मुख्य समाचार
खजुरीको नेपाल प्रालिले उत्पादन गरेको दुई ब्याचका पफ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्री वितरणमा रोक
खजुरीको नेपाल प्रालिले उत्पादन गरेको दुई ब्याचका पफ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्री वितरणमा रोक

— खजुरीको नेपाल प्रालिले उत्पादन गरेको दुई ब्याचका पफ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्री वितरणमा रोक लगाएको छ । त्यति मात्र नभई बजारमा गइसकेको हकमा फिर्ता(रिकल) गराउन पनि विभागले निर्देशन दिएको छ ।



विभागले बजारमा रहेका अन्य कम्पनीका पफलाई समेत अनुसन्धान प्रक्रियामा ल्याएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी प्रवक्ता वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माले जानकारी दिइन् ।

‘विभागले अन्य उद्योगले उत्पादन गरेको पफको हकमा परीक्षण प्रक्रिया अघि बढाएको छ,’ डा. शर्माले भनिन्, ‘मापदण्डअनुसार पफ बनेको छ कि छैन भन्ने विषयमा कार्यालयले आफ्नो प्रक्रियाअनुसार खाद्य निरीक्षकहरूलाई निर्देशन दिएको छ ।’

डा. शर्माका अनुसार बजार अनुगमन र उद्योगबाट संकलन गरिएको खजुरीको नेपाल प्रालिको ब्याच B1–3A र B1–5A का पफमा ट्रान्सफ्याटको मात्रा अधिकतम सीमाभन्दा बढी भेटिएपछि बजारबाट तत्काल बिक्री–वितरण नगरी फिर्ता लिन निर्देशन दिइएको हो । उनका अनुसार पफमा ट्रान्स फ्याटको मात्रा २ प्रतिशतभन्दा कम हुनुपर्नेमा बढी देखिएको छ ।

कानुनअनुसार कुनै खाद्य पदार्थ तोकिएको स्वच्छता, गुणस्तर वा मापदण्डअनुसार नभएको वा मानव उपभोगका लागि सुरक्षित नभएको खण्डमा त्यस्तो खाद्य पदार्थ बजारबाट तत्काल फिर्ता गर्न मिल्ने व्यवस्था छ । त्यसको विवरण ७ दिनभित्र पेश गर्नुपर्ने पनि व्यवस्था छ ।

सो पफमा उपभोगयोग्य फ्याट प्रयोग गरिएको हो कि होइन भन्ने विषयमा समेत विभागले प्रश्न उठाएको छ । डा. शर्माका अनुसार पफ बनाउँदा कस्तो प्रकारको बटर प्रयोग गरिएको हो भन्नेबारे पनि कार्यालयले अनुसन्धान गरिरहेको छ । प्रारम्भिक अनुसन्धानमा दूधबाट बन्ने बटर नभई बेकरीमा प्रयोग हुने बटर प्रयोग भएको देखिएको छ । विभागले समस्या देखिएका पफ पूर्णरूपमा नष्ट गर्नुपर्ने बताएको छ ।

खजुरीको नेपाल प्रालिले भने आफ्नो उत्पादन पूर्ण रूपमा हानिकारक नभएको र दुई ब्याचका पफमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरसम्बन्धी केही कमजोरी औँल्याएकाले ती पफहरू तत्काल बजारबाट फिर्ता लिइरहेको जनाएको छ । कम्पनीले उत्पादनको सिलसिलामा कहिलेकाहीँ यस्ता त्रुटिहरू विश्वव्यापी रूपमा हुने गरेको भन्दै उल्लेखित ब्याच B1–3A र B1–5A बाहेक बजारमा रहेका उत्पादनहरू उच्च गुणस्तरयुक्त रहेको दाबी गरेको छ । खजुरीको नेपालले तीन दशकदेखि विभिन्न खाद्य पदार्थ उत्पादन गर्दै आएको छ ।


के हो ट्रान्स फ्याट ?

ट्रान्स फ्याट अर्थात् ट्रान्स फ्याटी एसिड सबैभन्दा खतरनाक किसिमको बोसो हो । यसले शरीरमा थुप्रै प्रतिकूल प्रभाव पार्छ । यसले लाभदायक बोसोको मात्रा घटाइदिन्छ । तारिएको फास्ट फुड, बेकरी उत्पादन, क्रयाकर, मार्जरिन, प्याक गरिएको खाद्य पदार्थहरू ट्रान्सफ्याटका स्रोत हुन् । रेडी टु युज/इन्स्टेन्ट मिक्समा ट्रान्सफ्याटको मात्रा धेरै बढी हुन्छ ।

ट्रान्सफ्याट स्वास्थ्यका दृष्टिले अत्यन्त हानिकारक मानिन्छ । ट्रान्सफ्याट अत्यधिक हानिकारक चिल्लो पदार्थ हो । तोकिएको सीमाभन्दा बढी मात्रा सेवन गर्दा रगत नली र मुटुको धमनिमा जमेपछि विस्तारै अवरोध सिर्जना हुने जोखिम उच्च हुन्छ ।

डा. शर्माका अनुसार ट्रान्स फ्याटले कोलेस्ट्रोल असन्तुलन गराउने, मुटुसम्बन्धी रोगको जोखिम बढाउने, दीर्घकालीन स्वास्थ्य समस्या उत्पन्न गर्नेदेखि हर्ट–अट्याकसम्म हुन सक्ने सम्भावना रहन्छ, जुन स्वास्थ्यका लागि हानिकारक छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले राजासहितको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने माग गरेका छन्। काठमाडौंमा मंगलबार आयोजित सभामा सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले त्यसका लागि प्रधानमन्त्री सुशीला कार्कीले सर्वपक्षीय बैठक बोलाएर सहमति गराउनुपर्ने बताए। 'जनताले प्रत्यक्ष कार्यकारी प्रमुख चुन्न पाउने कुरा राम्रो हो। तर, प्रत्यक्ष निर्वाचित राष्ट्रपति खतरनाक हुन्छ। त्यो निरंकुश पनि बन्नसक्छ। त्यो ...
— फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसबाट सुर्खेत-१ मा पूर्णबहादुर खड्काको नाम सिफारिस गरिएको छ । कांग्रेस कार्यवाहक सभापति खड्काको नाम मात्र १ नम्बरबाट उम्मेदवार सिफारिस गरिएको हो । क्षेत्रीय कार्यसमिति बैठकले खड्काको नाम सर्वसम्मत सिफारिस गरेको हो । यस्तै सोही क्षेत्रबाट समानुपातिकतर्फ भने दुई जनाको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ सिफारिस हुनेमा नरबहादुर सोनी ...
: नेपाली सेनाले रसियामा बनेको एमआई १७ हेलिकोप्टर मर्मतका लागि प्रक्रिया अघि बढाएको छ। जंगी अड्डाले उक्त हेलिकोप्टर मर्मतका लागि रसिया पठाउने तयारी गरेको हो। रसियाली कम्पनीले नोभेम्बर पहिलो साता औपचारिक पत्र पठाएरै प्रस्ताव गरेपछि सेनाले हेलिकोप्टर मस्को पठाउने प्रारम्भिक तयारी गरेको छ। त्यसका लागि जंगी अड्डाका केही उच्च अधिकारीहरू लागिपरेका छन्। केही जर्नेलहरू रसियन कम्पनी ...
— ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री कुलमान घिसिङ र भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मंगलबार भएको भेटमा नेपाल–भारत ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रका सहकार्य, विद्युत् व्यापार तथा प्रसारण लाइन विस्तार, भारतीय सरकारी कम्पनीहरुको लगानीमा निर्माणाधीन आयोजनाको प्रगतिलगायतका विषयमा छलफल भएको थियो । ऊर्जा तथा जलस्रोत ...
अमेरिका-नेपाल टेक साझेदारी सुदृढ बनाउन 'स्केलिङ इन्नोभेसन्स' संवाद