मुख्य समाचार
गौतम बुद्ध क्रिकेट रंगशाला : रकम भुक्तानीबारे खेलकुदमन्त्रीसँग भरतपुर महानगरले गर्‍यो छलफल
गौतम बुद्ध क्रिकेट रंगशाला : रकम भुक्तानीबारे खेलकुदमन्त्रीसँग भरतपुर महानगरले गर्‍यो छलफल

— धुर्मुस सुन्तली फाउन्डेसनले भरतपुरमा क्रिकेट रंगशाला निर्माण गर्दा लागेको ऋण रकम भुक्तानीका विषयमा मंगलबार भरतपुर महानगरपालिकाको टोलीले काठमाडौंमा खेलकुद मन्त्री बब्लु गुप्तासँग छलफल गरेको छ ।



फाउन्डेसन र महानगरबीच २०७५ माघ १६ मा भएको सहमतिअनुसार रामपुरमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको निर्माण सुरू भएको थियो । फाउन्डेसनले आर्थिक स्रोत जुटाएर महानगरले उपलब्ध गराएको जग्गामा रंगशाला बनाउने सहमति थियो ।

तर आर्थिक स्रोत जुट्न सम्भव नभएको र धेरै ऋण लागेको भन्दै फाउन्डेसन रंगशाला निर्माणबाट अलग भएपछि महानगरले रंगशाला निर्माणको जिम्मा लिएको छ । त्यो बेला फाउन्डेसनलाई लागेको ऋण १८ करोड रूपैयाँ रहे पनि संघीय सरकारले फाउन्डेसनको ऋण चुक्ता गर्नका लागि महानगरपालिकालाई १५ करोड रूपैयाँ बजेट सुनिश्चित गरेको छ । सिर्जित सम्पत्त्ति खरिद शीर्षकमा आएको सो रकम भुक्तान गर्न कानुनी आधार नभएको महानगरले जिकिर गर्दै आएको छ ।

'भुक्तानीको कानुनी आधार र विधिका बारेमा छलफल गर्न महानगरको टोली काठमाडौं आएको हो,' महानगर मेयर रेनु दाहालले भनिन् । भेटमा भएको छलफलमा खेलकुदमन्त्री गुप्ताले मन्त्रालयमा आन्तरिक छलफल गरेर भुक्तानी विधि निकाल्ने मनसाय व्यक्त गरेको मेयर दाहालले बताइन् ।

महानगरको टोलीले मुख्य सचिव सुमनराज अर्यालसँग पनि छलफल गरेको छ । महानगरले सिधै फाउन्डेसनले अनुदानस्वरूप बजेट उपलब्ध गराए सहज हुने धारणा राख्दै आएको छ ।

'हामीले प्रधानमन्त्रीसहित सरोकारवालाहरूको संयुक्त बैठक राखौं र उपाए खोजौं पनि भन्यौं । उहाँहरूले त्यसो नगरौं उपाय निकालौंला भन्नु भएको छ । त्यसैले हामी आशावादी भएका छौं,' मेयर दाहालले भनिन् ।

अहिलेको अवस्थामा फाउन्डेसनलाई ऋण रकम भुक्तानीका लागि कानुनी आधार टेक्ने विधि र नजिर नभएको हुँदा अफ्ठ्यारो परेको सबैले स्वीकार गरेको हुँदा केही उपाय पक्कै निस्कने उनले बताइन् । 'संघीय सरकारले हामीलाई बजेट उपलब्ध गराएपछि कार्यन्वयन किन भएन भनेर हामीमाथि प्रश्न उठेको छ । तर यो विषय विद्यमान ऐन नियममा प्रष्ट नभएको हुँदा अफ्ठ्यारो परेको बुझ्नेहरूले बुझेका छन् । हामी यही अफ्ठ्यारो फुकाउने उद्देश्यले आएका हौं,' मेयर दाहालले भनिन् ।


मेयर दाहालसँगै उपमेयर चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल पनि भेटघाटमा सहभागी थिए । खेलकुदमन्त्री गुप्ता र मुख्य सचिव अर्यालसँग विस्तृत र अर्थ मन्त्रालयका सचिवसँग पनि संक्षिप्त कुराकानी भएको दाहालले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम