मुख्य समाचार
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारसँग नवीन सम्झौताका लागि माग
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारसँग नवीन सम्झौताका लागि माग

— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारसँग नवीन सम्झौताका लागि माग गरेको छ । राजसंस्था, राजनीतिक दल र जेनजी पुस्ताबीच नवीन सहमतिको नेतृत्व प्रधानमन्त्री सुशीला कार्कीले लिनुपर्ने भन्दै सरकारको ध्यानार्कषण गराएको छ ।



मंगलबार राप्रपाद्वारा आयोजित प्रदर्शनी एवं सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले घोषणा गरेको निर्वाचनअघि नै नयाँ समझदारी आवश्यक रहेको बताए । यी तीन पक्षबीचको सहमतिबाट मात्र अघि बढनुपर्ने उनको माग छ ।

उनले विदेशमा रहेका मतदातासहित देशभित्र नै अन्तर जिल्ला मताधिकारको सुनिश्चित गर्न ध्यानार्कषण गराए ।

पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले नयाँ राजनीतिक समझदारी निर्माणमा जोड दिए । उनले भने, 'नयाँ सम्झौता र नयाँ शक्तिका लागि बाटो खोल्दिनुहोस् । चुनावमा हतार नगरौँ । यो सबै समस्याको निदान पछि निर्वाचनमा जाऔँ ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री कुलमान घिसिङ र भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मंगलबार भएको भेटमा नेपाल–भारत ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रका सहकार्य, विद्युत् व्यापार तथा प्रसारण लाइन विस्तार, भारतीय सरकारी कम्पनीहरुको लगानीमा निर्माणाधीन आयोजनाको प्रगतिलगायतका विषयमा छलफल भएको थियो । ऊर्जा तथा जलस्रोत ...
अमेरिका-नेपाल टेक साझेदारी सुदृढ बनाउन 'स्केलिङ इन्नोभेसन्स' संवाद
:खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका तत्कालीन कार्यालय प्रमुख भोला प्रसाद थापासमेत ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन कार्यालय प्रमुख थापासमेत ६ जना र जयकाली ड्रिलिङ्गस कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। उनीहरूविरुद्ध ११ लाख ११ हजार ...
: भौतिक पूर्वाधार तथा यातायात,शहरी विकास र ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले कर्मचारीका कारण पनि ठेक्का रुग्ण भएको बताएका छन्। नेपाल पूर्वाधार पत्रकार समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘रुग्ण ठेक्का व्यवस्थापन सम्बन्धी’सरोकारवाला निकायसँग संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले त्यस्ता ठेक्कामा भने कुनै कारवाही नगरेको बताउँदै मन्त्री घिसिङले छानविन गरिने उनको भनाइ ...
— १८ वटा दल र समूह मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी अहिले प्रदेश प्रदेशमा सभा गर्दै हिँडिरहेको छ । तर एकता घोषणाको एक महिनासम्म पार्टीको नेतृत्व र संगठनको प्रारूपबारे पार्टीले निश्चित बाटो तय गर्न सकेको छैन । किनभने पार्टीमा यति धेरै शीर्ष नेताको लर्को छ कि कसलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा नै पार्टीका लागि टाउको ...