मुख्य समाचार
नेटफ्लिक्स-वार्नर ब्रोज सम्झौतामा ट्रम्पको आपत्ति
नेटफ्लिक्स-वार्नर ब्रोज सम्झौतामा ट्रम्पको आपत्ति

— स्ट्रिमिङ प्लाटफर्म, नेटफ्लिक्सले वार्नर ब्रदर्स डिस्कभरीको प्रतिष्ठित फिल्म स्टुडियो र एचबीओ म्याक्ससमेत खरिद गर्ने विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आपत्ति जनाएका छन् ।



नेटफ्लिक्सले गएको शुक्रबार मात्रै ७२ अर्ब डलरमा वार्नर ब्रोज अधिग्रहण गर्ने प्रक्रिया अघि बढेको जानकारी दिएको थियो । वासिङ्टन डीसीमा हालै आयोजित कार्यक्रममा ट्रम्पले नेटफ्लिक्सको बजार हिस्सा पहिले नै ठूलो रहेको र यो खरिद सम्झौतापछि थप बढ्ने भएकाले ‘समस्या हुन सक्ने’ टिप्पणी गरेको बीबीसीमा पत्रकार ओस्मन्ड सियाले लेखेका छन् ।

वार्नरले निमार्ण गरेका ‘ह्यारी पोटर’, ‘गेम अफ थ्रोन्स’, ‘लर्ड अफ द रिङ्स’जस्ता चर्चित फ्रेन्चाइजसहित दुवै कम्पनीका विशाल कन्टेन्ट लाइब्रेरी आपसमा गाभ्ने गरी नेटफ्लिक्स र वार्नर ब्रोजले सम्झौता गरेका छन् । यसलाई नियामकका रूपमा अमेरिकी कानुन मन्त्रालयअन्तर्गत रहेको प्रतिस्पर्धा प्रवर्द्धन विभागले स्वीकृति दिन भने बाँकी नै छ । विभागले पनि नेटफ्लिक्स र एचबीओ गाभिँदा स्ट्रिमिङ बजारमा एकाधिकारको वातावरण त हुँदैन भन्नेबारे प्रश्न उठाउन सक्छ ।

यो सम्झौतालाई मनोरञ्जन उद्योगकै सबैभन्दा ठूलो ‘डिल’ का रूपमा लिइएको छ । जोन एफ केनेडी सेन्टरमा आयोजित कार्यक्रममा ट्रम्पले नेटफ्लिक्सको बजार हिस्सा अहिले नै ‘अधिक ठूलो’ रहेको र उसले वार्नर ब्रोज पनि अधिग्रह गरे नेटफ्लिक्सकै प्रभुत्व कायम हुने आशंका व्यक्त गरेका छन् । त्यसकारण खरिद सम्झौता अनुमोदन प्रक्रियामा आफूले प्रत्यक्ष भूमिका खेल्ने उनको भनाइ छ ।

ट्रम्पको यस्तो टिप्पणीका कारण यो प्रक्रिया ‘प्राविधिक विश्लेषणभन्दा व्हाइट हाउसबाट निर्देशित हुने’ शंका बढेको अमेरिकी विश्लेषकहरूले औँल्याएका छन् । नेटफ्लिक्सले कमकास्ट र प्यारामाउन्ट स्काइडान्सलाई उछिनेर वार्नर ब्रोजसँग खरिद सम्झौता गर्न सफल भएको हो ।


यसअघि प्यारामाउन्ट स्काइडान्सका प्रमुख डेभिड एलिसनले पनि वार्नर किन्न खोजेका थिए । एलिसनका पिता ल्यारी एलिसन ट्रम्पका घनिष्ठ मित्र भएकाले नेटफ्लिक्स र वार्नरको मर्जर ट्रम्पले अस्विकार गरेर एलिसनलाई सघाउनसक्ने अड्कबाजी पनि भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको निर्वाचनबारे आफूले प्रतिक्रिया दिएपछि माहोल बदलिएको दाबी गरेका छन् । ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले यस्तो दाबी गरेका हुन् । ‘जब मैले बीबी(बेन्जामिन) नेतान्याहुलाई समर्थन गरँे, त्यसपछि पूरा परिस्थिति नै बदलियो,’ ट्रम्पले लेखेका छन्, ‘अहिले एक महान् प्रधानमन्त्रीले निर्णायक हार बेहोर्ने अवस्थाको सट्टा पछि परेको स्थितिबाट ठूलो पुनरागमन गर्दै बराबरीको प्रतिस्पर्धामा ...
। बेलायतका विश्वविद्यालयमा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अब आफूसँग जीवनयापन खर्च पर्याप्त रहेको प्रमाणित 
गर्नुपर्ने भएको छ । बेलायतको गृह मन्त्रालयले आगामी ३० नोभेम्बरदेखि विद्यार्थी भिजा आवेदन दिने अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि आर्थिक मापदण्ड बढाउने भएको हो । लन्डनभित्र वा बाहिर अध्ययन गर्ने आवेदकहरूले अब बेलायतमा आफ्नो जीवनयापन खर्च धान्न पहिलेभन्दा बढी रकम आफूसँग भएको देखाउनुपर्नेछ। हाल लन्डनमा ...
: स्पेनमा दुई तीव्र गतिका रेल एकआपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। रोयटर्सका अनुसार बिहान ९ बजे भएको दुर्घटनामा रेन्फे र इरियो कम्पनीका रेलहरू आपसमा ठोक्किएका हुन्। दुर्घटनाका कारण इरियो रेलका दुई वटा डिब्बा पटरीबाट बाहिर खसेको बताइएको छ। अधिकारीहरूले दुर्घटनाको कारण र घाइतेहरूको यकिन तथ्यांक संकलन गरिरहेका छन्।
: रुसको कब्जामा रहेको युक्रेनको ओलेश्की सहरमा मानवीय सहायता पुर्‍याउन र सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न सीमित युद्धविराम सुरु भएको छ । खाद्यान्न, पानी र विद्युत् अभावमा रहेका स्थानीय बासिन्दा बाँच्नका लागि बगैँचामा उम्रिएका झारपात पकाएर खान बाध्य भएको बीबीसीले जनाएको छ । युक्रेनी अधिकारी र रुसी रक्षा मन्त्रालयले युद्धविराम पालना भइरहेको बताएका छन्। अमेरिकी प्रथम महिला ...
: बेलायतका राजा चार्ल्स तृतीयले क्यारिबियन क्षेत्रको भ्रमणका क्रममा दास व्यापार र औपनिवेशिक शासनको पीडादायी इतिहास स्वीकार गर्ने भएका छन् । तर, बेलायतको दास व्यापारमा रहेको भूमिकाका लागि औपचारिक माफी माग्ने वा क्षतिपूर्ति दिने योजना भने नरहेको जनाइएको छ । नौदिने क्यारिबियन भ्रमणका क्रममा राजा चार्ल्स पहिलोपटक राष्ट्रप्रमुखका रूपमा बहामास पुगेका हुन् । भ्रमणका क्रममा उनले ...