मुख्य समाचार
जिल्लामै पहिलो पटक जुनार मेला सुरु
जिल्लामै पहिलो पटक जुनार मेला सुरु

: गोलन्जोर गाउँपालिकाको आयोजनामा मंगलबारबाट जिल्लामै पहिलो पटक जुनार मेला सुरु भएको छ। गोलन्जोर गाउँपालिका–४ तीनकन्या स्थित माझकुभिन्डेमा बागमती प्रदेशका कृषि तथा पशुपन्छीमन्त्री मधुसूदन पौडेल, उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठलगायतले मेलाको संयुक्त रूपमा उद्घाटन गरे।

जुनारको राजधानीका रूपमा चिनिएको सिन्धुलीको गोलन्जोर गाउँपालिका-४ माझ कुभिन्डेमा तीन दिनसम्म आयोजना हुने जुनार मेलामा जुनारको प्रचारप्रसार तथा व्यवस्थित कृषि सडकको आवश्यकताबारे प्रदेश र केन्द्र सरकारको ध्यानाकर्षण गराइएको छ।


गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले सिन्धुली जिल्लाकै पहिचान र गोलन्जोर गाउँपालिकाको गौरवका रूपमा रहेको जुनार बजारसम्म पहुँच विस्तार गर्न आवश्यक रहेको बताए।

बागमती प्रदेशका १ सय १९ पालिकामध्ये कृषि क्षेत्रबाट सबैभन्दा बढी आम्दानी लिने पालिका गोलन्जोर भएको उल्लेख गरे। संघ र प्रदेश सरकारले सडकलगायत क्षेत्रमा सहयोग गरे गोलन्जोरका नागरिकहरू जुनारबाटै आत्मनिर्भर बन्न सक्ने उनको विश्वास छ।

जुनार उत्पादन क्षेत्रमा व्यवस्थित सडक नहुँदा बजारसम्म लैजाने क्रममा छिट्टै कुहिएर नष्ट हुने किसानको गुनासो छ। जुनार मेलामा झाँकी, र्‍यालीसहित जुनार बगैंचाको अवलोकन, कृषक र कृषि विज्ञबीच वार्तालाप, कृषक सम्मान कार्यक्रम तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिने छ।

महोत्सवमा किसानहरूले जुनारबाट निर्मित जुस, स्क्वास, जाम, जेली, क्यान्डीलगायत खाद्यवस्तु प्रदर्शनी तथा बिक्रीमा राखिएको छ। गत आर्थिक वर्ष २०८१/०८२ को तथ्यांकअनुसार सिन्धुली जिल्लामा १ हजार १ सय १३ हेक्टर जमिनमा जुनार खेती गरिँदै आएको छ। त्यसमध्ये ६ सय ५० हेक्टरमा व्यावसायिक उत्पादन हुँदै आएको छ। जिल्लामा १३.०३ मेक्ट्रिक टन जुनार प्रतिहेक्टरका दरले करिब ९ हजार १ सय २१ मेक्ट्रिक टन जुनार उत्पादन हुने गरेको तथ्यांकमा उल्लेख गरिएको छ।

गोलन्जोर गाउँपालिकाको १ देखि ७ नम्बर वडामै जुनारको खेती हुँदै आएको छ। त्यसमध्ये सबैभन्दा बढी गोलन्जोर गाउँपालिका–४ को तीनकन्या स्थित माझकुभिन्डे, मालिंगे, आलेडाँडा, डाँडागाउँलगायतका क्षेत्रमा हुने जुनारको उत्पादन हुने गरेको छ। गोलन्जोर क्षेत्रलाई सरकारले जुनार खेतीको ‘सुपर जोन’ घोषणा गरिसकेको छ। जिल्लामा उत्पादन हुने जुनारमध्ये ३१.८३ प्रतिशत जुनार विभिन्न रोग किराको संक्रमणले क्षति हुने गरेको छ।

गोलन्जोर गाउँपालिकामा जुनार उत्पादनबाट मात्र कृषकहरूले वार्षिक ३४ करोड १९ लाख ९० हजार रुपैयाँ आम्दानी लिने गरेका छन्। जुनार खेतीमा गोलन्जोरका मात्र २ हजार ७ सय ५० जना कृषकहरू प्रत्यक्ष रूपमा संलग्न रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: महोत्तरीमा नापी सर्वेक्षक घुस रकमसहित पक्राउ परेका छन्। बर्दिबासस्थित नापी कार्यालयमा कार्यरत नापी सर्वेक्षक शिवकुमार साह सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ परेका हुन्। एक सेवाग्राहीसँग लिएको १ लाख रुपैयाँ घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टिमले उनलाई पक्राउ गरेको हो। जग्गा ट्रायलका लागि निवेदन दिएका सेवाग्राहीसँग लामो समयदेखि घुस रकमका लागि बार्गेनिङ ...
: सवारी ज्यान मुद्दाका फरार प्रतिवादी १९ वर्षपछि पक्राउ भक्तपुरबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ का ५२ वर्षीय यमनाथ चालिसे(राजन) रहेका छन्। २६ जेठ २०६५ मा मध्यपुर ठिमी नगरपालिका–२ सानोठिमीस्थित सडक खण्डमा सवारी दुर्घटना गराएर चालिसे फरार रहेका थिए। मगंलबार प्रहरी वृत ठिमीबाट खटिएको प्रहरी टोलिले उनलाई फक्राउ गरेको हो। उनीमाथि थप ...
: मकवानपुरमा भएका गाडी दुर्घटनामा परी मृत्यु भएका चारै जनाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा धनुषाका ४३ वर्षीय सुरज भट्टराई, पर्साका ४४ वर्षीय भुवनेश्वर साह कानु, नवलपरासी पूर्वको कावासोतीका २४ वर्षीय नरबहादुर सिंह र बाराका ३२ वर्षीय सरफरोस मियाँ रहेका छन्। यस्तै घाइते हुनेहरुमा हेटौँडाकी कल्पना तामाङ, बाराकी २१ वर्षीया ...
: डोटीको सेती नदीमा हाम फालेर एक किशोरी बेपत्ता भएकी छन्। दिपायल सिलगढी नगरपालिका–६ नाचनथलीकी २२ वर्षीय प्रिंयका श्रेष्ठले मंगलबार बेलुकी ५ बजेतिर दिपायलस्थित झोलुङ्गे पुलबाट सेतीमा हाम फालेर बेपत्ता भएकी जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। घटनाबारे स्थानीयबाट जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दिपायलबाट प्रहरी नायब निरीक्षक डम्बरबहादुर कठायतको कमाण्डमा १० जनाको प्रहरी टोली ...
: सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडकखण्डको पाल्पाको तिनाउ गाउँपालिका–३ माथिल्लो सिद्धबाबा मन्दिर (झरना) नजिकै गुडिरहेको कारमा ढुंगा खस्दा २ जना घाइते भएका छन्। बा २० च ३९९९ कारमा ढुंगा खस्दा कारको पछाडीको भागमा पूर्ण रूपमा क्षति भएको छ । घाईते हुनेमा बुटवल उपमहानगर पालिका–७ का ४७ बर्षिय जुलन गैरे र बुटवल उपमहानगर ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम