मुख्य समाचार
यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपालमा एकीकृत खरिद ऐन नै बनाएर गल्ती गरियो कि भनेर अभिव्यक्ति
यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपालमा एकीकृत खरिद ऐन नै बनाएर गल्ती गरियो कि भनेर अभिव्यक्ति

— भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपालमा एकीकृत खरिद ऐन नै बनाएर गल्ती गरियो कि भनेर अभिव्यक्ति दिएका छन् । नेपाल पूर्वाधार पत्रकार समाजले नेपाल निर्माण व्यवसायी महासंघसँगको सहकार्यमा मंगलबार काठमाडौंमा आयोजना गरेको ‘रुग्ण ठेक्का व्यवस्थापन सम्बन्धी’ सरोकारवाला निकायसँग संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् ।



‘आजको दिनसम्म पनि भारतमा खरिद ऐन छैन । किनकि, क्षेत्रअनुसार आफ्नै आफ्नै समस्या र विशेषता हुन्छन् । त्यसको लागि ऐन पनि छुट्टा छुट्टै हुन्छ,’ शर्माले भने, ‘डटपेन र जहाज किन्ने ऐन एउटै भयो भने समस्या हुन्छ । त्यसैले भारतमा खरिद ऐन छैन । ठेक्का सम्झौतामै धेरै कुराहरु सम्बोधन गरिन्छ । ऐनबाट हुँदैन ।’

निर्माण कम्पनीमा कर्पाेरेट कल्चर विकास हुनुपर्ने बताए । निर्माण कम्पनीको संख्या घटाएर क्षमता बढाउनुपर्ने उनले बताए । पछिल्लो समय कोरोना लगायतका कारण पनि ठेक्का रुग्ण भएको बताए ।

अब परियोजनाको लागत अनुमान गर्दा नै सामाजिक क्षेत्रमा हुने खर्चलाई पनि समावेश गर्नुपर्ने बताए । कतिपय अवस्थामा स्थानीयको माग सम्बोधन गर्दा पनि लागत बढ्न गई ठेक्का रुग्ण भएको उनले बताए ।

जथाभावी रुपमा ठेक्का तोडिएको भए निर्माण व्यवसायीले न्याय पाउने पनि उनले बताए । हालसम्म दुई अर्बको मात्रै ठेक्का तोडिएकाले निर्माण व्यवसायी आतिन नपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले राजासहितको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने माग गरेका छन्। काठमाडौंमा मंगलबार आयोजित सभामा सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले त्यसका लागि प्रधानमन्त्री सुशीला कार्कीले सर्वपक्षीय बैठक बोलाएर सहमति गराउनुपर्ने बताए। 'जनताले प्रत्यक्ष कार्यकारी प्रमुख चुन्न पाउने कुरा राम्रो हो। तर, प्रत्यक्ष निर्वाचित राष्ट्रपति खतरनाक हुन्छ। त्यो निरंकुश पनि बन्नसक्छ। त्यो ...
— फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसबाट सुर्खेत-१ मा पूर्णबहादुर खड्काको नाम सिफारिस गरिएको छ । कांग्रेस कार्यवाहक सभापति खड्काको नाम मात्र १ नम्बरबाट उम्मेदवार सिफारिस गरिएको हो । क्षेत्रीय कार्यसमिति बैठकले खड्काको नाम सर्वसम्मत सिफारिस गरेको हो । यस्तै सोही क्षेत्रबाट समानुपातिकतर्फ भने दुई जनाको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ सिफारिस हुनेमा नरबहादुर सोनी ...
: नेपाली सेनाले रसियामा बनेको एमआई १७ हेलिकोप्टर मर्मतका लागि प्रक्रिया अघि बढाएको छ। जंगी अड्डाले उक्त हेलिकोप्टर मर्मतका लागि रसिया पठाउने तयारी गरेको हो। रसियाली कम्पनीले नोभेम्बर पहिलो साता औपचारिक पत्र पठाएरै प्रस्ताव गरेपछि सेनाले हेलिकोप्टर मस्को पठाउने प्रारम्भिक तयारी गरेको छ। त्यसका लागि जंगी अड्डाका केही उच्च अधिकारीहरू लागिपरेका छन्। केही जर्नेलहरू रसियन कम्पनी ...
— ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री कुलमान घिसिङ र भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मंगलबार भएको भेटमा नेपाल–भारत ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रका सहकार्य, विद्युत् व्यापार तथा प्रसारण लाइन विस्तार, भारतीय सरकारी कम्पनीहरुको लगानीमा निर्माणाधीन आयोजनाको प्रगतिलगायतका विषयमा छलफल भएको थियो । ऊर्जा तथा जलस्रोत ...
अमेरिका-नेपाल टेक साझेदारी सुदृढ बनाउन 'स्केलिङ इन्नोभेसन्स' संवाद