मुख्य समाचार
विराटनगर किंग्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनल प्रवेश
विराटनगर किंग्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनल प्रवेश

: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनल प्रवेश गरेको छ। सुदूरपश्चिम रोयल्स दोस्रो पटक लगातार फाइनल प्रवेश गरेको हो।

सुदूरपश्चिम रोयल्स पहिलो संस्करणमा पनि फाइनल पुगेको टिम हो। जारी एनपीएलमा रनका आधारमा यो सबैभन्दा फराकिलो जित हो।


त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रन बनाएको थियो। सुदूरपश्चिम रोयल्सले दिएको १५६ रनको विजयी लक्ष्य पछ्याएको विराटनगर १४.१ ओभरमा ७८ रन बनाउँदै अलआउट भयो।

विराटनगरका लागि फाफ डु पेल्सिसले सर्वाधिक ३६ रन बनाए। उनले २९ बलमा ३ चौका र १ छक्का प्रहार गरे। विराटनगरले पहिलो बलमा ओपनर साम हेजलेटको विकेट गुमायो। उनी स्कट केगुइलिनको बलमा दीपेन्द्र सिंह ऐरीको हातमा क्याच भए। दोस्रो विकेट मार्टिन गप्टिल २ रनमा रनआउट भए। तेस्रो विकेटको रूपमा नरेन भट्ट क्याच आउट भए।

पावरप्लेमा विराटनगरका दुई खेलाडी डकआउट हुँदा विराटनगरको ब्याटिङ धरापमा परेको हो। वसिर अहमदले १२ रन बनाए। २ जना खेलाडी डक र पाँच जना खेलाडी दोहोरो अंक नबनाई पेभेलियन फर्किए।

ब्याटिङ बलियो भएको विराटनगरको आज ब्याटिङ नचल्दा हार व्यहोरेको हो। अन्तिम विकेटको रूपमा सन्दीप लामीछाने ३ रनमा क्याच भए।

सुदूरपश्चिम रोयल्सका लागि बलिङतर्फ हर्मित सिंह, स्कट केगुइलिन र अभिनाश बोहोराले २–२ विकेट लिए। हेमन्त धामी र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए।

त्यसअघि ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सका लागि विनोद भण्डारीले ६३ रन प्रहार गरे। उनले ५२ रनमा ३ चौका र २ छक्का प्रहार गरे।

सुदूरपश्चिमले पहिलो विकेटको रूपमा मुख्तर अहमदको विकेट गयो। मुख्तरले १० रन बनाए। दोस्रो विकेटको रूपमा सेल्डन ज्याक्सनको विकेट गयो। उनले २० रन बनाए।

तेस्रो विकेटको रूपमा इशान पाण्डे क्याच भए। उनलाई १२.५ औँ ओभरमा नरेन भट्टले ‘लङ अन’मा उत्कृष्ट क्याच गरे। उनले बाउन्ड्री नजिकै भएको बललाई एक हातले भित्र हाल्दै बाहिरबाट आएर सोही बल क्याच गर्दै इशानलाई पेभेलियन फर्काए। इशानले १३ रन मात्रै बनाए।

१३.३ ओभरमा दीपेन्द्र सिंह ऐरी रनआउट भए। उनी ३ रनमा मर्चेन्ट डी लाङ्गेको थ्रोमा विकेट किपर लोकेश बमले रनआउट गराए। उनले ओपनर विनोद भण्डारीसँग २ रन लिने दाउमा रनआउट भएका हुन्।

हर्मित सिंह १४ रनमा क्याच भए। आरिफ शेख २० रनमा बाउन्ड्रीमा क्याच भए।

स्टक केगुइलिन १ र मिलन बोहोरा ४ रनमा अविजित रहे।

विराटनगर किंग्सका लागि बलिङ तर्फ मार्चेन्ट डे लाङ्गे र प्रतिश जिशीले २–२ विकेट लिए। सूर्य तामाङ र साम हेजलेटले १–१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम