मुख्य समाचार
निर्वाचनका लागि सर्लाही निर्वाचन क्षेत्र ४ बाट कांग्रेस महामन्त्री गगन थापाको नाम सिफारिस
निर्वाचनका लागि सर्लाही निर्वाचन क्षेत्र ४ बाट कांग्रेस महामन्त्री गगन थापाको नाम सिफारिस

— आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाही निर्वाचन क्षेत्र ४ बाट कांग्रेस महामन्त्री गगन थापाको नाम सिफारिस भएको छ ।

थापाले सर्लाहीबाट चुनाव नलड्ने उद्घोष गरे पनि उनको नाम सिफारिस गरिएको हो ।

क्षेत्र नं. ४ को बैठकले भने प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ पार्टीका महामन्त्री गगनकुमार थापा र अहिले प्रदेशसभा सदस्य रहेका वीरन्द्रप्रसाद सिंहको नाम सिफारिस गरेको छ । महामन्त्री थापाले ४ दिनअघि मात्र सदरमुकाम मलंगवामा पत्रकारसँग कुरा गर्दै आफू काठमाडौंबाटै चुनाव लड्ने बताएका थिए ।

थापाले त्यसो भन्दा भन्दै यहाँबाट नाम सिफारिस हुनु र उनी आफै पनि निरन्तर ४ नं. क्षेत्रमा विभिन्न बहानामा नेता, कार्यकर्तासँग भेट गर्न आइरहेकाले चुनाव लड्न सर्लाही आउन सक्ने पनि आंकलन भइरहेका छन् ।

यसअघिका प्रतिनिधि सभा निर्वाचनमा पनि सर्लाही क्षेत्र ४ बाट महामन्त्री थापाको नाम सिफारिस भइ चुनाव लड्ने आउने भनिए पनि अन्तिम अवस्थामा पछि हटेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा यति होल्डिङ्सअन्तर्गतको थामसेर्कु ट्रेकिङ प्रालिलाई ३० वर्षका लागि लिजमा दिँदा अनियमितता गरेको आरोपमा पूर्वसचिव अर्जुनकुममार कार्की पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले कार्कीलाई पक्राउ गरेको हो । यसअघि लिज सम्झौतामा हस्ताक्षर गर्ने ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्की पक्राउ परिसकेका छन् । सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठका ...
— गत भदौ २४ गतेको प्रदर्शनका क्रममा विभिन्न कार्यालय र सार्वजनिक सम्पत्ति तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा इलाम प्रहरीले १५ जनालाई पक्राउ गरेको छ । तोडफोड र आगजनीमा संलग्न रहेको अभियोग लागेका उनीहरु इलामदेखि ताप्लेजुङ, झापासम्मका नागरिक छन् । पक्राउ पर्नेमा इलाम–९ का राप्रपा नेता टीकाराम चौहान पनि रहेका छन् । इलाम प्रहरीका अनुसार इलाम–७ का ...
: गोलन्जोर गाउँपालिकाको आयोजनामा मंगलबारबाट जिल्लामै पहिलो पटक जुनार मेला सुरु भएको छ। गोलन्जोर गाउँपालिका–४ तीनकन्या स्थित माझकुभिन्डेमा बागमती प्रदेशका कृषि तथा पशुपन्छीमन्त्री मधुसूदन पौडेल, उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठलगायतले मेलाको संयुक्त रूपमा उद्घाटन गरे। जुनारको राजधानीका रूपमा चिनिएको सिन्धुलीको गोलन्जोर गाउँपालिका-४ माझ कुभिन्डेमा तीन दिनसम्म आयोजना हुने जुनार मेलामा जुनारको प्रचारप्रसार तथा व्यवस्थित ...
— ब्रेक प्याडभित्र लुकाएर तस्करी भएको ६० किलो सुन तस्करी प्रकरणमा जोडिएका १४ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानका आधारमा जीवन चलाउनेसहित १२ जना, सेयर, घर जग्गा जफतका लागि थप २ जना र दुई कम्पनीविरुद्ध मुद्दा दायर भएको हो । जिल्ला अदालत, काठमाडौंमा दर्ता भएको मुद्दामा चिनियाँ नागरिक ...
: फागुन २१ मा हुने निर्वाचनका लागि पाल्पा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ सन्दीप रानाको नाम सर्वसम्मत सिफारिस भएको छ। उम्मेदवार सिफारिसका लागि नेपाली कांग्रेस पाल्पा क्षेत्र नं १ को क्षेत्रीय समितिको बैठकले रामपुर नगरपालिका-७ का रानाको नाम सर्वसम्मत सिफारिस गरेको सचिव सन्तोष कुमार थापाले बताए। क्षेत्रीय सभापति झमन राजमगरको सभापतित्वमा रम्भा गाउँपालिकाको ताहुमा बसेको ...