मुख्य समाचार
नेपाल ट्रस्टको जग्गा लिज प्रकरण : तत्कालीन सचिव अर्जुनकुमार कार्की पक्राउ
नेपाल ट्रस्टको जग्गा लिज प्रकरण : तत्कालीन सचिव अर्जुनकुमार कार्की पक्राउ

— दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा यति होल्डिङ्सअन्तर्गतको थामसेर्कु ट्रेकिङ प्रालिलाई ३० वर्षका लागि लिजमा दिँदा अनियमितता गरेको आरोपमा पूर्वसचिव अर्जुनकुममार कार्की पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले कार्कीलाई पक्राउ गरेको हो ।



यसअघि लिज सम्झौतामा हस्ताक्षर गर्ने ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्की पक्राउ परिसकेका छन् । सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठका अनुसार कार्कीलाई ठगी, आपराधिक विश्वासघातसम्बन्धी कसुरको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको हो ।

सीआईबीका अनुसार जग्गा लिजमा दिँदा सचिव कार्कीको समेत संलग्नता देखिएकाले जिल्ला अदालत, काठमाडौंबाट अनुमति लिएर पक्राउ गरिएको हो ।

ट्रस्टको सञ्चालक समिति बैठकले दरबारमार्गको एक रोपनी १४ आना जग्गा भाडामा दिने योजनालाई २८ साउन २०७१ मा पहिलो पटक स्वीकृति प्रदान गरेको थियो । त्यसको करिब २ वर्षपछि जग्गा लिजमा दिन सार्वजनिक सूचना जारी गरेर बोलपत्र आह्वान गरिएको थियो ।


त्यसबेला ६ कम्पनीले प्रतिस्पर्धामा भाग लिएका थिए । तर, त्यो बोलपत्रको मापदण्डसमेत थामसेर्कुलाईमात्र उपयुक्त हुने गरी तयार गरेको देखिएको सीआईबीका एक अनुसन्धान अधिकृत बताउँछन् ।

दरबारमार्गको जग्गा लिज प्रकरणमा पहिले पनि नेपाल प्रहरीदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्ममा उजुरी परेको थियो । प्रहरीबाट उजुरीमाथि कारबाही अघि बढाइएको थिएन भने अख्तियारले समेत २०७६ सालमै उजुरी तामेलीमा राख्ने निर्णय गरिदिएको थियो ।


महालेखापरीक्षकको कार्यालयले भने छानबिन गर्न भनेको थियो । अधिकृतहरूका अनुसार, नारायणहिटी दरबार अगाडिको एक रोपनी १४ आना जग्गा भाडामा लिन थामसेर्कुले सुरुमा ६ अर्ब २६ करोड रुपैयाँको प्रस्ताव बुझाएको थियो । तर, २४ फागुन २०७३ मा अर्को पत्र लेख्दै त्यति ठूलो रकम प्रस्ताव नगरेको उल्लेख गरेको थियो ।

त्यसबेला प्राविधिक प्रस्तावमा सफल भएको दोस्रो नम्बरको साखः स्टिल इन्डस्ट्रिज प्रालिले ६२ करोड २४ लाख ५८ हजार र अद्रिसिय–लियोनज जेभीले २६ करोड २८ लाख रुपैयाँ प्रस्ताव गरेका थिए ।

सुरुमा ‘प्रस्ताव गरेअनुसार रकम दिन नसक्ने’ भन्दै आएको पत्रलाई अगाडि बढाउन भन्दै तत्कालीन सचिव अर्जुनकुमार कार्कीले सहसचिव कार्कीका नाममा तोक लगाइदिएको पाइएको अधिकृतहरू बताउँछन् । पछि सहसचिव कार्कीले ५ वैशाख २०७४ मा उनीहरूको प्रस्तावअनुसार १ अर्ब ४० करोड रुपैयाँमा सम्झौता गर्ने निर्णय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले केहि समय दुर्घटनामा परेको पार्टी सफा र चोखिएर आउन सफल भएको बताएका छन् । बिहीबार काठमाडौंमा राष्ट्रिय परिवर्तन पार्टी (युनाईटेड जेन्जी) बीच एकता गर्दै घिसिङले केहि समय अघि करिब १२ दिन आफुहरू दुर्घटनामा परेको भन्दै त्यसपछि चोखिएर आउन सफल भएको बताएका हुन् । अँध्यारोबाट बाहिर निस्किन १२ दिन लागेको ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठग र लुसिफरहरूले युवालाई अल्मल्याएर राष्ट्रविरुद्ध प्रयोग गर्न खोजेको टिप्पणी गरेका छन् । ४२ औं पिस्कर सहिद स्मृति दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले युवाहरू बाटो बिराउन खोजिरहेको बताए । युवाले देश पढ्न, बुझ्न र यस देशलाई कता लैजान खोजिँदैछ भन्ने जानकारी राख्न आवश्यक रहेको ओलीको भनाइ ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले नेपालमा नेपालीकै सरकार बनाउने र अरुको सरकार बनेमा सङ्घर्ष गरेर ढाल्ने बताएका छन् । ४२ औँ पिस्कर सहिद स्मृति दिवस तथा सरेश नेपालद्वारा लिखित ‘जेलभित्रका सङ्घर्ष’ पुस्तकको विमोचन कार्यक्रममा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले आफूहरू नेपालमा नेपालीकै सरकार हुनुपर्छ र समृद्धि आफूहरुकै पालामा हुनुपर्छ भन्ने अभियानका अहिले पनि लागिरहेको ...
। गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि आयोगमा बुझाइएको समानुपातिकतर्फको बन्दसूची र मनोनयनको हस्ताक्षर संशोधन गर्ने निर्णय गरेको छ । बुधबारमात्रै निर्वाचित भएको थापा नेतृत्वको केन्द्रीय समितिको पहिलो बैठकले उक्त निर्णय गरेको हो । सोही निर्णयअनुसार सभापति थापा, उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसालसहितका नेताहरू निर्वाचन आयोग पुगेका छन् । यसअघि निर्वाचन आयोगमा बुझाइएको ...
। कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले कृषि जैविक विविधता संरक्षण, उपयोग र प्रवर्द्धनमा युवाको सक्रिय सहभागिता हुनुपर्ने बताएका छन् । चौथो ‘राष्ट्रिय कृषि जैविक विविधता दिवस’ तथा माघे संक्रान्ति (माघी) पर्वका अवसरमा मन्त्री परियारले कृषि क्षेत्रको आधुनिकीकरण र जैविक विविधता संरक्षणलाई सँगसँगै लैजानुपर्ने बताए । यस वर्ष ‘कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदा : संरक्षण, ...