— फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसबाट सुर्खेत-१ मा पूर्णबहादुर खड्काको नाम सिफारिस गरिएको छ । कांग्रेस कार्यवाहक सभापति खड्काको नाम मात्र १ नम्बरबाट उम्मेदवार सिफारिस गरिएको हो ।
क्षेत्रीय कार्यसमिति बैठकले खड्काको नाम सर्वसम्मत सिफारिस गरेको हो ।
यस्तै सोही क्षेत्रबाट समानुपातिकतर्फ भने दुई जनाको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ सिफारिस हुनेमा नरबहादुर सोनी र भिमा मल्ल छन् ।