मुख्य समाचार
गृहमन्त्री ओमप्रकाश अर्यालसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिवमुनु महावरले शिष्टाचार भेटवार्ता
गृहमन्त्री ओमप्रकाश अर्यालसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिवमुनु महावरले शिष्टाचार भेटवार्ता

: गृहमन्त्री ओमप्रकाश अर्यालसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिवमुनु महावरले शिष्टाचार भेटवार्ता गरेका छन्। गृह मन्त्रालयमा मंगलबार भएको भेटमा उनीहरूबीच नेपाल-भारतबीच कायम रहेको द्विपक्षीय सम्बन्ध र आपसी हितका बारेमा कुराकानी भएको गृहमन्त्रालयले जनाएको छ।


भेटका क्रममा गृहमन्त्री अर्याल र महावरबीच आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको थियो। छलफलका क्रममा महावरले प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न गर्न भारतको पूर्ण सहयोग रहने बताए। निर्वाचनका लागि आवश्यक पर्ने स्रोत साधन र सुरक्षा निकायलाई आवश्यक पर्ने बन्दोबस्त सामग्रीका सुनिश्चितता गर्नेबारे पनि अतिरिक्त सचिव महावरले प्रतिबद्धता व्यक्त गरे।


यसैगरी भेटमा महावरले जाजरकोट भूकम्पपछिको पुनर्निर्माण तथा विभिन्न विपदबाट क्षति भएका संरचनाहरूको पुनर्स्थापना र व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता जनाए।

भैरहवामा निर्माण हुँदै गरेको एकीकृत जाँच चौकीको निर्माण र नेपालमा भारतीय लगानीमा सञ्चालित परियोजनालाई समयमै सम्पन्न गर्न सघाउने उनले बताए। यस्तै भेटमा अतिरिक्त सचिव महावरले गृहमन्त्री अर्याललाई उपयुक्त समयमा भारत भ्रमणको निम्तो समेत दिएका थिए।

भेटकै क्रममा गृहमन्त्री मन्त्री अर्यालले दोधारा-चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाह निर्माणको कामलाई पनि तीव्रता दिनुपर्नेमा चासो व्यक्त गरेका थिए। गृहमन्त्री अर्यालले सरकार सुशासन,कानुन कार्यान्वयन, सेवा प्रवाह र जनताको अमन चयन र अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको बताए ।

सीमा क्षेत्रमा हुने अपराध,चोरी डकैती,अवैध वस्तु व्यापारको ओसारपसारमा नियन्त्रण र आपराधिक गतिविधि नियन्त्रण गर्नका लागि दुवै पक्षका सुरक्षा निकायहरूको क्षमता अभिवृद्धि गर्ने, काउन्टर पार्टहरूमा सूचना आदानप्रदान प्रभावकारी बनाउनु पर्नेमा जोड दिए।

यस्तै मन्त्री अर्यालले काभ्रेको पनौतीमा बन्दै गरेको नेपाल प्रहरी प्रतिष्ठानको निर्माण कार्यलाई दुवै पक्षबाट तीव्रता दिनुपर्नेमा जोड दिएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा यति होल्डिङ्सअन्तर्गतको थामसेर्कु ट्रेकिङ प्रालिलाई ३० वर्षका लागि लिजमा दिँदा अनियमितता गरेको आरोपमा पूर्वसचिव अर्जुनकुममार कार्की पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले कार्कीलाई पक्राउ गरेको हो । यसअघि लिज सम्झौतामा हस्ताक्षर गर्ने ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्की पक्राउ परिसकेका छन् । सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठका ...
— गत भदौ २४ गतेको प्रदर्शनका क्रममा विभिन्न कार्यालय र सार्वजनिक सम्पत्ति तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा इलाम प्रहरीले १५ जनालाई पक्राउ गरेको छ । तोडफोड र आगजनीमा संलग्न रहेको अभियोग लागेका उनीहरु इलामदेखि ताप्लेजुङ, झापासम्मका नागरिक छन् । पक्राउ पर्नेमा इलाम–९ का राप्रपा नेता टीकाराम चौहान पनि रहेका छन् । इलाम प्रहरीका अनुसार इलाम–७ का ...
: गोलन्जोर गाउँपालिकाको आयोजनामा मंगलबारबाट जिल्लामै पहिलो पटक जुनार मेला सुरु भएको छ। गोलन्जोर गाउँपालिका–४ तीनकन्या स्थित माझकुभिन्डेमा बागमती प्रदेशका कृषि तथा पशुपन्छीमन्त्री मधुसूदन पौडेल, उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठलगायतले मेलाको संयुक्त रूपमा उद्घाटन गरे। जुनारको राजधानीका रूपमा चिनिएको सिन्धुलीको गोलन्जोर गाउँपालिका-४ माझ कुभिन्डेमा तीन दिनसम्म आयोजना हुने जुनार मेलामा जुनारको प्रचारप्रसार तथा व्यवस्थित ...
— ब्रेक प्याडभित्र लुकाएर तस्करी भएको ६० किलो सुन तस्करी प्रकरणमा जोडिएका १४ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानका आधारमा जीवन चलाउनेसहित १२ जना, सेयर, घर जग्गा जफतका लागि थप २ जना र दुई कम्पनीविरुद्ध मुद्दा दायर भएको हो । जिल्ला अदालत, काठमाडौंमा दर्ता भएको मुद्दामा चिनियाँ नागरिक ...
: फागुन २१ मा हुने निर्वाचनका लागि पाल्पा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ सन्दीप रानाको नाम सर्वसम्मत सिफारिस भएको छ। उम्मेदवार सिफारिसका लागि नेपाली कांग्रेस पाल्पा क्षेत्र नं १ को क्षेत्रीय समितिको बैठकले रामपुर नगरपालिका-७ का रानाको नाम सर्वसम्मत सिफारिस गरेको सचिव सन्तोष कुमार थापाले बताए। क्षेत्रीय सभापति झमन राजमगरको सभापतित्वमा रम्भा गाउँपालिकाको ताहुमा बसेको ...