मुख्य समाचार
अष्ट्रेलियाली प्रधानमन्त्रीले १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने सरकारी निर्णयले बालबालिकाको बाल्यकाल सुनिश्चित गर्ने
अष्ट्रेलियाली प्रधानमन्त्रीले १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने सरकारी निर्णयले बालबालिकाको बाल्यकाल सुनिश्चित गर्ने

— अष्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिजीले १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने सरकारी निर्णयले बालबालिकाको बाल्यकाल सुनिश्चित गर्ने बताएका छन् ।



अष्ट्रेलियाले १६ वर्षभन्दा कम उमेरका प्रयोगकर्तालाई सामाजिक सञ्जालमा पहुँच रोक्न कानूनको कार्यान्वयन बुधबारबाट सुरु भएको छ । जसअनुसार मेटा, टिकटक, युट्युबजस्ता कम्पनीहरूले लाखौँ खाता निष्क्रिय गरिसकेका छन् ।

प्रधानमन्त्री अल्बानिजीले सामाजिक सञ्जाल प्रतिबन्धको निर्णय कार्यान्वयनमा सहयोग गर्ने अष्ट्रेलियाका राज्य र क्षेत्रका नेताहरूलाई धन्यवाद समेत दिएका छन् । उनले अभिभावकहरूलाई ठूलो मानसिक शान्ति प्रदान गर्न र अष्ट्रेलियाली बालबालिकाको बाल्यकाल सुनिश्चित गर्न आवश्यक भएको भन्दै आफ्नो कदमबारे स्पष्टीकरण दिएका छन् । अष्ट्रेलियामा सन् २०२४ को नोभेम्बरमा पारित भएको ‘अनलाइन सेफ्टी अमेन्डमेन्ट (सोसल मिडिया मिनिमम एज) ऐन, २०२४’ ले सामाजिक सञ्जाल प्लेटफर्महरूलाई १६ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताको पहुँच रोक्न अनिवार्य गरेको थियो । यही कानून अहिले कार्यान्वयनमा आएको हो ।

यसमा फेसबुक, इन्स्टाग्राम, टिकटक, स्न्यापच्याट, युट्युब, एक्स (ट्विटर), रेडिट, ट्विच, थ्रेड्स र किक एपलाई ‘एज-रेस्ट्रिक्टेड सोसल मिडिया सर्भिसेज’ अन्तर्गत राखिएको छ । यसमा डिस्कर्ड, रोब्लक्स, ह्वाट्सएप र लेमनएटजस्ता कतिपय प्लाटफर्मलाई भने समावेश गरिएको छैन । तथापि, यी एपमा टिनएज प्रयोगकर्ताको संख्या बढ्दै गए ‘एज-रेस्ट्रिक्टेड’ सूचीभित्र राख्ने अष्ट्रेलिया सरकारको योजना छ ।

प्रधानमन्त्री अल्बानिजीले जारी गरेको भिडियो सन्देशमा सामाजिक सञ्जाल फिडहरू र तिनले ल्याउने दबाबसँग हुर्केका बालबालिकालाई सरकारी कदमले परिवर्तनका निम्ति सहयोग पुर्‍याउने बताएका छन् । सरकारले कानून अन्तर्गत प्रतिबन्ध उल्लंघन गरेकोमा आमाबुबा र बालबालिकालाई दण्डित नगर्ने तर यसलाई लागू गर्ने जिम्मेवारी पूर्ण रूपमा सामाजिक सञ्जाल प्लेटफर्महरूको हुने स्पष्ट पारेको छ । गम्भीर वा बारम्बार उल्लंघन गर्ने प्लेटफर्महरूले ४ करोड ९५ लाख अष्ट्रेलियाली डलर (लगभग ३ करोड २८ लाख अमेरिकी डलर) सम्मको जरिवाना भोग्नुपर्नेछ ।

यो कानून कार्यान्वयनमा आएसँगै मेटाले अष्ट्रेलियामा ५ लाख सक्रिय प्रयोगकर्ता गुमाउने र विज्ञापनबाट हुने लाखौँको आम्दानी घट्ने अनुमान गरिएको छ । फेशन, गेमिङ र मनोरञ्जन–सम्बन्धी ब्रान्डका विज्ञापनको लक्षित वर्गमा टिनएज पुस्ता महत्त्वपूर्ण रहँदै आएका छन् । साथै, एज–भेरिफिकेसन सिस्टम तथा मनिटरिङ सिस्टम बनाउन कम्पनीहरूलाई थप आर्थिक भार पर्ने देखिन्छ । यस्ता कडा नियमनले विश्वव्यापी डिजिटल विज्ञापन बजारको स्वरूप नै बदल्ने त होइन भन्ने बहस सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको निर्वाचनबारे आफूले प्रतिक्रिया दिएपछि माहोल बदलिएको दाबी गरेका छन् । ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले यस्तो दाबी गरेका हुन् । ‘जब मैले बीबी(बेन्जामिन) नेतान्याहुलाई समर्थन गरँे, त्यसपछि पूरा परिस्थिति नै बदलियो,’ ट्रम्पले लेखेका छन्, ‘अहिले एक महान् प्रधानमन्त्रीले निर्णायक हार बेहोर्ने अवस्थाको सट्टा पछि परेको स्थितिबाट ठूलो पुनरागमन गर्दै बराबरीको प्रतिस्पर्धामा ...
। बेलायतका विश्वविद्यालयमा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अब आफूसँग जीवनयापन खर्च पर्याप्त रहेको प्रमाणित 
गर्नुपर्ने भएको छ । बेलायतको गृह मन्त्रालयले आगामी ३० नोभेम्बरदेखि विद्यार्थी भिजा आवेदन दिने अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि आर्थिक मापदण्ड बढाउने भएको हो । लन्डनभित्र वा बाहिर अध्ययन गर्ने आवेदकहरूले अब बेलायतमा आफ्नो जीवनयापन खर्च धान्न पहिलेभन्दा बढी रकम आफूसँग भएको देखाउनुपर्नेछ। हाल लन्डनमा ...
: स्पेनमा दुई तीव्र गतिका रेल एकआपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। रोयटर्सका अनुसार बिहान ९ बजे भएको दुर्घटनामा रेन्फे र इरियो कम्पनीका रेलहरू आपसमा ठोक्किएका हुन्। दुर्घटनाका कारण इरियो रेलका दुई वटा डिब्बा पटरीबाट बाहिर खसेको बताइएको छ। अधिकारीहरूले दुर्घटनाको कारण र घाइतेहरूको यकिन तथ्यांक संकलन गरिरहेका छन्।
: रुसको कब्जामा रहेको युक्रेनको ओलेश्की सहरमा मानवीय सहायता पुर्‍याउन र सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न सीमित युद्धविराम सुरु भएको छ । खाद्यान्न, पानी र विद्युत् अभावमा रहेका स्थानीय बासिन्दा बाँच्नका लागि बगैँचामा उम्रिएका झारपात पकाएर खान बाध्य भएको बीबीसीले जनाएको छ । युक्रेनी अधिकारी र रुसी रक्षा मन्त्रालयले युद्धविराम पालना भइरहेको बताएका छन्। अमेरिकी प्रथम महिला ...
: बेलायतका राजा चार्ल्स तृतीयले क्यारिबियन क्षेत्रको भ्रमणका क्रममा दास व्यापार र औपनिवेशिक शासनको पीडादायी इतिहास स्वीकार गर्ने भएका छन् । तर, बेलायतको दास व्यापारमा रहेको भूमिकाका लागि औपचारिक माफी माग्ने वा क्षतिपूर्ति दिने योजना भने नरहेको जनाइएको छ । नौदिने क्यारिबियन भ्रमणका क्रममा राजा चार्ल्स पहिलोपटक राष्ट्रप्रमुखका रूपमा बहामास पुगेका हुन् । भ्रमणका क्रममा उनले ...