्न उठाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले केहि समय दुर्घटनामा परेको पार्टी सफा र चोखिएर आउन सफल भएको बताएका छन् । बिहीबार काठमाडौंमा राष्ट्रिय परिवर्तन पार्टी (युनाईटेड जेन्जी) बीच एकता गर्दै घिसिङले केहि समय अघि करिब १२ दिन आफुहरू दुर्घटनामा परेको भन्दै त्यसपछि चोखिएर आउन सफल भएको बताएका हुन् । अँध्यारोबाट बाहिर निस्किन १२ दिन लागेको ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठग र लुसिफरहरूले युवालाई अल्मल्याएर राष्ट्रविरुद्ध प्रयोग गर्न खोजेको टिप्पणी गरेका छन् । ४२ औं पिस्कर सहिद स्मृति दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले युवाहरू बाटो बिराउन खोजिरहेको बताए । युवाले देश पढ्न, बुझ्न र यस देशलाई कता लैजान खोजिँदैछ भन्ने जानकारी राख्न आवश्यक रहेको ओलीको भनाइ ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले नेपालमा नेपालीकै सरकार बनाउने र अरुको सरकार बनेमा सङ्घर्ष गरेर ढाल्ने बताएका छन् । ४२ औँ पिस्कर सहिद स्मृति दिवस तथा सरेश नेपालद्वारा लिखित ‘जेलभित्रका सङ्घर्ष’ पुस्तकको विमोचन कार्यक्रममा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले आफूहरू नेपालमा नेपालीकै सरकार हुनुपर्छ र समृद्धि आफूहरुकै पालामा हुनुपर्छ भन्ने अभियानका अहिले पनि लागिरहेको ...
। गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि आयोगमा बुझाइएको समानुपातिकतर्फको बन्दसूची र मनोनयनको हस्ताक्षर संशोधन गर्ने निर्णय गरेको छ । बुधबारमात्रै निर्वाचित भएको थापा नेतृत्वको केन्द्रीय समितिको पहिलो बैठकले उक्त निर्णय गरेको हो । सोही निर्णयअनुसार सभापति थापा, उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसालसहितका नेताहरू निर्वाचन आयोग पुगेका छन् । यसअघि निर्वाचन आयोगमा बुझाइएको ...
। कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले कृषि जैविक विविधता संरक्षण, उपयोग र प्रवर्द्धनमा युवाको सक्रिय सहभागिता हुनुपर्ने बताएका छन् । चौथो ‘राष्ट्रिय कृषि जैविक विविधता दिवस’ तथा माघे संक्रान्ति (माघी) पर्वका अवसरमा मन्त्री परियारले कृषि क्षेत्रको आधुनिकीकरण र जैविक विविधता संरक्षणलाई सँगसँगै लैजानुपर्ने बताए । यस वर्ष ‘कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदा : संरक्षण, ...