मुख्य समाचार
नेपालीसहित कागजातविहीन ८४३ श्रमिक मलेसियामा पक्राउ
नेपालीसहित कागजातविहीन ८४३ श्रमिक मलेसियामा पक्राउ

— मलेसियाले कागजातविहीन श्रमिकलाई पक्राउ गर्ने अभियानलाई तीव्रता दिएको छ । मलेसियाको सेलायाङ बारु क्षेत्रबाट ८ सय ४३ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा ८ सय ८ पुरुष र ३५ महिला छन् । उनीहरूको उमेर २१ देखि ५३ वर्षसम्मको भएको मलेसियन सञ्चारमाध्यमले जनाएका छन् । सेलाङ्गोरका मुख्यमन्त्री तथा राज्य सुरक्षा समिति अध्यक्ष आमिरुद्दिन शारीले विदेशी श्रमिकको अनियन्त्रित प्रवेश तथा सडकछेउमा व्यापार सञ्चालन गरेपछि पक्राउ अभियान थालिएको बताए ।

पक्राउ पर्नेमा नेपाल, इन्डोनेसिया, बंगलादेश, भारत, म्यानमार र पाकिस्तानका नागरिक छन् । समितिले पक्राउ पर्ने देशका नागरिकको संख्या खुलाएको छैन । आमिरुद्दिनका अनुसार यसअघि पनि सेरी मुडा, सेलाङ्गोर होलसेल मार्केटसहित विभिन्न स्थानमा अवैध आप्रवासीविरुद्ध यस्तै अभियान चलाइएको थियो ।

पक्राउ परेकामध्ये धेरैजसोसँग परिचय खुलाउने कागजात नभएको, भिसा वा पासका सर्त उल्लंघन गरेको, बसाइ अवधि नाघेको, नक्कली वा मान्यता नपाएको कागजात प्रयोग गरेको जस्ता आरोप रहेको इमिग्रेसनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: रोमानियामा रेलको ठक्करबाट दुई नेपाली युवाको मृत्यु भएको छ। रोमानियाको बाकाउ क्षेत्रमा भएको दुर्घटनामा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–५, पाल्वा घर भएका ३६ वर्षीय शान्तकुमार श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका–२०, बागबजारका २५ वर्षीय निश्चल तामाङको घटनास्थलमै मृत्यु भएको बाकाउ प्रहरीले जनाएको छ। रोमानियाको बुखारेस्टका लागि पूर्वअवैतनिक नेपाली वाणिज्यदूत नवराज पोखरेलका अनुसार, घटनाबारे नेपालमा रहेका मृतकका ...
— इरानको ड्रोन आक्रमणमा परी कुवेतमा ज्यान गुमाएका तेह्रथुमका सोमकुमार तामाङको शव शनिबार आउने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार कुवेत एयरवेजमार्फत शव नेपाल ल्याउन लागिएको हो । कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी शव स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको परराष्ट्रले जनाएको छ । कुवेतस्थित नेपाली दूतावासका अनुसार कुवेतको उत्तरी क्षेत्रस्थित ...
। विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परेर सम्पर्कविहीन भएको छ । बीबीसीका अनुसार पाकिस्तानको कराकोरम हिमशृङ्खलामा अवस्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा बिहीबार मध्याह्नतिर हिमपहिरो गएको थियो । त्यसयता टोलीसँग कुनै सम्पर्क हुन नसकेको पाकिस्तानका पर्वतारोहण अधिकारीहरूले बताएका छन् । टोलीमा एक अमेरिकी, एक ...
। कुवेतमा एक जना नेपालीको मृत्यु भएको छ । बिहीबार बिहान उत्तरी कुवेतमा भएको आक्रमणमा परेर उनको मृत्यु भएको हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार चालकको रुपमा कार्यरत नेपालीको मृत्यु भएको छ । घटनाको विस्तृत विवरण आइनसकेको उनको भनाइ छ । उनका अनुसार घटनाबारे विस्तृत विवरण उपलब्ध गराउन नेपाली राजदूतावास, कुवेतलाई निर्देशन दिइसकिएको छ ...
। जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति कतारबाट पक्राउ परेका छन् । भोजपुर घर भएका ३२ वर्षीय जनक राई पक्राउ परेका हुन् । एनसीबी कतार दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्नेरगराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको हो । उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ ...