मुख्य समाचार
गत २३ र २४ भदौमा भएको जेनजीहरूको प्रदर्शनका क्रममा सहिद भएकाहरूको सम्झनामा दीप प्रज्वलन
गत २३ र २४ भदौमा भएको जेनजीहरूको प्रदर्शनका क्रममा सहिद भएकाहरूको सम्झनामा दीप प्रज्वलन

: गत २३ र २४ भदौमा भएको जेनजीहरूको प्रदर्शनका क्रममा सहिद भएकाहरूको सम्झनामा दीप प्रज्वलन गरिएको छ।

मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि सहिदहरूको सम्झनामा सहिद परिवार, घाइते परिवार लगायत युवाहरूले दीप प्रज्वलन गरेका थिए। दीप प्रज्वलनमा गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङ र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता समेत सहभागी रहेका थिए।


दीप प्रज्वलनका क्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनमा दमन गर्नेहरूमाथि कारबाही गर्न दृढतापूर्वक सरकार अघि बढ्ने बताए। नेपालको राज्यप्रणालीका साथै दोषीलाई अन्तर्राष्ट्रिय रूपमा घेराबन्दी गर्ने उनले बताए।

गृहमन्त्री अर्यालले सरकारले गठन गरेको जाँचबुझ आयोगका साथै मानवअधिकार आयोगले कारबाही सिफारिस गर्ने व्यक्तिलाई समेत कारबाही हुने स्पष्ट पारे।

उनले जेनजी आन्दोलनपछि बनेको सरकार भ्रष्टाचार विरुद्ध निर्मम भएर अघि बढेको भन्दै अख्तियारले ठूला ठूला अनियमितता प्रकरणमा मुद्दा दर्ता गरेको जिकिर गरे। पर्दा पछाडि बसेर राज्य र नेताहरूलाई समेत नचाउने तत्वहरू पहिचान भइसकेको उनले बताए।

गृहमन्त्री अर्यालले जेनजी म्याण्डेड अनुसार सरकार अघि बढेको भन्दै जेनजी सहिद र घाइतेहरूको पक्षमा सरकारले काम गर्ने धारणा राखे। सरकारले जेनजी आन्दोलनका ४५ जना सहिदहरूलाई जेनजी सुशासन योद्धाका रुपमा सम्मान गर्ने निर्णय समेत गरिसकेको छ भने जिल्लास्तरीय शहीद सूचीमा राख्न गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन समेत दिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसबाट सुर्खेत-२ मा ६ जनाको नाम सिफारिस गरिएको छ । जिल्ला कार्यसमितिले सुर्खेत-२ का लागि ६ जनाको नाम अघि सारिएको क्षेत्रीय सभापति इन्द्रबहादुर रावलले जानकारी दिए । उनका अनुसार सिफारिस हुनेमा उपेन्द्र थापा, कलम खत्री, नारायण कोइराला, भिष्मराज हमाल, हृदयराम थानी र बसन्ती बस्नेत छन् । यस्तै समानुपातिकतर्फ गंगा ...
: फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ ९३ वटा दलले निर्वाचन आयोगमा निवेदन दिएका छन्। आयोगले शुक्रबार सूचना जारी गर्दै मंसिर २१ गते बिहान १० बजेदेखि २३ गते अपराह्न ४ बजेसम्म सो प्रणालीमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन पेस गर्न सूचना जारी गरेको थियो। अन्तिम दिनसम्म एकल र छुट्टाछुट्टै चुनावमा ...
— नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई)का राजदूत अब्दुला साएद मुवारक जर्वान अल सम्सीले नेपालको जल संरक्षणमा यूएई सहयोग गर्न तयार भएको बताएका छन् । ‘नेपालसँग हातेमालो गर्दै जलको संरक्षण, विपद्–व्यवस्थापन र समृद्धिको यात्रामा सहयोग गर्न यूएई प्रतिबद्ध छ,’ मंगलबार यूएई दूतावासद्वारा आयोजित जल संरक्षणसम्बन्धी नीति सवांदलाई सम्बोधन गर्दै उनले भने,‘ विश्वभर बढ्दो जल संकट, जलस्रोतको ...
: आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि पर्साका चारवटै निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका क्षेत्रीय कार्यसमितिले प्रत्यक्षतर्फका लागि सिफारिस गरेका प्रायः सबै उम्मेदवार पुराना अनुहारका छन्। पर्सा क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फको उम्मेदवारका लागि कांग्रेस केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अनिल रुंगटाको एकल नाम क्षेत्रीय कार्यसमितिले सिफारिस गरेको छ। रुंगटालाई कांग्रेस दोस्रो संविधानसभा निर्वाचनमा ...
— नाबालिकलाई जबरजस्ती करणी गरेको मुद्दामा एमाले नेता शिवशंकर साह हिरा पक्राउ परेका छन् । मंगलबार साँझ भारतको सीतामढीबाट एमाले नेता हिरालाई पक्राउ गरेर धनुषा प्रहरीलाई जीमा लगाइएको छ । विवाहपञ्चमीलगत्तै जनकपुरधामको एक होटलमा बालिकालाई उनीसहित चार जनाले जबरजस्ती गरेको आरोप छ । सोही मुद्दामा हिराका भाइ मनोज साह केही दिनअघि काठमाडौंबाट पक्राउ परेका ...