मुख्य समाचार
सरकारले नेपाल र मोरिससबीचको ‘दोहोरो करमुक्ति सम्झौता (डीटीएए)’ खारेज
सरकारले नेपाल र मोरिससबीचको ‘दोहोरो करमुक्ति सम्झौता (डीटीएए)’ खारेज

— सरकारले नेपाल र मोरिससबीचको ‘दोहोरो करमुक्ति सम्झौता (डीटीएए)’ खारेज गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले सम्झौता खारेज गर्ने निर्णय गरेको हो ।



यसअघि १२ कात्तिकको मन्त्रिपरिषद् बैठकले पनि उक्त सम्झौता खारेज गर्ने निर्णय गरेको थियो । तर, सँगै डोल्मा इम्प्याक्ट फन्डलाई पुँजीगत लाभकर छुट दिने निर्णय भएकोमा आलोचना भएपछि प्रधानमन्त्री सुशीला कार्कीले चासो राख्दै तत्कालीन मुख्य सचिव एकनारायण अर्याललाई सत्यतथ्य बुझेर मात्र निर्णयको ‘माइन्युट’ गर्न निर्देशन दिएकी थिइन् ।

प्रधानमन्त्री कार्कीको निर्देशनमा तत्कालीन मुख्य सचिव अर्यालले उक्त निर्णयको ‘माइन्युट’ प्रक्रिया नै अघि बढाएका थिएनन् । ‘डोल्मा इम्प्याक्ट फन्डलाई आयकर ऐनकै व्यवस्थाअनुसार कर लाग्ने र एनसेल जस्तै प्रकृतिको विवादित विषय भएकाले थप बुझेर राष्ट्रको हितमा हुने गरी निर्णय गरौं भन्ने कुरा आएकाले त्यतिबेला माइन्युट नगरिएको हो,’ तत्कालीन मुख्य सचिव अर्यालले भने, ‘अहिले केका आधारमा मन्त्रिपरिषद्ले खारेजको निर्णय गर्‍यो, त्यो जानकारी भएन ।’ सन्धि–सम्झौताका विषय मन्त्रिपरिषद्भन्दा पनि अदालतबाट व्याख्या हुनुपर्ने उनको भनाइ छ ।

अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले मोरिसससँगको दोहोरो करमुक्ति सम्झौता खारेज सोमबार मन्त्रालयबाट गएको र सोही दिनको मन्त्रिपरिषद्को बैठकले पारित गरेको बताए ।

‘यसअघि भएको निर्णयबारे मलाई जानकारी भएन । सोमबार मन्त्रालयबाट उक्त प्रस्ताव गएको थियो, पारित भयो भन्ने जानकारी आएको छ,’ उनले भने, ‘प्रस्ताव विगतमा पनि भएका होलान् । अहिले पास भएर आएकाले यो नै अन्तिम निर्णय हो ।’

मन्त्रिपरिषद्को तत्कालीन निर्णयको विरोध भएपछि कात्तिक अन्तिम साता सरकारले कानुन र परराष्ट्र मन्त्रालयमा राय मागेको थियो । पहिले निर्णय गरेर सरकारले राय मागेको थियो । पुँजीगत लाभमा लाग्ने २५ प्रतिशत करमा डोल्मालाई उन्मुक्ति दिने र मोरिसससँग भएको सम्झौता खारेज गर्ने निर्णय भएको दुई सातापछि मात्र सरकारले त्यसो गर्न मिल्ने वा नमिल्ने सम्बन्धमा कानुन र परराष्ट्र मन्त्रालयसँग राय मागेको थियो ।

डोल्माले मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीमा रहेको २६ लाख कित्ता सेयर बेच्दा १ अर्ब १७ करोड नाफा गर्ने भएकाले सम्भावित २९ करोड ४४ लाख पुँजीगत लाभकर बन्छ । तर अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागको निर्देशनका आधारमा आन्तरिक राजस्व कार्यालयले मोरिसससँगको सम्झौताका आधारमा डोल्माले पुँजीगत लाभकर तिर्न नपर्ने निर्णय १२ कात्तिकको मन्त्रिपरिषद्ले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
ऊर्जामन्त्री कुलमानमाथि नैतिक प्रश्न
: गत २३ र २४ भदौमा भएको जेनजीहरूको प्रदर्शनका क्रममा सहिद भएकाहरूको सम्झनामा दीप प्रज्वलन गरिएको छ। मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि सहिदहरूको सम्झनामा सहिद परिवार, घाइते परिवार लगायत युवाहरूले दीप प्रज्वलन गरेका थिए। दीप प्रज्वलनमा गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङ र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता ...
— भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपालमा एकीकृत खरिद ऐन नै बनाएर गल्ती गरियो कि भनेर अभिव्यक्ति दिएका छन् । नेपाल पूर्वाधार पत्रकार समाजले नेपाल निर्माण व्यवसायी महासंघसँगको सहकार्यमा मंगलबार काठमाडौंमा आयोजना गरेको ‘रुग्ण ठेक्का व्यवस्थापन सम्बन्धी’ सरोकारवाला निकायसँग संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘आजको दिनसम्म पनि भारतमा खरिद ऐन ...
— खजुरीको नेपाल प्रालिले उत्पादन गरेको दुई ब्याचका पफ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्री वितरणमा रोक लगाएको छ । त्यति मात्र नभई बजारमा गइसकेको हकमा फिर्ता(रिकल) गराउन पनि विभागले निर्देशन दिएको छ । विभागले बजारमा रहेका अन्य कम्पनीका पफलाई समेत अनुसन्धान प्रक्रियामा ल्याएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी प्रवक्ता वरिष्ठ खाद्य ...
— २३ र २४ भदौका घटना जाँचबुझ गर्न गठित आयोगले नीतिगत निर्णय गर्ने र निर्देशन दिने तहका अधिकारीहरूको बयान लिन थालेको छ । तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक बयानमा नआउने देखिएपछि आयोगले उनीहरूलाई पक्राउ गरेर बयानमा ल्याउने रणनीति बनाएको छ । ५ असोजमा गठित आयोगको म्याद ३ महिना अर्थात् ५ पुसभित्र ...