मुख्य समाचार
भूमिहीन परिवारलाई दिने भनिएको जग्गाको क्षेत्रफल अत्यन्तै सानो
भूमिहीन परिवारलाई दिने भनिएको जग्गाको क्षेत्रफल अत्यन्तै सानो

— भूमिहीन दलित र भूमि अधिकार क्षेत्रमा क्रियाशील संघ–संस्थाहरूले राज्यले भूमिहीन परिवारलाई दिने भनिएको जग्गाको क्षेत्रफल अत्यन्तै सानो भएकाले यसबाट भूमिहीन दलित परिवारको दीर्घकालीन समाधान नहुने भन्दै कानुन संशोधन गर्नुपर्ने निष्कर्ष निकालेका छन्।



सामुदायिक आत्मनिर्भर सेवा केन्द्रलगायत ९ वटा दलित, भूमि र मानव अधिकार क्षेत्रमा कार्यरत संस्थाले आयोजना गरेको ‘भूमिहीन दलित र भूमि अधिकार : नीति र कार्यान्वयनको चुनौती’ विषयक संवाद कार्यक्रममा यस्तो निष्कर्ष निकालेको हो। कार्यक्रममा भूमिहीन दलित प्रतिनिधिहरू, दलित भूमिहीनता अन्त्य गर्न क्रियाशील संघ–संगठनका प्रतिनिधिहरू, जेनजी समूहका प्रतिनिधिहरू, भूमि अधिकार मञ्चका अभियन्ता र सरोकारवालाहरू सहभागी थिए।

राष्ट्रिय मानव अधिकार आयोग कार्यालयमा आयोजित कार्यक्रममा भूमिहीन दलितका जग्गा अधिकार, त्यसबाट परेको असर, र समाधानका लागि राज्यले दिनुपर्ने ध्यानबारे विमर्श गरिएको थियो। सरोकारवालाहरूले भूमिहीन दलितको आर्थिक र सामाजिक अवस्था कमजोर रहेको पृष्ठभूमि बताउँदै संगठित आवाज नउठाएसम्म दलित भूमिहीनता अन्त्य नहुने बताएका छन्।

कार्यक्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, भूमि समस्या समाधान आयोगका विज्ञ सदस्य जगत बस्नेत, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव एवं प्रवक्ता गणेशप्रसाद भट्टलगायतको उपस्थिती थियो ।राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले भने, 'कमसेकम संविधानको मौलिक हकमात्रै कार्यान्वयन भइदिने हो भनेपनि धेरै भूमिहीन दलितको एक हदसम्मको समस्या समाधान हुने थियो । त्यसको लागि हामीले सरकारलाई धेरै पटक सिफारिस पनि गरेका छौँ तर देखिने परिवर्तन महशुस गर्न पाएका छैनौँ ।'

कार्यक्रममा नयाँ राजनीतिक परिवेशमा सर्वोच्च अदालतले भूमि समस्या समाधान आयोगलाई काम गर्न पाउने गरी निर्णय गरेको परिस्थितिमा आयोग, भूमि अधिकार क्षेत्रमा क्रियाशील संगठनहरू र स्वयं भूमिहीन समुदायले पनि यसको सदुपयोग गर्नुपर्ने, सबैले राज्यलाई सकारात्मक दबाब सिर्जना गर्दै छिट्टै सम्पूर्ण भूमिहीन दलितलाई भूमिको अधिकार दिलाउन भूमिका खेल्नुपर्ने विषयमा छलफल भएको थियो। देशभरका भूमिहीन दलितहरूलाई संगठित गर्न र दलित–गैरदलितबीचको सहकार्य तथा संवाद बढाउनुपर्ने निष्कर्ष पनि कार्यक्रमले निकालेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एमालेका सचिव गोकर्ण विष्टले सत्तामा पुग्नका लागि मिल्ने प्रवृत्ति पार्टीमा देखापरेको बताएका छन् । एमाले ११ औं महाधिवेशन सन्दर्भमा बुधबार आयोजित अन्तरसंवाद कार्यक्रममा सचिव विष्टले न्यूनतम विचार, कार्यक्रम, सिद्धान्तसमेत नमिल्ने शक्तिहरूसँग मिलेर पनि एमालेले सरकार बनाएको बताएका हुन् । १०औँ महाधिवेशनको ‘दक्षिणपन्थी अवसरवाद र सांगठानिक अराजकतलाई परास्त गरौँ, जबजको मार्ग निर्देशनमा समाजबादको ...
— एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगमा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बयानमा जानुपर्ने बताएका छन् । बुधबार ११औं महाधिवेशनका सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्षका प्रत्याशीसम्त रहेका पोखरेलले सरकारले बनाएको आयोगमा बयान दिने कार्य स्वभाविक भएको बताएका हुन् । 'सरकारले बनाएको आयोगमा बयान दिन जानु स्वभाविक हो। ...
— एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेको सदस्यता दिन रोक्न नहुने बताएका छन् । काठमाडौंमा बुधबार पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा पोखरेलले राज्यको संविधानले नरोक्ने, अन्तर्राष्ट्रिय प्रचलनले पनि नरोक्ने र व्यक्तिको चाहाना भएमा पार्टी सदस्यता रोक्नु गलत भएको बताएका हुन् । विद्या भण्डारीको पार्टी सदस्यतालाई यत्रो एजेन्डाका रूपमा उठाउन पर्ने विषय नै नरहेको पनि ...
— पूर्वी नवलपरासीमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) मधु नेपाल पक्राउ परेका छन् । बहुविवाहको आरोपमा पक्राउ परेका उनीमाथि रूपन्देही प्रहरीले थप अनुसन्धान गरिरहेको छ । उनकी जेठी श्रीमती तारा नेपाल खनालले बहुविवाहको उजुरी दिएपछि नेपालका नाममा सोमबार पक्राउ पुर्जी जारी भएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बहुविवाहको जाहेरी परेको जानकारीपछि उनी ...
— धरानमा स्कुल बसले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बुधबार बिहान धरान उपमहानगरपालिका–१९ मिलनचोकस्थित भित्री सडक खण्डमा मिलनचोकबाट भोटेपुलतर्फ गइरहेको को १ क ७८२ नम्बरको विष्णु मेमोरियल स्कुल बसले विपरीत दिशाबाट आइरहेको को १ ह ८७७४ नम्बरको अटोलाई ठक्कर दिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय धरानका ...