मुख्य समाचार
नेपाल क्रिकेट संघ (क्यान)ले एसिया कप खेल्ने नेपाली पुरुष यू–१९ टिमको घोषणा
नेपाल क्रिकेट संघ (क्यान)ले एसिया कप खेल्ने नेपाली पुरुष यू–१९ टिमको घोषणा

: नेपाल क्रिकेट संघ (क्यान)ले एसिया कप खेल्ने नेपाली पुरुष यू–१९ टिमको घोषणा गरेको छ। क्यानले अशोक धामीको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो।

टिममा अशोक धामी (कप्तान), निरज यादव (उपकप्तान), दिलसाद अली, अभिषेक तिवारी, किब्रिन श्रेष्ठ, सहिल पटेल, दयानन्द मण्डल, निश्चल क्षेत्री, आशिष लहार, नितेश पटेल, चन्दन राम, रोशन विक, विपिन शर्मा, भान्स क्षेत्री र युवराज खत्री छन्।

एकदिवसीय फर्म्याटमा हुने एसीसी यू–१९ एसिया कपमा नेपाल समूह ʻबीʼमा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन्। नेपालले डिसेम्बर १३ मा पहिलो खेल श्रीलंकासँग खेल्ने छ भने डिसेम्बर १५ मा दोस्रो खेल बंगलादेशसँग र डिसेम्बर १७ मा तेस्रो खेल अफगानिस्तानसँग खेल्ने छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली यू-१९ महिला क्रिकेट टोलीले चीनमा आयोजित ‘बेल्ट एन्ड रोड सिरिज’ को उपाधि जितेको छ । हङकङसँगको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो । चार टोली सहभागी प्रतियोगितामा नेपालले खेलेका ६ मध्ये चार खेलमा जित निकाल्यो भने दुई खेल वर्षाका कारण नतिजाविहीन बने । नेपालले पहिलो खेलमा थाइल्यान्डलाई ७ विकेटले ...
। ओमानमा भइरहेको एसीसी यू-१९ एसिया कपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । आइतबार भएको खेलमा नेपाल यूएईसँग ७ विकेटले पराजित भएको हो । नेपालले दिएको १५४ रनको लक्ष्य यूएईले ३४.४ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान अयान मिसबाहले अविजित रहेर ७५ रन बनाए । यायिन राइले ३२ तथा अहमद खुदादले २४ रन ...
। १०औं राष्ट्रिय खेलकुदमा सूदूरपश्चिम प्रदेशबाट ७४४ खेलाडी सहभागी हुने भएका छन् । १०औं खेलकुदमा सूदुरपश्चिमले ३० खेलमा प्रतिस्पर्धा गर्ने प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लोकबहादुर खड्काले जानकारी दिए । उनका अनुसार प्रदेश छनोट प्रतियोगिता कात्तिक २८ देखि मंसिर १ गतेसम्म हुनेछ । साइक्लिङ, टेनिस, पौडी, सेपाकताक्रो र हक्कीमा छनोटविनै खेलाडीहरुले १०औं खेल्नेछन् । बाँकी खेलमा भने छनोट ...
: आईसीसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्लेअफको खेलतालिका सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले शुक्रबार सार्वजनिक गरेको खेलतालिकाअनुसार घरेलु टोली नेपालले प्रतियोगिताको उद्घाटन खेलमा इटालीसँग प्रतिस्पर्धा गर्ने भएको छ। प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ तारिखसम्म नेपालमा आयोजना हुँदैछ। जसमा नेपालसहित आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। नेपालले डिसेम्बर ४ मा कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ...
: सन्धिखर्क नगरपालिकाको आयोजनामा लुम्बिनी प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ। मंसिर १० गतेदेखि सञ्चालन हुने प्रतियोगितामा प्रदेशका १२ वटै जिल्लाका टिमले सहभागिता जनाउने भएका छन्। सन्धिखर्क नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले प्रतियोगिता अर्घाखाँचीमा हालसम्मकै सर्वाधिक पुरस्कार राशि भएको भलिबल प्रतियोगिताका रूपमा आयोजना गर्न लागिएको जानकारी दिएका छन्। प्रतियोगितामा प्रथम हुने ...