मुख्य समाचार
जिल्लामै पहिलो पटक जुनार मेला सुरु
जिल्लामै पहिलो पटक जुनार मेला सुरु

: गोलन्जोर गाउँपालिकाको आयोजनामा मंगलबारबाट जिल्लामै पहिलो पटक जुनार मेला सुरु भएको छ। गोलन्जोर गाउँपालिका–४ तीनकन्या स्थित माझकुभिन्डेमा बागमती प्रदेशका कृषि तथा पशुपन्छीमन्त्री मधुसूदन पौडेल, उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठलगायतले मेलाको संयुक्त रूपमा उद्घाटन गरे।

जुनारको राजधानीका रूपमा चिनिएको सिन्धुलीको गोलन्जोर गाउँपालिका-४ माझ कुभिन्डेमा तीन दिनसम्म आयोजना हुने जुनार मेलामा जुनारको प्रचारप्रसार तथा व्यवस्थित कृषि सडकको आवश्यकताबारे प्रदेश र केन्द्र सरकारको ध्यानाकर्षण गराइएको छ।


गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले सिन्धुली जिल्लाकै पहिचान र गोलन्जोर गाउँपालिकाको गौरवका रूपमा रहेको जुनार बजारसम्म पहुँच विस्तार गर्न आवश्यक रहेको बताए।

बागमती प्रदेशका १ सय १९ पालिकामध्ये कृषि क्षेत्रबाट सबैभन्दा बढी आम्दानी लिने पालिका गोलन्जोर भएको उल्लेख गरे। संघ र प्रदेश सरकारले सडकलगायत क्षेत्रमा सहयोग गरे गोलन्जोरका नागरिकहरू जुनारबाटै आत्मनिर्भर बन्न सक्ने उनको विश्वास छ।

जुनार उत्पादन क्षेत्रमा व्यवस्थित सडक नहुँदा बजारसम्म लैजाने क्रममा छिट्टै कुहिएर नष्ट हुने किसानको गुनासो छ। जुनार मेलामा झाँकी, र्‍यालीसहित जुनार बगैंचाको अवलोकन, कृषक र कृषि विज्ञबीच वार्तालाप, कृषक सम्मान कार्यक्रम तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिने छ।

महोत्सवमा किसानहरूले जुनारबाट निर्मित जुस, स्क्वास, जाम, जेली, क्यान्डीलगायत खाद्यवस्तु प्रदर्शनी तथा बिक्रीमा राखिएको छ। गत आर्थिक वर्ष २०८१/०८२ को तथ्यांकअनुसार सिन्धुली जिल्लामा १ हजार १ सय १३ हेक्टर जमिनमा जुनार खेती गरिँदै आएको छ। त्यसमध्ये ६ सय ५० हेक्टरमा व्यावसायिक उत्पादन हुँदै आएको छ। जिल्लामा १३.०३ मेक्ट्रिक टन जुनार प्रतिहेक्टरका दरले करिब ९ हजार १ सय २१ मेक्ट्रिक टन जुनार उत्पादन हुने गरेको तथ्यांकमा उल्लेख गरिएको छ।

गोलन्जोर गाउँपालिकाको १ देखि ७ नम्बर वडामै जुनारको खेती हुँदै आएको छ। त्यसमध्ये सबैभन्दा बढी गोलन्जोर गाउँपालिका–४ को तीनकन्या स्थित माझकुभिन्डे, मालिंगे, आलेडाँडा, डाँडागाउँलगायतका क्षेत्रमा हुने जुनारको उत्पादन हुने गरेको छ। गोलन्जोर क्षेत्रलाई सरकारले जुनार खेतीको ‘सुपर जोन’ घोषणा गरिसकेको छ। जिल्लामा उत्पादन हुने जुनारमध्ये ३१.८३ प्रतिशत जुनार विभिन्न रोग किराको संक्रमणले क्षति हुने गरेको छ।

गोलन्जोर गाउँपालिकामा जुनार उत्पादनबाट मात्र कृषकहरूले वार्षिक ३४ करोड १९ लाख ९० हजार रुपैयाँ आम्दानी लिने गरेका छन्। जुनार खेतीमा गोलन्जोरका मात्र २ हजार ७ सय ५० जना कृषकहरू प्रत्यक्ष रूपमा संलग्न रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुन:स्थापित गरिदिएसँगै हितेन्द्रदेव शाक्यले घर जलेर आहत भएको बेला राहत पाएको बताएका छन् । शाक्यले अदालतको निर्णयको प्रतिलिपि पाएसँगै आफू प्राधिकरणमा पदाबहाली गर्न जाने समेत बताए । 'चार वर्षदेखि सुनुवाइ भइरहेको मेरो पुरानोसहितको मुद्दा हो,' उनले भने, '३१/३२ पटक पेशी तोकिए पनि सुनुवाइ नभएको मुद्दामा ४ वर्षपछि यसपटक ...
— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेस बैतडीले जिल्लाबाट उम्मेदवार सिफारिस गरेको छ । बैतडी सदरमुकाममा सम्पन्न जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि तथा प्रदेश प्रतिनिधिहरूको संयुक्त बैठकले मतदान प्रक्रियाबाट उम्मेदवार सिफारिस गरेको हो । पार्टीको केन्द्रीय निर्देशनअनुसार सहमतिबाट उम्मेदवार सिफारिस नटुंगिएपछि मत विभाजनबाट चयन गरिएको हो । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारका लागि ६ जना ...
— दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा यति होल्डिङ्सअन्तर्गतको थामसेर्कु ट्रेकिङ प्रालिलाई ३० वर्षका लागि लिजमा दिँदा अनियमितता गरेको आरोपमा पूर्वसचिव अर्जुनकुममार कार्की पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले कार्कीलाई पक्राउ गरेको हो । यसअघि लिज सम्झौतामा हस्ताक्षर गर्ने ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्की पक्राउ परिसकेका छन् । सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठका ...
— गत भदौ २४ गतेको प्रदर्शनका क्रममा विभिन्न कार्यालय र सार्वजनिक सम्पत्ति तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा इलाम प्रहरीले १५ जनालाई पक्राउ गरेको छ । तोडफोड र आगजनीमा संलग्न रहेको अभियोग लागेका उनीहरु इलामदेखि ताप्लेजुङ, झापासम्मका नागरिक छन् । पक्राउ पर्नेमा इलाम–९ का राप्रपा नेता टीकाराम चौहान पनि रहेका छन् । इलाम प्रहरीका अनुसार इलाम–७ का ...
— ब्रेक प्याडभित्र लुकाएर तस्करी भएको ६० किलो सुन तस्करी प्रकरणमा जोडिएका १४ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानका आधारमा जीवन चलाउनेसहित १२ जना, सेयर, घर जग्गा जफतका लागि थप २ जना र दुई कम्पनीविरुद्ध मुद्दा दायर भएको हो । जिल्ला अदालत, काठमाडौंमा दर्ता भएको मुद्दामा चिनियाँ नागरिक ...