मुख्य समाचार
नागरिकता नपाउँदा बर्दियामा बाबु-छोरीले ज्यान गुमाएको घटनाबारे छानबिन गर्न गठित समितिले काम थाले
नागरिकता नपाउँदा बर्दियामा बाबु-छोरीले ज्यान गुमाएको घटनाबारे छानबिन गर्न गठित समितिले काम थाले

— नागरिकता नपाउँदा बर्दियामा बाबु-छोरीले ज्यान गुमाएको घटनाबारे छानबिन गर्न गठित समितिले बुधबारदेखि काम थालेको छ ।



समिति सदस्य तथा गृह मन्त्रलयका उपसचिव कुलशेखर अर्यालका अनुसार घटनास्थलमा पुगेर यथार्थ विवरण बुझ्दै मृतक अन्जु थारुकी ७ वर्षीया छोरी अनिता थारुको जन्म दर्ता र ६१ वर्षीय बुवा कान्छा थारुको मृत्यु दर्ता स्थानीय वडा कार्यालयमा गरिएको छ ।

'हामीले समग्र वस्तुस्थिति बुझ्दा मुख्य समस्या अन्जुको छोरीको जन्मदर्ता र उनकी बुवाको मृत्यु दर्ता नभएको भन्ने थाहा भएकोले त्यो समस्या अब निराकरण भएको छ,' उनले भने, 'हामीले आज वडा कार्यालयमै पुगेर अन्जुको बुवाको मृत्यु दर्ता र उनको छोरीको जन्मदर्ता (अन्जुको श्रीमान् अनिलको नामबाट) गरेका छौं ।'

अञ्जुका श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहनमा मुद्दा र पक्राउ पूर्जी जारी भएको भन्दै उनले मानवअधिकार आयोगले पनि छानबिन गरिरहेको जनाए ।

समिति संयोजक सुरेश पन्थीको नेतृत्वमा सबै सदस्यहरु बढैयाताल-४ मा पुगेका थिए । समग्र वस्तुस्थिति बुझेर सर्वपक्षीय छलफल गरेको थियो ।


बर्दियाको बढैयाताल–४ दक्षिण भकारीकी २१ वर्षीया अञ्जु थारू पतिबाट उपेक्षित भएपछि अदालतले अंशको फैसला गरेको थियो, तर नागरिकता नहुँदा उनले अंश पाउन सकिनन् । गृह मन्त्रालयको मंसिर २१ गते सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा मन्त्रालयकै उपसचिव अर्याल र बर्दियाका सहायक सीडीओ अशोककुमार भण्डारी सदस्य रहेको छानबिन समिति गठन गरिएको छ । समितिलाई प्रतिवेदन बुझाउन पाँच दिनको समयावधि दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेको सदस्यता दिन रोक्न नहुने बताएका छन् । काठमाडौंमा बुधबार पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा पोखरेलले राज्यको संविधानले नरोक्ने, अन्तर्राष्ट्रिय प्रचलनले पनि नरोक्ने र व्यक्तिको चाहाना भएमा पार्टी सदस्यता रोक्नु गलत भएको बताएका हुन् । विद्या भण्डारीको पार्टी सदस्यतालाई यत्रो एजेन्डाका रूपमा उठाउन पर्ने विषय नै नरहेको पनि ...
— पूर्वी नवलपरासीमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) मधु नेपाल पक्राउ परेका छन् । बहुविवाहको आरोपमा पक्राउ परेका उनीमाथि रूपन्देही प्रहरीले थप अनुसन्धान गरिरहेको छ । उनकी जेठी श्रीमती तारा नेपाल खनालले बहुविवाहको उजुरी दिएपछि नेपालका नाममा सोमबार पक्राउ पुर्जी जारी भएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बहुविवाहको जाहेरी परेको जानकारीपछि उनी ...
— धरानमा स्कुल बसले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बुधबार बिहान धरान उपमहानगरपालिका–१९ मिलनचोकस्थित भित्री सडक खण्डमा मिलनचोकबाट भोटेपुलतर्फ गइरहेको को १ क ७८२ नम्बरको विष्णु मेमोरियल स्कुल बसले विपरीत दिशाबाट आइरहेको को १ ह ८७७४ नम्बरको अटोलाई ठक्कर दिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय धरानका ...
— प्रधानमन्त्री सुशीला कार्कीले उच्च शिक्षामा भइरहेको राजनीतिकरणले विश्वविद्यालयको शैक्षिक वातावरण प्रभावित बनेको बताएकी छन्।काठमाडौं विश्वविद्यालयको ३१औं दीक्षान्त समारोहमा बोल्दै उनले यस्तो बताएकी हुन्। उच्च शिक्षामा भइरहेको राजनीतिकरणका विषयमा बोल्दै उनले भनिन्, ‘शैक्षिक प्रशासनमा अनावश्यक दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षा क्षेत्रलाई निरन्तर असर पारेको छ।’ उनले यही कुरा बुझेर सरकारले केही ठोस कदम चालेको पनि बताइन् ...
— गैरसरकारी संस्था महासंघले निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गर्न माग गर्दै प्रधानमन्त्री सुशिला कार्कीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । ७७ औं मानवअधिकार दिवसका अवसरमा राष्ट्रिय मानव अधिकार आयोगको प्राङ्गणमा आयोजित काेणसभाका दौरान गैरसरकारी संस्था महासंघका अध्यक्ष अर्जुन भट्टराईले नागरिक समाजका तर्फबाट प्रधानमन्त्रीलाई चिट्ठी हस्तान्तरण गरे । तोकिएको समयमै शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न ...