मुख्य समाचार
युक्रेनले रूसलाई भूमि सुम्पिने सम्झौता गर्नबाट बच्न खोज्दै ह्वाइट हाउसलाई संशोधित शान्ति योजना प्रस्तुत गर्ने तयारी
युक्रेनले रूसलाई भूमि सुम्पिने सम्झौता गर्नबाट बच्न खोज्दै ह्वाइट हाउसलाई संशोधित शान्ति योजना प्रस्तुत गर्ने तयारी

: युक्रेनले रूसलाई भूमि सुम्पिने सम्झौता गर्नबाट बच्न खोज्दै ह्वाइट हाउसलाई संशोधित शान्ति योजना प्रस्तुत गर्ने तयारी गरिरहेको छ । राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले फेरि भूमि सुम्पिने कुरा अस्वीकार गरेपछि किभले विकल्पहरू प्रस्ताव गर्ने तयारी गरेको हो । उनले युक्रेनी वा अन्तर्राष्ट्रिय कानुनअन्तर्गत त्यसो गर्ने अधिकार नभएको पनि जनाएका छन् ।


उनको टोलीले चाँडै नै अमेरिकीहरूलाई नयाँ प्रस्ताव पठाउन सक्ने युक्रेनी राष्ट्रपतिले एक पत्रकार सम्मेलनमा जनाए । सोमबार युरोपेली र नेटो नेताहरूसँगको भेटपछि उनले यी टिप्पणी गरेका हुन् । यसैबीच, उत्तर–पश्चिम युक्रेनको सुमी सहर रुसी ड्रोन आक्रमण पछि रातभर बिजुलीविहीन भएको थियो ।


क्षेत्रका गभर्नरले भने कि एक दर्जनभन्दा बढी ड्रोनहरूले विद्युत् पूर्वाधारमा प्रहार गरेका छन्, जुन रुसको रात्रिकालीन आक्रमणहरूमा पछिल्लो हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको निर्वाचनबारे आफूले प्रतिक्रिया दिएपछि माहोल बदलिएको दाबी गरेका छन् । ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले यस्तो दाबी गरेका हुन् । ‘जब मैले बीबी(बेन्जामिन) नेतान्याहुलाई समर्थन गरँे, त्यसपछि पूरा परिस्थिति नै बदलियो,’ ट्रम्पले लेखेका छन्, ‘अहिले एक महान् प्रधानमन्त्रीले निर्णायक हार बेहोर्ने अवस्थाको सट्टा पछि परेको स्थितिबाट ठूलो पुनरागमन गर्दै बराबरीको प्रतिस्पर्धामा ...
। बेलायतका विश्वविद्यालयमा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अब आफूसँग जीवनयापन खर्च पर्याप्त रहेको प्रमाणित 
गर्नुपर्ने भएको छ । बेलायतको गृह मन्त्रालयले आगामी ३० नोभेम्बरदेखि विद्यार्थी भिजा आवेदन दिने अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि आर्थिक मापदण्ड बढाउने भएको हो । लन्डनभित्र वा बाहिर अध्ययन गर्ने आवेदकहरूले अब बेलायतमा आफ्नो जीवनयापन खर्च धान्न पहिलेभन्दा बढी रकम आफूसँग भएको देखाउनुपर्नेछ। हाल लन्डनमा ...
: स्पेनमा दुई तीव्र गतिका रेल एकआपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। रोयटर्सका अनुसार बिहान ९ बजे भएको दुर्घटनामा रेन्फे र इरियो कम्पनीका रेलहरू आपसमा ठोक्किएका हुन्। दुर्घटनाका कारण इरियो रेलका दुई वटा डिब्बा पटरीबाट बाहिर खसेको बताइएको छ। अधिकारीहरूले दुर्घटनाको कारण र घाइतेहरूको यकिन तथ्यांक संकलन गरिरहेका छन्।
: रुसको कब्जामा रहेको युक्रेनको ओलेश्की सहरमा मानवीय सहायता पुर्‍याउन र सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न सीमित युद्धविराम सुरु भएको छ । खाद्यान्न, पानी र विद्युत् अभावमा रहेका स्थानीय बासिन्दा बाँच्नका लागि बगैँचामा उम्रिएका झारपात पकाएर खान बाध्य भएको बीबीसीले जनाएको छ । युक्रेनी अधिकारी र रुसी रक्षा मन्त्रालयले युद्धविराम पालना भइरहेको बताएका छन्। अमेरिकी प्रथम महिला ...
: बेलायतका राजा चार्ल्स तृतीयले क्यारिबियन क्षेत्रको भ्रमणका क्रममा दास व्यापार र औपनिवेशिक शासनको पीडादायी इतिहास स्वीकार गर्ने भएका छन् । तर, बेलायतको दास व्यापारमा रहेको भूमिकाका लागि औपचारिक माफी माग्ने वा क्षतिपूर्ति दिने योजना भने नरहेको जनाइएको छ । नौदिने क्यारिबियन भ्रमणका क्रममा राजा चार्ल्स पहिलोपटक राष्ट्रप्रमुखका रूपमा बहामास पुगेका हुन् । भ्रमणका क्रममा उनले ...